NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

बक्सिङका किङ फेरि रिङमा फर्किए

आइतवार मंसिर २ , २०८१
Reading Time: 1 min read
A A
बक्सिङका किङ फेरि रिङमा फर्किए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ मंसिर, एजेन्सी ।
सर्वाधिक विवादास्पद मानिएको मुक्काबाजी खेलमा जेक पलले ५८ वर्षीय माइक टाइसनलाई अंकका आधारमा पराजित गरे। पूर्व हेभीवेट च्याम्पियन टाइसन १९ वर्षपछि पहिलो पेशेवर खेलमा फर्किएका थिए ।

उनले २७ वर्षीय युट्युबर पलसँग नेटफ्लिक्समा प्रत्यक्ष प्रसारित खेलमा प्रतिस्पर्धा गरे। तर उनी सुरुदेखि नै आफ्नो पुरानो लयमा फर्कन सकेनन् । एनएफएलको डलास काउबोइजको गृह मैदान एटीएण्डटी रंगशालामा ७० हजार दर्शकको उपस्थितिमा भएको खेलमा पलले रिङको बाहिरी भागबाट खेल्दै खासै प्रयास नगरी सहज जित हात पारे ।

टाइसनले खेलअघि नै आफू चोटग्रस्त रहेको स्वीकारे पनि त्यसलाई कमजोर प्रदर्शनको कारण नबनाएको बताए। पलले भने आफू डरका कारण मुक्का प्रहार गर्न हिचकिचाएको संकेत गर्दै भने, ‘म उहाँलाई केही चोट पुर्याउन खोज्दै थिएँ। तर म डराएको थिएँ, किनभने उहाँ पनि मलाई चोट पुर्याउन खोज्दै हुनुहुन्थ्यो ।’

LS Auto

जेक पल युट्युबबाट मुक्काबाजीमा प्रवेश गरेका हुन्। २७ वर्षका उनी उमेर ढल्किँदै गरेका माइक टाइसनसँग प्रतिष्पर्धामा उत्रिएका थिए। टाइसनले रिङमा ८ राउन्ड पूरा गरे तर जेक पलले सर्वसम्मत निर्णयबाट जिते।

दर्शकहरूले टाइसनबाट विशेष प्रदर्शनको अपेक्षा गरेका थिए, तर उनी असफल भए। तेस्रो राउन्डदेखि नै पलले खेलमा वर्चस्व कायम गर्दै पूर्ण नियन्त्रणमा लिएका थिए। उनले सर्वकालिक महान् खेलाडी टाइसनलाई आफ्नो लयमा फर्कनै दिएनन्।

खेलपछि पलले टाइसनको प्रशंसा गर्दै उनलाई सर्वकालीन महान् बक्सर भएको बताए। तर टाइसनले भने यो आफ्नो अन्तिम खेल नभएको बताए । यस वर्षको सबैभन्दा बहुप्रतीक्षित प्रतिस्पर्धा थियो यो। टेक्सासको आर्लिङ्टनस्थित एटीएण्डटी रंगशालामा टाइसन र पलबीचको भिडन्त शताब्दीकै सबैभन्दा बढी हेरिने मुक्काबाजी खेलमध्ये एक पनि भयो ।

मूलतः गृष्म ऋतुमा हुने योजना रहेको यो खेल टाइसनको स्वास्थ्य समस्याका कारण स्थगित भएको थियो। तर उनी पेशेवर रूपमा शनिवार पुनः रिङमा फर्किए। २००५ मा पेशेवर खेलबाट सन्न्यास लिएपछि टाइसनले केही प्रदर्शनी खेलहरू खेलेका थिए।

तर पेशेवर खेलमा सहभागी भएका थिएनन्। यो खेलबाट उनी पुन पेशेवर मुक्केबाजीमा फर्किए । कशोर अवस्थामा उनले बक्सिङ सुरु गरेका थिए। शनिवारको खेल उनको करिअरको लगभग ४० वर्षपछिको ५९औँ खेल हो।

अर्कोतर्फ अभिनेताबाट यूट्युबर हुँदै मुक्काबाजी क्षेत्रमा प्रवेश गरेका जेक पलले आफ्नो पेशेवर करिअरमा राम्रो सुरुवात गरे। युट्युबरहुँदै मुक्काबाजीमा आएका पल ती मध्येका एक हुन् जसले पेशेवर बनेर यस खेलबाट करिअर बनाउने प्रयास गरेका छन्।

उनको छोटो करिअरमा १०–१ को बलियो रेकर्ड छ। टाइसनसँग खेल्न हेभीवेट श्रेणीमा जान लागेका पल आफ्नो युवा उमेर, ऊर्जा र एकै मुक्काले खेल जित्न सक्ने क्षमताका कारण केही हदसम्म डरलाग्दा मानिन्छन्।

’आइरन माइक’को मुक्काबाजी क्षेत्रमा अविवादित हेभीवेट च्याम्पियनसहित ५० जितको प्रभावशाली रेकर्ड छ। तर उमेर र लामो समयको अनुपस्थिति उनका लागि ठुलो चुनौती हो। टाइसनको ५८ वर्षको उमेरका तुलनामा २७ वर्षीय पल धेरै ताजा, छरितो र ऊर्जावान् छन् साथै हालैका वर्षहरूमा ठुला खेलहरूको अनुभव पनि छ।

विवादैविवादको इतिहास बोकेका माइकल बलात्कार आरोपमा जेल पनि परिसकेका छन् । उनले १९९७ मा हेवीवेट रि–म्याचको तेस्रो राउन्डमा इभान्डर होलीफिल्डको कान टोकिदिएका थिए। यसै कारण उनलाई एक वर्षको लागि बक्सिङ करियरबाट निलम्बन गरिएको थियो ।

बक्सिङ करियरबाट बाहिरिएपछि उनले आफ्नो जीवन दोस्रो तरिकाबाट सुरु गरे । उनी त्यसपछि अभिनयमा सक्रिय भएका थिए । टाइसन आफ्नो यात्रा सफल बनाउँन आफूलाई कमजोर नठान्न अनि कुनै पनि असाधारण परिस्थितिको सामना गर्न सुझाव दिने गर्दछन् ।

विश्वमा उनका भनाइहरु पनि त्यतिनै चर्चित छन् । उनी भन्छन, म पागल छु, तर म त्यस्तो पागल होइन। त्यस्तै मलाई कहिलेकाहीँ यस्तो लाग्छ कि म यो समाजको लागि होइन । टाइसनको जन्म ३० जुन १९६६ मा अमेरिकाको न्यूर्योकमा भएको थियो ।

उनले द ह्याङ्गओभर लगायतका दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् । उनका तीन श्रीमतीबाट ७ जना सन्तान छन् ।

Tags: #बक्सिङका किङ#माइक टाइसन पराजित

लोकप्रीय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

विचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने
अन्तर्राष्ट्रिय

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान
अपराध

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.