×

NEPAL TIMES UPDATES

Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026

गाजामा खतरनाक आक्रमणः९४ एयरस्ट्राइक १८४ जनाको मृत्यु

२१ पुष २०८१

२१ पुष , विराटनगर ।

एक वर्षभन्दा लामोसमयदेखि गाजामा आक्रमण गरिरहेको इजरेलले पछिल्लो समय झनै विनाशकारी आक्रमण गरेको छ । हमासलका एक दर्जनबढी शीर्ष नेताको ज्यान लिएपनि पछिल्लो समय अझै हमासले नयाँ लडाकु भर्ना गरिरहेको र अझै २५ हजार हमास लडाकुहरु रहेको दाबी गरिएका खबरहरु बाहिरिएपछि इजरेल हमासविरुद्ध झनै कडा रुपमा प्रस्तुत भएको छ।

Advertisement

विगत तीन दिनमा गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १८४ जनाको मृत्यु भएको छ। हमासको गाजामा आधारित मिडिया कार्यालयले इजरायली सेनाले विगत ७२ घण्टामा गाजा पट्टीमा ९४ वटा हवाई आक्रमण गरेको र १८४ जनाको ज्यान गएको बताएको छ।

कार्यालयले आफ्नो बयानमा आक्रमणलाई खतरनाक र क्रूर भएको बताएको छ । इजरायली हवाई आक्रमणमा धेरै पीडितहरू मारिए वा घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले उल्लेख गरेको छ । यसबाहेक, धेरै मानिसहरू भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ।

गाजाका प्यालेस्टिनी नागरिक सुरक्षा अधिकारीहरूले विगत तीन दिनमा इजरायली हवाई आक्रमण तीव्र भएको पुष्टि गरेका छन्, जसले स्थानीय बासिन्दाहरूका लागि कठिन समय निम्ताएको छ ।

इजरायली सेनाले यी भयानक अपराधहरूको पूर्ण जिम्मेवारी लिनुपर्ने भन्दै अधिकारीहरुले हतियार र राजनीतिक समर्थन उपलब्ध गराएकोमा अमेरिकी प्रशासनको पनि आलोचना गरेका छन्। उनीहरुले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सुरक्षा परिषदलाई यी जघन्य अपराधहरूको दस्तावेजीकरण गर्न स्वतन्त्र अनुसन्धान टोली पठाउन आह्वान गरेका छन् ।

इजरायली रक्षामन्त्री काट्जले बन्धकहरूको रिहाइमा हमासलाई कडा चेतावनी दिएपछि इजरायलले बिहीबारदेखि गाजामा आफ्नो सैन्य कारबाही बढाएको छ। कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा भएको वार्ता युद्धविरामको निरन्तरता लगायत प्रमुख मुद्दाहरूमा रोकिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार अहिलेसम्म ४५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा ठूलो मात्रामा आक्रमण गरेको थियो।

यस आक्रमणको क्रममा हमासले २५० जना सर्वसाधारणलाई अपहरण गरेको थियो, जसमध्ये करिब १०० जना अझै पनि बन्दी अवस्थामा छन्।यसैबीच हमासले बन्धक बनाइएकी १९ वर्षकी इजरायली सैनिकको भिडिओ सार्वजनिक गरेको छ।

जसलाई हमासले एक वर्षभन्दा बढी समयदेखि आफ्नो कब्जामा राखिरहेको छ। उनी इजरायल डिफेन्स फोर्स (आईडीएफ) की निगरानी सैनिक लिरी अल्बाग हुन्। उनलाई हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेका बेला नियन्त्रणमा लिएको थियो।

द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार हमासले अक्टोबर ७ मा गरेको आक्रमणका क्रममा लिरी अल्बागसहित ६ सैनिकलाई बन्धक बनाएको थियो। त्यतिबेला १५ इजरायली सैनिक भने मारिएका थिए। सार्वजनिक भिडिओ साढे तीन मिनेटको छ।

जसमा १९ वर्षीया लिरी अल्बागले आफूलाई हमासले ४५० दिनभन्दा बढी समयदेखि बन्दी बनाएको बताउँदै इजरायली सरकारले आफू र अन्य बन्धकलाई बिर्सेको गुनासो गरेकी छन्। अल्बागले भनेकी छन्, ‘म भर्खर १९ वर्षकी भएँ। मेरो सिंगै जीवन बाँकी छ, तर अब मेरो जिन्दगी बन्धकमा छ।’

हमासद्वारा कब्जा गरिएका ६ इजरायली सैनिकमध्ये एकलाई आईडीएफले उद्धार गरेको थियो भने एकको हत्या भएको थियो। अलबागसहित अन्य चार बन्धक अझै हमासको कब्जामा छन्। लिरी अलबागको परिवारले हमासले जारी गरेको भिडिओ क्लिपले हृदय छियाछिया पारेको बताएको छ।

भिडिओमा हेर्दा लिरीलाई चरम मानसिक र शारीरिक यातना दिइएको प्रस्ट देखिने परिवारको भनाइ छ। पीडित परिवारले आफ्नी छोरी अलबागको सकुशल उद्धार गरिदिन इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग अनुरोध गरेको छ।

गाजापट्टीको यो दर्दनाक अवस्थाका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले जाँदाजाँदै इजरायललाई ८ बिलियन डलरको हतियार बेच्ने योजना बनाएका छन् । अमेरिकी विदेश विभागले इजरायललाई ८ अर्ब डलर अर्थात् ६.४ अर्ब पाउण्ड बराबरका हतियार बेच्ने योजनाबारे कंग्रेस समेतलाई सूचना दिइसकेको बीबीसीले उल्लेख गरेको छ ।

