×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

मोन्टी देसाईले गरे नेपाली क्रिकेटका एक वर्षे समीक्षा

१७ पुष २०८१

१७ पुष , काठमाण्डौ।

नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने तयारी गरिरहेको अवस्थामा उनले नेपाली क्रिकेटले सन् २०२५ मा अर्को अविश्वसनीय अध्याय निर्माण गर्ने मौका रहेको बताएका छन्।

Advertisement

सामाजिक सञ्जालमा सन् २०२४ को समिक्षा गर्दै उनले सन् २०२५ को बारेमा अहिले नै केही थाहा नभए पनि उपलब्धि हासिल गर्नका लागि नयाँ अध्याय निर्माण गर्ने मौका रहेको बताएका हुन्। सन् २०२३ मा सुरूवातमा नेपालको प्रशिक्षक नियुक्त भएका मोन्टीको दुई वर्षको कार्यकाल आगामी फेब्रुअरीमा सकिँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले उनको कार्यकाल नथप्ने संकेत दिएको छ। उनी सन् २०२५ मा नेपालको प्रशिक्षक रहने वा नरहने विषयमा क्यानको बोर्ड बैठकले निर्णय गरेपछि पक्का हुनेछ। सन् २०२४ को बिदाइ गरिरहँदा यो वर्ष अविस्मरणीय भएको मोन्टीले बताएका छन्।

‘२०२४ एउटा अविस्मरणीय वर्ष बन्यो। यो वर्ष कोसेढुङ्गा, सिकाइ र प्रगतिको यात्रा भयो। आइसिसी टी–२० विश्वकपमा छनोट हुनु र दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको क्षण हृदयविदारक थियो। तर त्यो दृढ संकल्पको प्रमाण पनि थियो।

यसले हामी कति माथि आइपुगेका छौं र हामीले अगाडि बढ्न सक्ने सम्भावना देखाएको छ,’ उनले लेखेका छन्। उनले आइसिसी विश्वकप लिग–२ मा भने सोचे जस्तो प्रदर्शन हुन नसकेको बताएका छन्।

सन् २०२४ मा नेपालले लिग–२ का १२ मध्ये २ खेलमा मात्र जित निकाल्न सकेको थियो। उनले राम्रो प्रदर्शन गर्नका लागि ध्यान केन्द्रीय गर्नु पर्ने अवस्था रहेको र एकनासको प्रदर्शन हुन नसकेको बताएका छन्।

सन् २०२४ मा नेपालले अमेरिकालाई उसैको मैदानमा टी–२० सिरिजमा ३–० ले पराजित गर्नु र घरेलु मैदानमा क्यानडालाई एकदिवसीय सिरिजमा ३–० ले हराउनुलाई मोन्टीले मुख्य उपलब्धि मानेका छन्।

आफू लामो समय घरबाहिर हुँदा समर्थन गरेको भन्दै परिवार अझ विशेषगरी छोरीहरूप्रति कृतज्ञ रहेको बताएका छन्। आफूलाई प्रशिक्षण मन पर्ने बताउँदै खेलाडीलाई जित वा हारेको बारेमा मात्र होइन मैदानमा र बाहिर दुवै स्थानमा उत्कृष्ट बनाउन सहयोग गर्नु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।

मानिस, ठाउँ, जोश र उद्देश्यमा सफलता हुने बताउँदै उनले जिज्ञासु हुनु, सुधार गर्न प्रयास गर्नु र अघि बढ्नुमा सफलतामा हुने उल्लेख गरेका छन्।क्यानका सचिव पारस खड्काले पदाधिकारीलाई अनौपचारिक छलफलमै प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने बताइसकेका छन् ।

यस विषयमा सचिव खड्काले प्रशिक्षकसँग पनि सल्लाह भएको जानकारी पदाधिकारीलाई दिएका छन् । मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक थिए । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए ।

मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो । गत असारमा नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेलेसँगै मोन्टीलाई हटाउने चर्चा चलेको थियो ।

विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्दा मात्र १ अंक जोड्यो । त्यसपछि नै मोन्टीलाई निरन्तरता दिन नहुने छलफल चलेको थियो । तर, लिग २ को मिति नजिकै भएकाले त्यससम्मलाई सम्झौता थप गरिएको सदस्य हो ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल पछिल्ला १२ मध्ये आठ खेलमा पराजित भएको छ । २ खेल मात्र जित्दा मोन्टी दबाबमा छन् । नेपालले फेब्रुअरीमा नेदरल्यान्ड्सलाई नौ विकेट तथा अक्टोबरमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

नेपाल लिग २ को खेलमा नामिबिया, नेदरल्यान्ड्स, क्यानडा र ओमानसँग पराजित भइसकेको छ । २ चैत ०७९ मा नेपालले १२ मध्ये ११ खेलमा अविश्वसनीय जित निकाल्दै पुनःचार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।

त्यही समयमा नेपालले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त ग¥यो । उनको आगमनसँगै नेपाले १२ मध्ये ११ खेल जितेको हो । त्रिवि क्रिकेट मैदानमा ब्याड लाइटका कारण खेल रोकिएपछि डिएसएल आधारमा युएईलाई अन्तिम खेलमा ९ रनले हराउँदै नेपालले जिम्बावेमा आयोजना हुने ग्लोबल छनोटमा स्थान बनाएको थियो ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top