NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

सोमवार पुस १५ , २०८१
Reading Time: 1 min read
A A
दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ पुष , एजेन्सी ।

दक्षिण अफ्रिकाले पाकिस्तानलाई सेंचुरियन टेस्टमा २ विकेटले हराएको छ। यसका साथै अफ्रिकाले वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षितसमेत गरेको छ । १४८ रन को टारगेट पछ्याएको घरेलु टोलीले ९९ रनमा ८ विकेट गुमाइसकेको थियो।

तर, कगिसो रबाडा र मार्को यानसनले ५० को साझेदारी गरेर टोलीलाई रोमाञ्चक जित दिलाए। टेस्टको चौथो दिन आइतबार साउथ अफ्रिकाले २७÷३ को स्कोरबाट खेल्न शुरू गरेको थियो । ऐडन मार्करम ३७ रन बनाएर आउट भए । उनीपछि बावुमा टिके । उनले ४० रन बनाए ।

LS Auto

तर, टोलीले ९६ रनमा ५ विकेट गुमाउन पुग्यो । यहीँ उनीहरूलाई ५२ रनको आवश्यक थियो । ४ विकेट लिइसकेका मोहम्मद अब्बासले डेविड बेडिंघम र कोर्बिन बाँसलाई पभेलियन फर्काए । यसैबीच नसीम शाहले काइल वेरियनलाई बोल्ड गरेर हेर्दा हेर्दै ९९ रनमा ८ विकेट लिइसकेका थिए।

अब, पाकिस्तानले जित्नमात्र २ विकेट लिए पुग्थ्यो । तर, रबाडा र यानसनले पाकिस्तानको मनसायलाई सफल पार्न दिएनन्। दुवैले पहिला सम्हालिएर ब्याटिङ गरे । उनीहरूले खराब बललाई मात्रै खेल्न थाले। रबाडाले ३० र यानसनले १६ रन बनाएर टोलीलाई जित दिलाएका थिए ।

पाकिस्तानको लागि मोहम्मद अब्बासले ६ विकेट लिए। १–१ विकेट नसीम और खुर्रम शहजादलाई प्राप्त भयो । आमेर जमालले कुनै विकेट लिन सकेनन्। तर, उनले एक ओभरमा मात्र ११ रन खर्चेका थिए। पाकिस्तानलाई पहिलो टेस्टमा हराएर वल्र्ड टेस्ट च्याम्पियनसिपको हालिय चक्रमा साउथ अफ्रिकाले सातौं जित दर्ता गरेको हो।

टोली ८८ अंकका साथ पहिलो स्थानमा रहेको छ। ६६.६७ प्रतिशत अंक भएकोले दोस्रो टेस्ट हारे पनि यो घटेर ६१.११ प्रतिशत अंक हुनेछ। यस्तोमा साउथ अफ्रिकाको शीर्ष २ स्थान सुरक्षित नै हुने भएकोले वल्र्ड टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने भएको हो।

साउथ अफ्रिकासँग खेल्न भारत, अस्ट्रेलिया र श्रीलंकाबिच होड चलिरहेको छ। यसमा अस्ट्रेलियामात्रै साउथ अफ्रिकाभन्दा माथि जान सक्नेछ।यता चौथो टेस्टमा भारत अष्ट्रेलियासँग १८४ रनले पराजित भएको छ। ३४० रनको लक्ष्य पछ्याउँदै भारत पाँचौँ दिन १५५ रनमा अलआउट भएको थियो।

यस खेलमा टिम इन्डियाका टप अर्डर ब्याट्सम्यानको प्रदर्शन निकै खराब रहेको थियो । विराट कोहली र रोहित शर्मा जस्ता उत्कृष्ट ब्याट्सम्यान पूरै फल्प देखिएभने ऋषभ पन्तजस्ता खेलाडीहरूपनि जम्न सकेनन् । भारत अहिले विश्व टेस्ट च्याम्पियनसिपको तालिकामा तेस्रो स्थानमा छ।

अस्ट्रेलिया दोस्रो स्थानमा छ। यद्यपि चौथो टेस्टमा यो हारपछि भारतको अंक प्रतिशत ५५.८८ बाट घटेर ५२.७८ पुगेको छ भने अस्ट्रेलियाको अंक ५८.८९ बाट बढेर ६१.४६ पुगेको छ। विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अहिले एउटा मात्र स्थान खाली छ।

अहिले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा एउटा मात्र स्थान खाली छ । दक्षिण अफ्रिकी टोली यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तानविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा टोलीले आइतबार जित निकालेको हो ।

यो जितले दक्षिण अफ्रिकालाई पहिलो पटक फाइनलमा प्रवेश गराएको छ । अस्ट्रेलियाले यस चक्रमा बाँकी रहेका तिनवटा टेस्टमध्ये कुनै एकमा जित हासिल गरेर फाइनलमा पुग्न सक्छ। अस्ट्रेलियाले अर्को वर्ष थप दुई टेस्टका लागि श्रीलंका भ्रमण गर्नेछ।

वल्र्ड टेस्ट च्याम्पियनसिप डब्लुटीसी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा आयोजित प्रतियोगिता हो । यो च्याम्पियनसिपमा शीर्ष टेस्ट टोलीहरूले प्रतिस्पर्धा गर्छन्। पहिलो संस्करण सन् २०१९–२०२१ मा आयोजना भएको थियो। यसमा प्रत्येक टिमलाई अंकका आधारमा ¥याङ्किङ दिइन्छ, र शीर्ष दुई टोलीहरू फाइनल खेल्छन्।

वल्र्ड टेस्ट च्याम्पियनसिपमा १०–१२ पूर्ण सदस्य राष्ट्र प्रतिस्पर्धा गर्छन्। हाल, १२ पूर्ण सदस्य राष्ट्रमध्ये ९ टिमले भाग लिएका छन् । जसमा भारत, अस्ट्रेलिया, पाकिस्तान ,इंग्ल्यान्ड, साउथ अफ्रिका ,न्यूजिल्यान्ड ,श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश छन् ।

यो एक द्विपक्षीय टेस्ट श्रृंखलाको संरचनामा आधारित छ। प्रत्येक टिमले २ वर्षको चक्रमा विभिन्न टिमहरूसँग टेस्ट श्रृंखला खेल्छ। प्रत्येक श्रृंखलामा उपलब्ध १२० अंक हुन्छ। जित, बराबरी, वा हारका आधारमा टिमहरूले अंक पाउँछन्।

जितमा १२ अंक, बराबरीमा ४ अंक र ड्र हुँदा ६ अंक पाउछन् । प्रत्येक चक्रको अन्त्यमा, अंक तालिकामा शीर्ष दुई टोलीबीच फाइनल खेलाइन्छ। यसको दोस्रो संस्करण (२०२१–२०२३)मा भारत र अस्ट्रेलिया बीच फाइनल भएको थियो भने जसमा अस्ट्रेलियाले जित हासिल ग¥यो। तेस्रो संस्करण (२०२३–२०२५) भने अहिले जारी रहेको छ।

Tags: #दक्षिण अफ्रिकाको दबदबा#वल्र्ड टेस्ट च्याम्पियनसिप

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.