हतियारहरुको खेप पठाउनका लागि सदन अर्थात् सिनेटबाट अनुमोदन गरिनुपर्ने व्यवस्था छ । त्यसरी इजरायललाई बेच्न लागेका हतियारमा नयाँ प्रविधिको शिपमेन्टमा हवाई हमला गर्ने क्षेप्यास्त्र, हेलफायर क्षेप्यास्त्र र तोपखानाका गोला तथा अन्य युद्ध सामग्रीहरु छन् ।

गाजामा युद्धका दौरान मारिएका नागरिकहरुका कारण वाशिंटनले इजरायलका लागि सैन्य समर्थन निलम्बित गर्ने माग समेतलाई खारेज गरिदिएको छ । गएको अगस्तमा मात्रै अमेरिकाले इजरायललाई २० अर्ब डलरको लडाकू विमान र अन्य सैन्य उपकरण बेच्ने अनुमति दिएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले आफुहरु इजरायलको रक्षाका लागि आवश्यक सहयोग जारी राख्ने बताएका छन् । अमेरिका नै हालसम्म इजरायलका लागि सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्यूट (एसआईपीआरआई)का अनुसार २०१९ र २०२३ का बिच इजरायलको प्रमुख पारम्परिक हतियारको आयातमा अमेरिकाको हिस्सा ६९ प्रतिशत थियो ।

अक्टोबर २०२३ देखि गाजापट्टीमा हमास र इजरायलबीच भीषण लडाइँ जारी छ । यसमा प्यालेस्टिनी समूह हमासले विगतमा धेरै पीडा भोगेको छ। हालका महिनाहरूमा यसका अधिकांश शीर्ष नेताहरू र कमान्डरहरू मारिसकेका छन् ।

हमासविरुद्धको इजरेली आक्रमणमा ठूलो संख्यामा आम सर्वसाधारण मारिएका छन् । जसको विश्वभरबाट विरोध हुँदै आएको छ । यस्तो अवस्थामा केही विज्ञहरूले हालैका दिनमा हमासको अन्त्य भएको दाबी गर्न थालेका थिए, तर हमास समूहले फेरि एकपटक बलियो पुनरागमन गरेको छ ।

इजरायली वेबसाइट जेरुसेलम पोस्ट र च्यानल १२ ले हमास नयाँ लडाकुहरू भर्ती गरेर गाजा पट्टीमा इजरायली सेना (आईडीएफ) विरुद्ध उभिएको दाबी गरेका छन । सार्वजनिक रिपोर्टले हमाससँग अझै पनि २० हजार देखि २३ हजार लडाकुहरू रहेको दाबी गरेको छ ।

आईडीएफले युद्धको क्रममा अहिलेसम्म १७ हजार देखि २० हजार हमास र इस्लामिक जिहाद लडाकुहरूको हत्या गरेको दाबी गरेको छ। आईडीएफले युद्धको समयमा ६ हजार भन्दा बढी मानिसहरूलाई हिरासतमा लिएको छ ।

जसमध्ये कम्तिमा ४ हजार ३ सय अझै हिरासतमा छन्। युद्धको सुरुमा,आइडिएफले अनुमान गरेको थियो कि हमाससँग २५ हजार लडाकुहरू थिए । तर २३ हजार लडाकुहरू अझै पनि हमासमा रहेको विश्वास गरिन्छ।

आइडिएफले पनि युद्धमा २० हजार लडाकु मारिएको दाबी गरिरहेको छ। यस्तो अवस्थामा, भर्ती ठूलो मात्रामा गरिएको पुष्टि गर्न सकिन्छ । हमासले नयाँ लडाकुहरूलाई हतियार हस्तान्तरण गरिरहेको दाबी गरिएको छ ।

एक वर्षभन्दा बढी समयदेखि गाजापट्टीमा हमासविरुद्ध इजरायलले जारी राखेको सैन्य कारबाहीले यो क्षेत्रमा ठूलो मानवीय संकट ल्याएको छ। निरन्तरको हिंसाले हजारौंको ज्यान लिएको छ, लाखौं विस्थापित भएका छन् ।

अब अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनले युद्ध समाप्त हुने झिनो संभावना ल्याएको छ । उनले हमासविरुद्ध इजरायलको कारबाहीलाई समर्थन जनाउँदै आएका छन्। उनको प्रशासनले इजरायलसँगको सम्बन्धलाई सुदृढ पार्दै सुरक्षा सहयोगलाई प्राथमिकता दिनेछ ।

यद्यपि, ट्रम्पले गाजामा जारी द्वन्द्वलाई अन्त्य गर्न मध्यस्थकर्ताको भूमिका खेल्ने इच्छा पनि व्यक्त गरेका छन्। उनले इजरायल र हमासबीचको युद्धविरामका लागि पहल गर्ने संकेत दिएका छन्। ट्रम्पको प्रशासनले इजरायललाई सैन्य सहयोग जारी राख्ने सम्भावना छ, तर गाजामा शान्ति स्थापनाका लागि कूटनीतिक प्रयासहरूलाई पनि जोड दिने अपेक्षा गरिएको छ

यसले इजरायलको सुरक्षा सुनिश्चित गर्दै क्षेत्रीय स्थायित्व कायम राख्न मद्दत पु¥याउनेछ। तर ट्रम्पले हमासलाई बन्धक रिहा गर्न कडा चेतावनी दिएका छन्, जसले इजरायलको सुरक्षामा अमेरिकी समर्थनलाई पुनः पुष्टि गर्दछ।

Advertisement

समग्रमा, ट्रम्पको प्रशासनले इजरायलसँगको बलियो सम्बन्धलाई कायम राख्दै गाजामा शान्ति स्थापनाका लागि कूटनीतिक पहलहरूलाई अघि बढाउने अनुमान गरिएको छ । यसमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top