एजेन्सी,असोज ७
अफगानिस्तानका स्पिनर रशिद खानलाई आइसीसीले कारबाही गरेको छ ।एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अफगानिस्तान र पाकिस्तनाबीचको सुपर चार चरणको खेलमा आईसीसीको आचार संहिता नियम उलंघन गरेको भन्दै आइसीसीले उनलाई कारवाही गरेको हो ।
उनीसँगै पाकिस्तानका तिब्र गतिका बलर हसन अली र अफगानिस्तानका कप्तान अस्गर अफ्घान पनि कारवाहीमा परेका छन् ।उनीहरुलाई आइसीसीले कारवाहीस्वरुप पारिश्रमीकको १५ प्रतिशत जरिवाना गर्ने निर्णय गरेको छ ।
अली र अस्गरले आईसीसीको आचार संहिता धारा २.१.१ खेल भावना विपरीत ब्यवहार गरेको भन्दै कारबाही गरेको हो । हसन अलीले ३७ औं ओभरमा तथा अस्गरले ३३ औं ओभरमा खराब व्यवहार प्रस्तुत गरेका थिए । रसिद खानले आईसीसीको आचार संहिता धारा २.१.७ उलंघन ४७ औँ ओभरमा गरेका थिए ।
रसिद र हसन आईसीसीको पहिलो पटक खेल भावना विपरित व्यवहार गरेका हुन् भने अस्गरले सन् २०१७ मा जिम्बाबेविरुद्ध वान डे खेलमा अम्पाएरले दिएको निर्णयमाथि असहमति देखिाएपछि कारवाहीमा परेका थिए । रोमाञ्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।