×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

२ हजार वडामा पुगिसक्यो रास्वपा

२७ भाद्र २०८१

२७ भदौ , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेलाको तयारी पूरा भएको बताएको छ। यही असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय भेला हुँदैछ। बिहीबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले राष्ट्रिय भेलामा करिब १५ सय जना प्रतिनिधि सहभागी रहने बताए।

उनकाअनुसार भेलामा गाउँपालिका, नगरपालिका तहका कमिटी, जिल्ला कमिटी, प्रदेशको कार्यसमित, विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ। केन्द्रीय समिति, विभाग र आयोग गरी कुल दुई हजार जना प्रतिनिधि रहनेमा असोज १ गते चाडपर्वसमेत परेकाले प्रतिनिधि संख्या १५ सय हाराहारी हुने अनुमान गरिएको उनले बताए।

उपत्यका बाहिरबाट आउने केही प्रतिनिधिहरूलाई पार्टीका नेता–कार्यकर्ताले व्यवस्थापन गर्ने गरी तयारी भइरहेको पनि उनले बताए। राष्ट्रिय भेलाका लागि १५ वटा उपसमिति रहेको पनि उनको भनाइ छ।

भेलामा राजनीतिक प्रतिवेदनका अतिरिक्त विधान संशोधन प्रस्ताव पनि पेस हुनेछ। ‘दुई वर्षको दौरान हामीले भोगेका, सिकेका र आगामी कार्यदिशासमेत समेटेर राजनीतिक प्रतिवेदन ल्याउँछौं।

सभापति रवि लामिछानेबाट त्यो प्रस्तुत हुन्छ। सांगठनिक प्रतिवेदन प्रस्तुत हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधनमा काम गरिरहेको छ। कार्यदलले काम गरिरहेको छ। विधान संशोधन सुझाव कार्यदलले तयार पारेको विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा पास भएर राष्ट्रिय भेलामा प्रस्तुत हुनेछ।

यस्तै, पार्टीको संसदीय मूल्यमान्यता र लिडरसिप एकेडेमीसँग सम्बन्धित प्रतिवेदन पनि पार्टीलाई प्राप्त हुँदैछ। त्यो प्रतिवेदन केन्द्रीय समितिले पास गरेर भेलामा पेश हुनेछ,’ उनले भनेका छन् । उनले करिब ४ सय पालिका र २ हजार वडामा पार्टीको संरचना बनिसकेको बताए ।

भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदनका साथै सातै प्रदेशका सभापतिहरुले बेग्लाबेग्लै प्रतिवेदन पनि भेलामा पेश गर्ने बताए । यसका अतिरिक्त सातै प्रदेशले आफ्ना कामका विवरण समेटेर तयार पारेको प्रतिवेदन पनि भेलामा पेश गर्ने तयारी रहेको उनले बताए।

गत साउनमा भएको बन्द कार्यशालाले असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न सुझाव दिएको थियो। कार्यशालाको सुझावअनुसार नै अलिकति मिति वर सारेर भेला गर्न लागिएको बुर्लाकोटीले बताए।

रास्वपाले आगामी २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ। महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदनपछि रास्वपा आन्तरिक विवादमा परेको छ । पार्टी र नेतृत्वप्रति ढकालको क्रियाकलाप अनुचित रहेको भन्दै उनलाई साधारण सदस्यबाट समेत निष्काशन गरिएको छ ।

पार्टी स्थापनामा महत्वपूर्ण भूमिका खेलेका ढकालको पार्टीबाटै बर्हिगमन भएपछि पहिलो पटक हुन् गईरहेको राष्ट्रिय भेलामा त्यो विषयमा समेत गहन प्रश्न उठ्ने विश्लेषण गरिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top