×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

ओलीले रास्वपालाई ५ मिनेट पनि समय दिएनन्,खिसिट्युरी गरे

२ मंसिर २०८१

२ मंसिर, काठमाण्डौ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनरत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने सहितका मागपत्र सार्वजनिक गर्दै रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको हो ।

Advertisement

यो आन्दोलन भने काठमाडौं केन्द्रित हुने कार्यवहाक प्रवक्ता मनिष झाले बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरेका छन् ।

राजनीतिक प्रतिशोध अन्त्य गर्नुपर्ने माग गरिएको छ। मागपत्रको दोस्रो बुँदामा सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ । यसैगरी, रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

आफ्ना मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समेत जानकारी गराउने प्रयास गरे पनि समय नदिएको नेता झाले पत्रकार सम्मेलनमा बताए । झाले पत्रकार सम्मेलनमा भने, “प्रधानमन्त्रीले कुनै कार्यक्रममा गएर ज्ञापनपत्र बुझाउन आउँदैछन् क्यारे, तस्बिरसहित समाचार दिउँला भनेर खिसिट्युरी गर्नुभयो, तर हामीलाई पाँच मिनेट पनि समय दिनुभएन ।” उनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन ५ दिनदेखि प्रयास गर्दा पनि समय नपाएको बताए ।

प्रधानमन्त्रीलाई बुझाउनकै लागि तयार पारिएका रास्वपाका मागपत्रमा राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने पनि आन्दोलनको एजेन्डामा राखेको छ।

रास्वपाले एमालेले ७ गते गर्ने भनेको जनप्रर्दशनमाथि पनि प्रश्न उठाएको छ । सरकारले जनताको सेवामा सुशासन कायम राख्नु पर्नेमा आफै किन सडकमा उत्रिनु पर्याे भन्दै प्रश्न उठाएको छ । रास्वपाले रविको पक्राउलाई राजनीतिक प्रतिशोधका रुपमा ब्याख्या गर्दै सडक आन्दोलन गर्दै आएको छ ।

कात्तिक २ गते पक्राउ परेका रवि भने एक महिनादेखि प्रहरी हिरासतमा छन् । उनलाई बयानका लागि ३ दिन रुपन्देहीमा समेत लगिएको छ । पछिल्लो समय रविलाई अनुशनधानका लागि अदालतले दिएको १३ दिनको समय ८ गते सकिदैछ ।

जुन दिन रास्वपाले काठमाडौ केन्द्रित प्रर्दशनको घोषणा गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समितिबाहेक ४२ वटै पदमा उम्मेदवारी दर्ता गराउने भएको छ ।

पत्रकार सम्मेलन गर्दै रास्वपा नेता गणेश पराजुलीले अवरोध र धम्की आउने डरले उम्मेदवारहरूको नामावली सार्वजनिक नगरेको तर आजै ५ बजे सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा रास्वपाले आफ्नो पार्टीका उम्मेदवार तथा समर्थकहरूलाई धम्क्याउने तथा आक्रमण गर्ने गरेकाले उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेमा आशंका लागेको पराजुलीको भनाइ छ ।

उनले लोकतन्त्रको मूल्य र मान्यताविपरित भइरहेका सरकारी पक्षका गैरक्रियाकलापको पार्टीले निन्दा गरेको पनि बताए । ‘उम्मेदवारका सवालमा हामीले अन्तिम समयसम्म पनि प्रक्रिया प्रक्रिया भनिराख्यौ हामीसँग त्यसो भन्नु बाध्यता थियो’, पराजुलीले भने, ‘पुराना दलहरूले अपराध जस्तो निकृष्ट व्यवहार उपयोग गर्नुहुन्न जस्तो लागेको थियो ।’

उनले हुम्लाको सर्केगाड लगायतका उम्मेदवारलाई अन्य राजनीतिक दलका नेता कार्यकर्ताले राजनीतिमा कहिल्यै नआउने शर्तमामात्र छोडिएको बताए ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top