×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

सुदूरको दोस्रो जित, काठमाडौंको दोस्रो हार

२० मंसिर २०८१

२० मंसिर, काठमाण्डौ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो खेलमा विजयी भएको छ। सुदुरपश्चिमले बिहीबार भएको दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित ग¥यो । काठमाडौंको भने यो दोस्रो हार हो ।

Advertisement

अहिलेसम्म ३ खेल खेलेको काठमाडौंले दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४ रनमा अलआउट भयो। सुदूरपश्चिमका युवा स्पिनर नरेन साउदले पाँच विकेट लिएपछि काठमाडौं कमजोर स्कोरमा अलआउट भयो।

काठमाडौंका लागि स्टेफन स्किनाजीले सबैभन्दा बढी ३७ रन जोडे।उनले नरेन साउदको बलमा इशान पाण्डेबाट क्याच हुनुअघि ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। काठमाडौंका ओपनर चल्न सकेनन्। ओपनरद्वय माइकल लेभिट ५ रन र शंकर राना ३ रनमा आउट भए।

भीम सार्की र गेरार्ल्ड इरासमस १०–१० रन जोडेर आउट भए।सुमित महर्जन पनि १४ रन जोडेर आउट भएपछि काठमाडौं दबाबमा आएका थिए। प्रतिक श्रेष्ठ ८ रन र कप्तान करण केसी १ रनमा आउट भएपछि काठमाडौं हार नजिक पुगेको थियो। बलिङमा सुदूरपश्चिमका नरेन साउदले ५ विकेट लिए।

भरखरै यू–१९ टोलीबाट एसिया कप खेलेर आएका उनले ३.५ ओभरमा १९ रन खर्चिए। अभिनास बोहराले २ विकेट लिए। उनले ३ ओभरमा १ मेडन राख्दा १२ रन मात्र दिए। त्यसअघि काठमाडौं गुर्खाजविरूद्ध सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।

टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरे। उनले ३६ बलमा ५३ रन प्रहार गरे। त्यसका लागि उनले ३ चौका र ४ छक्का प्रहार गरे। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले जोडेको ४३ रन पनि महत्वपूर्ण सावित भयो।

१९औं ओभरमा काठमाडौंका करण केसीको बलमा क्याच हुनुअघि दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनिङमा आएका सइफ जबइले ११ रन मात्र जोड्न सके। उनी दोस्रो ओभरको अन्तिम बलमा काठमाडौंका रसिद खानबाट बोल्ड भएका थिए।

अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले भने २८ बलमा ३५ रन बनाए। शाहब आलमको एलबिडब्लूको धरापमा पर्नुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए। भण्डारी र ब्रान्डनबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी हुँदा सुदूरपश्चिमको रनले गति लियो।

रोहन मुस्ताफ भने ४ रनमा रसिद खानबाट बोल्ड भए। आरिफ शेख भने रनआउट भए। दीपेन्द्रसिंह ऐरीसँग समन्वय मिल्न नसक्दा उनी ३ रनमा आउट हुन पुगेका थिए। स्कट कुगेलेइनले नटआउट ७ रन जोडे। ११ ओभरमा ९९ रन जोडेको सुदूरपश्चिमले बाँकी ९ ओभरमा ६८ रन मात्र जोड्न सक्यो।

बलिङमा काठमाडौंका रसिद खानले २ विकेट लिए। उनले चार ओभरमा २० रन दिए। करण केसी, शाहब आलम र गेरार्ल्ड इरासमसले १–१ विकेट लिए। अब भोलि कर्णाली चितवन तथा लुम्बिनी र पोखरा भिड्ने छन् ।

चितवनले २ खेलमा जित हासिल गरिसकेको छ भने कर्णालीले अहिलेसम्म जित हात पार्न सकेको छैन् । यस्तै लुम्बिनीले पहिलो खेल हारेको छ भने पोखरा २ खेलमा पराजित भएको छ ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top