NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध बिहिबार भदौ २६ , २०८२
Next
Prev

समाचार

रविलाई एकाविहानै सरकारी वकिलको कार्यालय लगियो

शुक्रबार मंसिर १४ , २०८१
Reading Time: 1 min read
A A
स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ मंसिर, काठमाण्डौ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान लिन थालिएको छ । उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा विहानै उपस्थित गराइएको छ ।

जहाँ उनको बयान जारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई विहीबार बेलुका बयानका लागि काठमाडौं ल्याइएको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो ।

उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ । प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको भेटिएको थियो ।

स्वर्णलक्ष्मीबाट जीबी र रविले दुई पटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको प्रहरीले जनाएको छ । २०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ ।

‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन् । दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए । उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन् ।

गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले फेला परेको जनाइएको छ । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।

हाल काठमाडौँमा रविलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ । अब काठमाडौंमा रविको केही दिन बयान चल्ने प्रहरीको भनाइ छ । यसअघि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रुपन्देही लगिएको थियो ।

लामिछानेले हिरासतबाटै सोमबार राति आफूमाथि सरकारी वकिलको कार्यालयबाट पनि षड्यन्त्र भएको आरोप लगाउँदै लामो सन्देश सार्वजनिक गरेका थिए । लामिछानेलाई काठमाडौंमा बयानका लागि कम्तीमा ३ दिन राख्ने तयारी गरिएको छ ।

पछिल्लो पटक लामिछानेलाई कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनका लागि म्याद थप गरिएको छ । काठमाडौंको बयान सकिएपछि उनलाई कास्की लगिने छ भने उनीमाथि चितवनमा पनि पक्राउ पुर्जी जारी भएकाले कास्कीबाटै चितवन लैजाने प्रहरीको तयारी छ ।

Tags: # रवि काठमाडौँमा#काठमाडौँमा रविको बयान सुरु#सहकारी ठगी प्रकरण

लोकप्रीय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२

विचार

थप समाचार

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान
ताजा समाचार

Breaking news

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी
अन्तर्राष्ट्रिय

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

हालका पोस्टहरू

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.