×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

सलमान खानको टिजरले नै तोड्यो रेकर्ड, कस्तो होला ‘सिकन्दर’ ?

१५ पुष २०८१

१५ पुष,एजेन्सी ।

बलिउडका दबङ स्टार सलमान खान अभिनित बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । यसको टिजरले नै रेकर्ड तोडेको छ। सलमान खानको जन्मदिनको भोलिपल्ट सार्वजनिक गरिएको यस फिल्मको टिजरले अलचल मच्चाएको छ।

Advertisement

एक्सन प्रदान देखिने चलचित्रको टिजरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । यो टिजर ट्रेन्डिङमा पहिलो नम्बरसम्म पुगेको थियो । सिकन्दरको टिजरलाई २४ घण्टामै युट्युबमा ४२ मिलियनभन्दा बढी भ्युज प्राप्त भएको छ ।

एक दिनपछि यो टिजर ५ करोडभन्दा बढी पटक हेरिएको छ र यो संख्या लगातार बढिरहेको छ । सिकन्दरको टिजरले अल्लु अर्जुनको सर्वाधिक प्रतिक्षित फिल्म पुष्पा २ को टिजरको रेकर्ड तोडेको छ ।

पुष्पा २ को टिजरलाई २४ घण्टामा ३९.३ मिलियन भ्युज प्राप्त भएको थियो । यस्तै सालार पार्ट १ को टिजर यस सूचीमा पहिलो नम्बरमा छ। चलचित्रको टिजरलाई २४ घण्टाभित्र ८३ मिलियन भ्युज प्राप्त भएको थियो ।

सिकन्दरको टिजर पाँचौँ नम्बरमा आएको छ । योसँगै शाहरुख खानको डन्की छैटौँ स्थानमा छ । यो फिल्मको टिजरले २४ घण्टामा ३६.८ मिलियन भ्युज पाएको छ । पुष्पा २ भने तेस्रो हप्तासम्म पनि प्रर्दशनरत नै रहेको छ ।

विभिन्न कीर्तिमान बनाइसकेको अल्लु अर्जुनको पुष्पा २ ले नै बक्स अफिसमा राज गरिरहेको छ । तेस्रो हप्ता हलमा चलिरहेको चलचित्रले आइतबार १४.५३ करोड भारु कमाएको छ । सिकन्दरलाई एआर मुरुगादासले निर्देशन गर्दैछन् ।

आगामी इदका अवसरमा प्रर्दशनमा आउने फिल्ममा सलमान खानसँग रश्मिका मन्दाना देखिने छिन् भने काजल अग्रवालको पनि महत्त्वपूर्ण भूमिका रहने छ । टिजरमा दुई सुन्दरीको झलक भने देखाइएको छैन ।

टीजरमा सलमान खानको एक्शन अवतार र संवादले दर्शकहरूको ध्यान आकर्षित गरेको छ। टीजरमा सलमान खानले भनेका छन्, “सुना है बहुत सारे लोग मेरे पीछे पड़े हैं, बस मेरे मुड़ने की देर है।“ यस संवादले चलचित्रमा हुने सम्भावित संघर्ष र एक्शनलाई संकेत गर्दछ।

टीजरको दृश्यमा सलमान खानको प्रभावशाली उपस्थिति र एक्शनले चलचित्रको सम्भावित सफलता र दर्शकहरूको चासोमा वृद्धि गरेको छ। फिल्मको निर्देशन ए.आर. मुरुगदासले गरेका छन्, जसले ’गजिनी’ र ’थेरि’ जस्ता सफल चलचित्रहरू निर्देशन गरेका छन्।

यस चलचित्रमा सलमान खानसँगै सत्यराज, प्रतीक बब्बर र शरमन जोशी जस्ता कलाकारहरूको पनि सहभागिता रहनेछ । टीजरको आधारमा, यो चलचित्र एक्शन र ड्रामा प्रेमीहरूको लागि आकर्षक बन्ने अपेक्षा गरिएको छ।

सिकन्दर भनेको चाँही एक ऐतिहासिक नाम हो, जुन प्राचीन म्यासेडोनिया साम्राज्यका राजा अलेक्ज्याण्डर द ग्रेट को नामबाट आएको हो। उनले चौथो शताब्दी ईसा पूर्वमा विश्वका धेरै भागहरू जितेर ठूलो साम्राज्य स्थापित गरेका थिए ।

उनले भारतसम्मको क्षेत्रसम्म आक्रमण गरेका थिए र त्यसको इतिहासमा ठूलो स्थान राख्छन्। “सिकन्दर“ शब्दको प्रयोग उच्च मान्यता, बल, विजय र असाधारण नेतृत्वका प्रतीकको रूपमा गरिएको छ। सलमानको चलचित्रमा भने यसले एउटा शक्तिशाली, साहसी र विजय प्राप्त गर्ने पात्रको भूमिका बोध गराउने टिजर मार्फत अनुमान गरिएको छ ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top