×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

४ कार्तिक २०८१

४ कार्तिक, एजेन्सी ।

लिग २का लागि क्यानडापछि अमेरिका पुगेको नेपालीले टोलीले क्यानडाको खराब प्रर्दशनमा ब्यापक सुधार गरेको छ। नेपालले तीन खेलको टी–२० आई सिरिज एक खेलअगावै जितेको छ । आइतबार बिहान भएको खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

Advertisement

सुपर ओभरमा सोमपाल कामीले २ रन दिँदा लगातार दुई विकेट लिए । सुपर ओभरमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए । नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो । सिरिजको अन्तिम खेल सोमबार बिहान हुनेछ ।

पाहुना टोलीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो। दोस्रो विकेटका लागि साइतेजा मुखमल्ला र आन्द्रेसले ९२ रनको साझेदारी गरेपछि अमेरिका बलियो स्थितिमा पुगेको थियो ।

तर १२ औँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले साइतेजालाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका थिए । साइतेजाले ४१ बलमा २ चौका र ३ छक्का सहयोगमा ४७ रन बनाएका थिए ।

आन्द्रेस ६२ रनमा पेभेलियन फर्के। उनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा सोमपाल कामीको बलमा कुशल भुर्तेलको हातबाट आउट हुन पुगे। मिलिन्द कुमार १५ र सयान जहानजीरले १४ रन थपे ।नेपालका लागि करण केसीले तीन विकेट लिए ।

सोमपाल कामी, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । त्यसअघि अमेरिकाको डालासस्थित ग्राउन्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले उत्कृष्ट प्रर्दशन गर्दै टिममा लागि ९२ रनको योगदान दिए । ५४ बलमा ७ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ९२ रनको अविजित पारी खेले । यससंगै कुशल भुर्तेल प्लेयर अफ द म्याच भएका छन् ।

सन् २०२१ अप्रिल १७ मा टि ट्वान्टी आईमा डेब्यु गरेका कुशलले यसअघि ४ प्लेयर अफ द म्याच जितेका थिए । यस्तै ३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका ओपनर अनिल शाह २५ रनमा पेभेलियन फर्के । अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्धु धरापमा परे ।

गुल्सन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी २ रनमा क्याच आउट भए। आशिफ शेख १ रनमा रनआउट भए । अमेरिकाका लागि नोतुस र जसदीप सिंहले समान २ विकेट लिए। सौरभले एक विकेट झारे ।

टी–२० सिरिजपछि नेपाली टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिजका लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने समेत अमेरिकामा पुगेका छन् ।

अमेरिकाले भिसा दिा ढिलाइ गरेका कारण उनले टी २० सिरिज भने गुमाएका छन् । लिग–२ मा नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ ।

क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै नेपालले एक खेल अगावै सिरिज कब्जा गरेर अमेरिका भ्रमणको सुखद सुरुवात गरिसकेको छ ।

नेपाल क्रिकेट संघले लिग २ का लागि नेपालका पूर्व प्रमुख प्रशिक्षक पुबुदुु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरिसकेको छ । अंक तालिकामा भने नेपाल सातौं स्थानमा छ। नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ।

क्यानडामा १ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ । अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ । क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Advertisement

नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा छ। अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थानमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top