×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026

अष्ट्रेलिया भ्रमणको मुखमै पाकिस्तानीे प्रशिक्षक फेरिए

१२ कार्तिक २०८१

१२ कार्तिक , एजेन्सी ।

दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं प्रशिक्षक गेरी किस्टनले पाकिस्तानको एकदिवसीय (ओडीआई) र टी–२० टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । किस्टनलाई यस वर्षको अप्रिलमा दुई वर्षका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नियुक्त गरेको थियो ।

Advertisement

तर, उनले मात्र ६ महिनामै आफ्नो पद त्याग गरेका छन् । किस्टनको राजीनामाले पाकिस्तानको अष्ट्रेलिया भ्रमणभन्दा एक हप्ता अघि विवाद र असन्तुष्टि देखिएको छ । पीसीबीले किस्टनको ठाउँमा टेस्ट टोलीका प्रशिक्षक जेसन गिलेस्पीलाई अस्ट्रेलिया भ्रमणको लागि प्रशिक्षक बनाउने निर्णय गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड र नवनियुक्त प्रशिक्षकहरू किस्टन र गिलेस्पीबीच असन्तुष्टि बढ्दै गएको थियो । पीसीबीले दुवै प्रशिक्षकहरूलाई टोली चयनको अधिकारबाट बञ्चित गर्दै छुट्टै छनोट समितिलाई यस जिम्मेवारीमा राखेको थियो ।

गिलेस्पीले यस विषयमा खुलेर असन्तोष व्यक्त गरेका थिए र तेस्रो टेस्ट खेलअघि ‘म त अब केवल खेल विश्लेषक बनेको छु, जुन मैले सम्झौता गरेको थिएन’ भनेर प्रतिक्रिया दिएका थिए । किस्टनले यस विषयमा सार्वजनिक रूपमा केही टिप्पणी नगरे पनि उनी समेत यस निर्णयमा असन्तुष्ट रहेको बुझिएको छ ।

पाकिस्तानको नयाँ कप्तानको घोषणा र टिम चयनको प्रक्रियामा किस्टनको सुझावलाई बेवास्ता गरिएको थियो । नयाँ कप्तान मोहम्मद रिजवानको घोषणा प्रेस कन्फरेन्समा गर्दा बोर्ड अध्यक्ष मोहसिन नकवी, चयन समिति सदस्य आकिब जावेद र कप्तान र उपकप्तान सलमान आघा मात्र उपस्थित थिए, जबकि किर्स्टन देशमै थिएनन् ।

पाकिस्तानले इंग्ल्याण्डसँग पहिलो टेस्ट गुमाएपछि तेस्रो पटक तीन महिनामा नयाँ चयन समिति बनाइएको थियो। यस समितिमा आकिब जावेद, अलीम डार, अजहर अली, असद सफिक र हसन चीमा समावेश थिए ।

प्रशिक्षकहरू र कप्तानलाई टिम चयन प्रक्रियाबाट हटाइएको थियो । दोस्रो टेस्ट जित्नका लागि मुल्तानमा पुनः प्रयोग गरिएका पिच तयार गर्ने विचारको मूल योजनाकार अलीम डार रहेको बुझिएको थियो ।

किस्टनले आफ्नो ओडीआई कोचिङ क्षमता प्रदर्शन गर्न पाउनुअघि नै पद छोड्नुपर्ने अवस्थामा आइपुगे । पाकिस्तानले लामो समय लगाएर उच्चस्तरीय प्रशिक्षक खोजेपछि किस्टनको नियुक्ति गरेको थियो ।

जसले भारतलाई २८ वर्षमा पहिलो ओडीआई विश्वकप जिताएका थिए । किस्टनको पहिलो ठूलो प्रतियोगिता संयुक्त राज्य अमेरिकामा भएको टी–२० विश्वकप थियो, जसमा पाकिस्तानले अमेरिका र भारतसँग पराजय भोग्दै पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यस पराजयपछि बाबर आजमले दोस्रो पटक ह्वाइट–बल कप्तान पद छोडेका थिए । किस्टनलाई लामो समय दिएर टोली निर्माणको समय चाहिने बताइएको थियो, सन् २०२५ मा घरेलु आईसीसी च्याम्पियन्स ट्रफीका लागि ।

Advertisement

पाकिस्तानको अष्ट्रेलिया भ्रमणमा तीन ओडीआई र तीन टी–२० समावेश छन् । नोभेम्बर ४ मा मेलबर्नमा पहिलो ओडीआई खेलबाट सुरू हुँदैछ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top