×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

नेपाली महिलाले विश्वकप अघि एसिया कप खेल्ने,पहिलो खेल को सँग

२९ कार्तिक २०८१

२९ कार्तिक , विराटनगर  ।

नेपाली पुरुष क्रिकेट पछिल्लो समय राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छ । चाहे १२ खेलमा ११ खेल जित्दै विश्वकप छनौट खेलेको होस् वा पहिलो पटक एशिया कपमा सहभागिता वा १० वर्ष पछि भएको विश्वकपमा छनोट र त्यसपछिको विश्वकपको खेलले क्रिकेटबाट नेपालले विश्वको ध्यान खिच्न सफल भएको छ ।

Advertisement

पुरुष क्रिकेटले हासिल गरेको त्यो उचाइँलाई अहिले अन्डर १९ महिला क्रिकेट टोलीले थप बढाउने काम गरेको छ । नेपाली महिला क्रिकेट टोलीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । जसको पछिल्लो उदाहरण उनीहरू पहिलो पटक आईसीसी यू–१९ महिला विश्वकपमा छनोट हुनु हो।

यस ऐतिहासिक उपलब्धिले नेपाली क्रिकेटप्रति घरेलु र अन्तर्राष्ट्रिय स्तरमा उत्साह थपेको छ । साथै महिला क्रिकेटको सम्भावना र भविष्यलाई थप उचाइमा पुर्याएको छ। हिजो यूएईविरुद्धको जित नेपाली महिला क्रिकेटलाई अन्तराष्ट्रियकरण गर्न कोशेढुङ्गा सावित भएको छ ।

यूएईमा सम्पन्न एशिया छनोटको निर्णायक खेलमा बुधवार आयोजक यूएईलाई आठ विकेटले पराजित गर्दै युवा महिला टोलीले इतिहास रचेको हो। यूएईले दिएको ८४ रनको मध्यम लक्ष्य १६.२ ओभरभित्र जित्न सकेमात्र नेपाल रनरेटमा अगाडि रही विश्वकपमा पुग्थ्यो।

नेपालले १४.४ ओभरमै लक्ष्य भेट्टायो। टस हारेर पहिलो फिल्डिङ पाएको नेपालले आयोजक यूएईलाई उनीहरूको घरेलु मैदान अजमान क्रिकेट मैदानमा ८३ रनमा रोकेको थियो। पहिलो लिगमा यूएईसँग पराजित भइसकेकोले बुधवारको खेलमा नेपाललाई विजय मात्र नभई उत्कृष्ट रन रेटसहितको जित आवश्यक थियो।

यस्तोमा युवा नेपाली क्रिकेटरहरूले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दै जित निकालेका हुन्। नेपाली महिला खेलाडीहरुले आफूहरु विश्वकप खेल्न तयार रहेको प्रमाणित यूएईविरुद्धको खेलमा गरेका छन् । महिला टोलीले अब अर्को वर्ष मलेसियामा हुने विश्वकपमा सहभागिता जनाउने छ।

सोह्र राष्ट्रले भाग लिने विश्वकपमा नेपालले एशिया क्षेत्रको प्रतिनिधित्व गर्ने छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यो उमेरसमूहमा महिला विश्वकप सुरु गरेपछिको यो दोस्रो संस्करण मात्रै हो। जहाँ नेपालले नेपाली झण्डा फहराउने तय भएको छ ।

एशिया छनोटबाट सहभागी चार राष्ट्र यूएई, नेपाल, थाईल्यान्ड र कुवेतलाई डबल राउन्ड रोबिन लीग अर्थात् एक टोलीले हरेक विपक्षीसँग दुईदुई खेल खेल्नपुर्ने प्रावधान राखिएको थियो। प्रतियोगिताका दाबेदार टोलीमध्येको एक यूएईले लीगको सबै ५ खेल जितेर १० अङ्क बटुलेको छ।

सो क्रममा उसले नेपाललाई १३ रनले पराजित गरेको थियो। नेपालले पनि यूएईसँगको पराजयबाहेक थाइल्यान्ड र कुवेतलाई दुवै खेलमा हराएर आठ अङ्क बटुलेको थियो। अन्तिम खेलमा जितसँगै नेपाल १० अङ्कका साथ तालिकाको शीर्षस्थानमा पुग्यो।

यूएईले कुवेतलाई १०६ र १८४ रन तथा थाईल्यान्डलाई ७४ रन र नौ विकेटले हराएको थियो। त्यस्तै नेपालले कुवेतलाई १०८ र १६५ तथा थाईल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो। यू–१९ महिला विश्वकप सन् २०२५ को जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म हुने छ।

प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ जसमा अस्ट्रेलिया, बाङ्ग्लादेश र स्कटल्यान्ड छन्। जनवरी १८ तारिखमा बाङ्ग्लादेशसँग खेलेर नेपालले विश्वकपको यात्रा शुरू गर्नेछ। विश्वकपका लागि छनोटचरण पार गर्दै अफ्रिकाबाट नाइजेरिया, अमेरिकी क्षेत्रबाट अमेरिका, पूर्वी एसियाबाट सामोअ र युरोपबाट स्कटल्यान्डले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

आयोजक भएको नाताले मलेसियाले सीधै स्थान बनाउँदा अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, न्युजिल्याण्ड र वेस्ट इन्डिज भने अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा छनोट भइसकेका छन् । विश्वकपमा छनोट भएसँगै नेपाली यू–१९ टोलीले एसिया कप समेत खेल्ने भएको छ।

विश्वकपमअघि हुने एसिया कप मलेसियामै हुनेछ। मलेसियामा यू–१९ एसिया कप १५ देखि २२ डिसेम्बरसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘बी’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका समेत पक्का भइसकेको छ।

