बङ्गबन्धु गोल्डकप फुटबल : नेपालको पहिलो भेट ताजाकिस्तानसँग

बङ्गबन्धु गोल्डकप फुटबल : नेपालको पहिलो भेट ताजाकिस्तानसँग

काठमाडौँ, असोज ८
आउँदो असोज १५ गते देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबलमा नेपालले पहिलो खेल ताजकिस्तानसँग खेल्ने भएको छ ।

समुह ‘ए’मा रहेको नेपालले असोज १६ गते ताजाकिस्तानसँग खेल्ने भएको हो । त्यस्तै दोस्रो खेल असोज २० गते प्यालेस्टाइनसँग रहेको छ ।

नेपाल रहेको समुह‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजाकिस्तान छन् ।त्यस्तै समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् ।

अघिल्लो संस्करणको विजेता रहेको नेपाल आइतबारसम्म प्रतियोगिता खेल्ने नखेल्ने भन्ने दोधारमा रहेको थियो । अघिल्लो संस्करणमा जितेको २५ हजार अमेरिकी डलर बाँकी रकम आइतबार हात परेसँगै नेपालले प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।

एन्फाले पछिल्लो संस्करणको विजेताबापतको पैसा नपाए प्रतियोगिता नखेल्ने बङ्गलादेश फुटबल महासङ्घलाई जानकारी गराएपछि आइतबार बङ्गलादेश फुटबल सङ्घले नेपाललाई दिनुपर्ने २५ हजार डलर उपलब्ध गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

उनले भने “हामीले दिएको समयसीमाभित्र बङ्गादेश फुटबल महासङ्घले पैसा उपलब्ध गराएको छ, अब हामी प्रतियोगितामा सहभागिता जनाउछौँ”

नेपाल ३१ महीनाअघि बङ्गबन्धु गोल्डकपको चौथो संस्करणमा च्याम्पियन हुँदाको पाउन बाँकी २५ हजार अमेरिकी डलर पुरस्कार बङ्गलादेश फुटबल महासङ्घ (बिएफएफ) ले आइतबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई पठाएको हो भने २५ हजार त्यतिबेलै पाएको थियो ।

नेपाली खेलकुद टोली असोज १५ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.