पलेशालाई प्रचण्डको सम्मान, कोचसँगै व्यवस्थापक र पलेशाका बुबा पनि सम्मानित

पलेशालाई प्रचण्डको सम्मान, कोचसँगै व्यवस्थापक र पलेशाका बुबा पनि सम्मानित

२१ भदौ, विराटनगर । 

फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पारा ओलम्पिक खेलकुद-२०२४ मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।

शुक्रबार आफ्नो निवास खुमलटारमा प्रचण्डले पलेशासहित प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक र पलेसाका बुवालाई सम्मान गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले देशको नाम राख्न सफल भएकोमा पलेशालाई धन्यवाद प्रकट गरे ।

पलेशाले पेरिसमा भएको पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी थिइन् । जुन नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो ।

१७औँ पारा लिम्पिककी कास्य पदक विजेता पलेशा गोवर्धन बुधबार बिहान स्वदेश फर्किएकी थिइन् । पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।

उनीसँगै गएका दुई खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए । पौडीका भीमबहादुर कुमाल र तेक्वान्दोका भरतसिंह महरा पहिलो चरणबाटै बाहरिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.