यू–१९ महिला एसिया कप एसिसीले पहिलो पटक सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दा समूह ‘ए’ मा श्रीलंका, मलेसिया र बंगलादेशले भिड्नेछन्। विश्वकपअघि एसिया कपमा प्रतिस्पर्धा गर्दा नेपाली टोलीलाई राम्रो अनुभव हुनेछ।

अझ मलेसियामै एसिया कप हुँदा नेपाललाई मैदानको समेत ज्ञान हुँदा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग मिल्नेछ। नेपालको महिला क्रिकेट टोलीले केही वर्षदेखि उल्लेखनीय सुधार गर्दै आएको छ। घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन र अन्तर्राष्ट्रिय स्तरमा निरन्तर सुधारले टोलीलाई बलियो बनाउँदै लगेको छ।

विशेषगरी यू–१९ स्तरमा टोलीले आफ्नो क्षमता प्रमाणित गर्दै विश्वकप छनोटसम्मको यात्रा तय गरेको छ। यसले नेपालमा महिला खेलाडीहरूलाई थप प्रेरित गराएको छ र नयाँ प्रतिभाहरूलाई महिला क्रिकेटप्रति आकर्षित गर्ने अवसर पनि सिर्जना गरेको छ।

नयाँ खेलाडीहरूको उदय र उनीहरूको प्रदर्शनले टोलीलाई ताजा ऊर्जा प्रदान गरेको छ। यसले नेपाली महिला क्रिकेटको भविष्यलाई पनि सुरक्षित बनाएको छ। अब, यू–१९ विश्वकपको मञ्चमा उत्कृष्ट प्रदर्शन गर्न नेपाली महिला टोलीले केही महत्त्वपूर्ण सुधार र तयारी गर्नुपर्छ, जसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन सहयोग गर्नेछ ।

अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न खेलाडीहरूको प्राविधिक क्षमता अझै सुधार गर्न आवश्यक छ। विशेष गरी बलिङ र ब्याटिङमा विविधता, फिटनेस र फिल्डिङमा सुधारमा ध्यान दिनुपर्नेछ । विश्वकप जस्तो ठूलो प्रतियोगितामा दबाब र तनाव व्यवस्थापन गर्न मानसिक तयारी महत्त्वपूर्ण हुन्छ।

खेलाडीहरूलाई मानसिक मजबूती दिने तालिम र मोटिभेशनल सेसनहरू प्रदान गर्न पनि त्यतिनै आवश्यक पर्ने विश्लेषकहरुले बताएका छन् । यस्तै विश्वस्तरीय टोलीसँग प्रतिस्पर्धा गर्न खेलाडीहरूको शारीरिक फिटनेस र चुस्तीमा सुधार गर्नुपर्छ।

विशेष गरी, तीव्र खेलको अवस्थामा लामो समय टिक्न फिटनेसको स्तर उच्च हुनु आवश्यक छ। अर्काे तर्फ नेपाली महिला टोलीको अन्तर्राष्ट्रिय अनुभव सीमित छ। यसलाई बढाउन अन्य देशका टोलीसँग अभ्यास खेल, प्रशिक्षण शिविर र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने व्यवस्था गर्न क्रिकेटसँगले पहल गर्नुपर्ने देखिन्छ ।

विश्वकप क्रिकेट २०२५ को खेल तालिका सार्वजनिक भइसकेको छ । जहाँ नेपालले बंगलादेशसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालसँग प्रतिस्पर्धा गर्ने राष्ट्रहरू विभिन्न क्रिकेट परम्परा र क्षमताका आधारमा बलिया छन्।

यस प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्दा यी राष्ट्रहरूसँगको प्रतिस्पर्धामा बलियो तयारी र रणनीतिक खेलको आवश्यकता हुनेछ। विशेषत बङ्गलादेशले हालसालैको युवा क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ। यो टोलीमा आक्रामक खेलाडीहरू छन्।

नेपालले बङ्गलादेशको तेज ब्याटिङ र बलिङलाई सामना गर्न तयार रहनुपर्छ। यस्तै नेपालले विश्वकपमा दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल अष्ट्रेलियासँग २२ जनवरीमा खेल्नेछ । अस्ट्रेलियाले युवाहरूलाई उच्च स्तरको तालिम र संसाधन प्रदान गर्ने गर्छ, जसले गर्दा टोली बलियो र अनुशासित देखिन्छ।

नेपालले अस्ट्रेलियाको गतिमान बलिङ र पावर हिटिङलाई सामना गर्न राम्रो रणनीति बनाउनु पर्ने देखिन्छ । पहिलो संस्करणको दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा इङ्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै भारत विजयी भएको थियो । २०२७ को अन्डर १९ विश्वकप भने बंगलादेश र नेपाल मध्ये कुनै एक देशमा हुनेछ ।

जसको छिनोफानो हुन् बाँकी छ । पहिलो पटक विश्वकप खेल्दै गरेको नेपालका लागि बलिया मानिएका देशहरूसँगको प्रतिस्पर्धा कठिन हुनसक्छ । तर नेपाली महिला क्रिकेट टोलीले उच्च मनोबल, राम्रो तयारी र टोलीको एकता देखाउन सके भने उत्कृष्ट प्रदर्शन गर्न सक्नेमा दुईमत छ्रैन् ।

अन्डर १९ महिला क्रिकेट टोलीले हासिल गरेको ऐतिहासिक उपलब्धि र पहिलो विश्वकपको तयारी बारे तपाईका विचार अवश्य. ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top