×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

गजनीका भिलेन ‘ह्रस्व दीर्घ’मा, आज नेपाल आउँदै

२ मंसिर २०८१

२ मंसिर,काठमाण्डौ ।
अभिनेत्री निता ढुङ्गाना निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । शुक्रबारबाट देशभर एकल प्रदर्शनमा आएको फिल्मले शुक्रबार र शनिबार आक्रामक व्यवसाय गर्दै राम्रो कमाउन सफल भएको निर्माता अभिनेत्री निता ढुङगानाले बताएकी छन्।

उनले फिल्मको दर्शक प्रतिक्रिया समेत राम्रो भएको बताइन् । उनले भनिन्, ‘फिल्मको व्यापार राम्रा भएपनि शो थपिएन । यो नै हाम्रो गुनासो हो ।’ फिल्मले शुक्रबार र शनिबार देशभरका हलमा हाउसफूलको व्यवसाय गरेको वितरक मनोज राठीले बताएका छन् ।

Advertisement

फिल्मको दुई दिनको कलेक्स कति भनेर हिसाब गर्न बाँकी रहेको उनको भनाई रहेको छ । शनिबार फिल्मको प्रतिक्रिया बुझ्न निर्माण टिम उपत्यकाका क्युएफएक्स विभिन्न हल, बिग मुभिज, वान सिनेमाज, एफक्युब पुगेको थियो ।

हलमा निर्माण युनिटलाई देख्दा दर्शक निकै उत्साहित भएका थिए । यस्तै चलचित्रका अभिनेता तथा कथाकार हरिहर अधिकारीले दर्शकको साथ दर्शकको माया आजको आइतबारको दिन पनि चलचित्र हाउसफूल चलिरहेको बताएका छन् ।

उनले समीक्षक नै दर्शक रहेको भन्दै दर्शकले जे भन्छन् आफ्नो चलचित्र दर्शकको समीक्षामा छोडिदिएको बताएका छन् । अधिकारीले सिनेमा काठमाडौँ उपत्यकामा मात्रै नभई, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, धरान, दमक बिर्तामोड र धनगढी लगमायतमा सहरमा सिनेमाले आक्रामक व्यापार गरेको बताएका छन् ।

चन्द्र पन्तले निर्देशन गरेको फिल्म प्रेम कथामा आधारित छ। फिल्ममा प्रेम जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरिएको छ। यस्तै भारतीय अभिनेता प्रदीप रावत र साउथ अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्धनको लागि आज दिउँसो नेपालमा आउने भएका छन् ।

अभिनेत्री समेत रहेकी निर्मात्री नीता रावत दम्पती काठमाडौं आउने जानकारी दिएकी हुन् । रावत दम्पती एकसाता काठमाडौंमा रहेर फिल्म प्रवर्धनको कार्यमा ब्यस्त हुनेछन् । काठमाडौं बसाइमा पत्रकार सम्मेलन, मिडिया इन्टरभ्यूदेखि हल भिजिटसम्मका कार्यक्रममा प्रदीप र कल्याणी सहभागि हुने जनाइएको छ ।

शुक्रबारदेखि प्रदर्शन सुरु भएको यो फिल्ममा रावतले नीताको बुवाको चरित्रमा अभिनय गरेका छन् । जहाँ उनलाई एक धर्मगुरुको रोलमा देख्न पाइन्छ । कल्याणी पनि साउथ अभिनेत्री हुन् । उनले चर्चिन कन्नाडा फिल्महरुमा अभिनय गरेकी छन् ।

सन् २०११ को ‘सुसाइड’, सन् २०१२ को ‘ड्रामा’, सन् २०१३ को ‘जयमान्ना मागा’ लगायतका उनका हिट फिल्म हुन् । उनी विशेषगरि चरित्र अभिनेत्रीको रुपमा ती फिल्ममा देखिने गरेकी छन् । फिल्मको प्रचारप्रसारका लागि अन्य कलाकारलाई पनि पालैपालो काठमाडौंमा ल्याउने निताको भनाइ छ ।

निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । हरिहर अधिकारी, निता ढुङ्गाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको फिल्ममा अभिनय छ।

फिल्मको निर्देशन चन्द्र पन्तले गरेका हुन् । अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा निर्माण भएको छ ।

फिल्म मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दै छ । कात्तिक ३० मै प्रदर्शन हुने भनिएको फिल्म ‘केटी हराएको सूचना’ को स्थगित हुनु र दक्षिण भारतीय फिल्म ‘कंगुवा’ नेपालमा प्रदर्शन नहुने भएपछि ‘ह्रस्व दीर्घ’लाई सो संख्यामा राहत मिलेको छ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top