×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

हमास–इजरेलबिच मध्यस्थताबाट किन पछि हट्यो कतार ?

२५ कार्तिक २०८१

२५ कार्तिक , विराटनगर ।

मध्यपूर्वमा दन्किरहेको युद्धको आगो, अमेरिकाको राष्ट्रपतिको चुनावपछि निभ्छ कि झनै विस्तार हुन्छ ? भन्ने प्रश्नकाबीच यो युद्धलाई शान्तिमा बदल्न प्रयासरत मध्येको एक मुलुक कतारले मध्यस्थताबाट हात झिकेको छ ।

Advertisement

कतारले इजराइल र हमासबीच युद्धविराम र बन्धकहरुको रिहाईका लागि मध्यस्थताको काम अस्थायी रूपमा वा तत्काललाई बन्द गरिदिएको छ । रिपोर्ट्सका अनुसार कतारका अधिकारीहरुले भनेका छन्, अब उनीहरुले दोहोर्याएर मध्यस्थताको काम त्यतिबेला मात्रै सुरु गर्नेछन् जतिबेला हमास र इजराइल स्वयंले छलफलका लागि इच्छा देखाउने छन् ।

कतारको विदेश मंत्रालयले एक बयानमा आफूहरुले १० दिन पहिला नै दुवै पक्षलाई यसबारे सूचित गरेको पनि बताएको छ । यदी सम्झौता भएन भने उसले हमास र इजराइलबीच मध्यस्थताका प्रयासहरुलाई रोकिदिने छ ।

कतारले इजराइल र हमासबीच मध्यस्थता अब नगर्ने भन्ने निर्णय लिनु पछाडी अमेरिकाको एउटा प्रतिक्रिया प्रमुख कारण रहेको छ । केही दिनअघि अमेरिकाले भनेको थियो, उसले अब कतारमा हमास प्रतिनिधीहरुको उपस्थितिलाई कुनैपनि हालतमा स्वीकार गर्नेछैन ।

अमेरिकाले आरोप लगाएको छ कि, हमासले गाजामा युद्ध विरामको प्रस्तावलाई अस्वीकार गरेको छ । यस्तोमा कतारमा हमासका प्रतिनिधीहरुको कुनै आवस्यकता छैन । हमासले कतारको राजधानी दोहामा सन् २०१२ देखि आफ्नो पोलिटिकल अफिस संचालन गर्दै आएको छ ।

यसबीच रोचक कुरा के छ भने, हमासको यो अफिस कथितरुपमा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनको अनुरोधमा नै स्थापित भएको भन्ने पनि छ । कूटनीतिक जानकारहरु भन्छन्, कतार मध्यस्थताबाट पछाडी हट्नुको सबैभन्दा ठूलो कारण अमेरिकाको दबाव नै हो ।

कयौं न्यूज एजेन्सीहरुले गत साता आफ्ना रिपोर्टहरुमा भनेका थिए, कतारले अमेरिकासंग उसले हमासलाई दोहामा आफ्नो राजनीतिक कार्यालय बन्द गर्न लगाउने सहमति गरेको छ । किनभने हमासले राम्रो विश्वासका साथ सम्झौता गर्नबाट अस्वीकार गर्यो ।

यद्यपि, कतारको विदेश मंत्रालयले यी मिडिया रिपोर्ट्स तथ्यात्मक रूपले सही नभएको भनेको छ । हमासका अधिकारीहरुले पनि यी दाबीहरुलाई खारेज गरेका छन् । तर जानकारहरु भन्छन्, अमेरिकाको दबावका अलावा कतारले मध्यस्थताबाट हात झिक्नु बाकेह अन्य ठोस कारण केही छैन् ।

अमेरिका र कतारबीच गहिरो सामरिक र कूटनीतिक सम्बन्ध रहेको छ । कतार भलै एक सानो मुलुक हो तर अमेरिकाको एक प्रमुख सहयोगी हो । यहां अमेरिकाको एक प्रमुख एयरबेस पनि छ ।कतारले यसअघि पनि ईरान, तालिबान र रूसका साथ कयौं संवेदनशील राजनीतिक कुराकानी र मध्यस्थताको जिम्मेवारी सम्हालिसकेको छ ।

अहिले भने एकातिर अमेरिकी दबाब अर्कातिर हालै याह्या सिनवारको हत्यापछि हमासले दोहामा एक सानो हलमा दुई घण्टाको शोक सभा आयोजना गरेको थियो । जबकि इस्माइल हानियाका लागि तीन दिवसीय शोक सभा आयोजना गरेको थियो ।

सामरिक विशेषज्ञ भन्छन्, डोनाल्ड ट्रम्प सत्तामा आएपछि कतारमा दबाव बढ्नु तय नै थियो । यद्यपि, जनवरीमा राष्ट्रपतिको कुर्सी सम्हालेपछि ट्रम्पको मिडिल ईस्ट पोलिसी के हुन्छ भन्नेमा अहिले नै केही स्पष्ट भएको छैन ।

तर ट्रम्पले पहिला नै इशारा गरिसकेका छन् कि उनले इजराइललाई आफ्नो शर्तहरुमा काम गर्न छूट दिनसक्छन् । ट्रम्पले केही दिन पहिला दिएको एक बयानमा भनेका थिए, इजराइलले गाजामा जे शुरू गरेको छ, त्यो अब अन्त्य हुनु पर्छ ।

यस्तोमा यो स्पष्ट छ कि उनी इजराइलका साथमा बलियो गरि उभिने छन् । यो स्थितिमा हमासलाई बाहर निकाल्न कतारमा दबाव पनि बढेको हो । एक रिपोर्टका अनुसार यदी हमासले अफ्नो पोलिटिकल अफिस दोहाबाट शिफ्ट गर्यो भने उसका अघि दुई विकल्प रहेन छ, इरान र टर्किए ।

यद्यपि, इरानमा उसलाई पश्चिमी देशहरुको डिप्लोमेटिक च्यानल प्राप्त हुने छैन । टर्किमा रहँदा के फायदा हुनसक्छ भने टर्की नेटो सदस्य हो । गतवर्ष नै टर्कीएका राष्ट्रपतिले हमास लिडर इस्माइल हानिया र एक प्रतिनिधि मंडललाई निकै हार्दिकताका साथ स्वागत गरेका थिए ।

यसले टर्कीए हमासप्रति गहिरो सहानुभूति राख्छ भन्ने पनि संदेश दिएको थियो । मिडिया रिपोर्ट्सका अनुसार हमासका कयौं ठूला नेताहरु इस्तान्बुलमा बस्दै आएकाछन् । यस्तोमा अब हमासले आफ्नो राजनीतिक कार्यालय टकीएमा नै लैजाने सम्भावना धेरै देखिन्छ ।

तर जुनप्रकारले इजरायलले हमासका शीर्ष नेताहरुलाई निशाना बनाउने गरेको छ टर्कीए र हमासले पनि यस्मा ध्यान दिने नै छ । यसैबीच प्यालेस्टिनी भूभागको उत्तरमा इजरायलले गरेको आक्रमणमा परि थप ३० जनाको ज्यान गएको छ ।

गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ । उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।

गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ । गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् ।

प्यालेष्टिनी सुरक्षा निकायले अझै पनि धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका बताएको छ । सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो ।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेवनानतर्फ विस्तार भएको देखिन्छ ।

Advertisement

यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top