NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

रविका प्रभु बैंक ग्यारेन्टी बस्दा किन उब्जियो शंका ?महेशले खाए गाली

बुधबार माघ १६ , २०८१
Reading Time: 1 min read
A A
पोखरामा रविको कुरा काट्ने माननीयहरु को–को हुन् ?सीसीटिभीमा हेरिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ माघ , काठमाण्डौ ।

सरकारले युवाहरूको स्वरोजगारका लागि ९ वटा प्राथमिक क्षेत्रहरूमा शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर १५ लाखदेखि २ करोडसम्म लोन दिने योजना ल्याएको छ । तर, अझै पनि यो योजना लिन युवाहरुले चप्पल खियाउँदै वाणिज्य बैंकहरूको चक्कर लगाउनु पर्ने अवस्था छ।

गरिब तथा मध्यम वर्गले बैंकहरुबाट सहजै ऋण समेत पाउने नसकिरहेको अवस्थामा बैंकहरुले दलका नेताहरु, व्यापारी, ठूलाठाला, नाम कहलिएकाहरुलाई भने अदालतमा मुद्यामामिला चलिरहेका बेलामा समेत मोटो रकमका लागि त्यो पनि रातारात ग्यारेन्टर बस्दै आएका छन् ।

Advertisement

अहिले प्रभु बैंक सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अभियोगमा तीनवटा जिल्ला अदालतमा मुद्या खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई अदालतमा धरौटी बुझाउनका लागि पटक पटक गरी रातारात २ करोड २५ लाख रुपैयाँका लागि ग्यारेन्टी बसेको छ ।

प्रभु बैंकले कास्की अदालतमा ६५ लाख, काठमाडौं अदालतमा ६० लाख र रुपन्देही अदालतमा १ करोडको ग्यारेन्टी बसिदिदा पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले कुनै पनि अदालतमा नगद बुझाउनु परेन ।

प्रभु बैंकले जारी गरेको ‘म तिरिदिन्छु’ भन्ने आशयको पत्र बुझेपछि तीन वटै अदालतले रविलाई छाडिदियो । बैंकको गैरकोषमा आधारित बैंकिङ कारोबारको यस्तो सुविधाले रविलाई अदालतमा कसरी पैसा बुझाउने र जुटाउने भन्ने झमेला लिनु परेन ।

यसअघि निक्कै कम सुनिएपनि बैंक ग्यारेन्टी एउटा कानूनी व्यवस्था हो । तर रविका लागि प्रभु बैंक नै ग्यारेन्टी बसेपछि भने सो बैंक, गोर्खा मिडिया र रवि लामिछानेबीचको कनेक्सनको धेरै चर्चा हुन थालेको छ ।

गोर्खा मिडिया,जसले ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्छ, जहाँ विभिन्न सहकारीहरूबाट संकलित रकममा अनियमितता गरेको आरोप छ । यद्यपि यो विषय अदालतमा विचाराधीन छ । तरपनि प्रभु बैंकले यसलाई किन संरक्षण गरिरहेको छ भन्ने प्रश्न उठेको छ ।

रविमाथि प्रतिशोध साधिएको आरोप खेपिरहेको सरकार संचालन गर्ने प्रमुख सत्तारुढ दल नेकपा एमालेका नेताहरुले नै यो प्रश्न उठाइरहेका छन् । यही शंकाकै दृष्टिमा पूर्वमन्त्री समेत रहेका एमाले नेता महेश बस्नेत लेख्छन्, गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने !

सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखि २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ? प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो ?

विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक ? केही न केही गलत र अपराधिक कर्ममा उनीहरूको साठगाठ हुनुपर्छ ! सरकार संचालन गरिरहेको दलकै नेताले अन्त्यमा लेखेका छन्, यसको बारेमा सही छानबिन गरी करबाही गर्न आवश्यक छ।

तर बस्नेतको यो स्टाटसमा अधिकांशले बस्नेतमाथि नै नकारात्मक प्रतिक्रिया दिएका छन् । धेरैले उनीमाथि ब्यक्तिगत आरोपहरु लगाएका छन् भने केहीले सबै नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् ।

यस्तै केहीले रविलाई प्रभु बैंकले गरेको विश्वास भएको र उनका लागि २ करोड मात्र नभई करौडौ रुपैयाँ उठाउन आफूहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । खासगरी व्यवसायीहरुमाझ बैंक ग्यारेन्टी निकै नै उपयोगी कानूनी औजार हो ।

बैंक ग्यारेन्टी भनेको हिताधिकारीलाई भुक्तानीको सुनिश्चितता गराउनको लागि बैंक, ग्यारेन्टीको लिखत जारी गराई माग्ने पक्ष (ग्राहक) र हिताधिकारीबीच गरिएको त्रिपक्षीय करार हो । रविको विषयमा हिताधिकारी सम्बन्धित जिल्ला अदालत हुन् भने ग्यारेन्टी माग्ने पक्ष रवि हुन् ।

बैंकले यी जिल्ला अदालतलाई धरौटीको रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ । सो वापत बैंकले रविबाट निश्चित कमिसन लिएको हुन्छ । यस्तो कमिसन निकै नै कम हुन्छ । अर्थात् हरेक त्रैमासको १ प्रतिशतभन्दा पनि कम ।

जस्तै रुपन्देही जिल्ला अदालतले आइतबार रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश जारी ग¥यो । आदेशसँगै रविका लागि प्रभु बैंक ग्यारेन्टी बस्यो र उनी छुटे । अब उनले बैंकलाई त्रैमासिक(तीन महिना) मा १ लाख रुपैयाँ भन्दा कम कमिसन शुल्क तिरे पुग्छ ।

बैंकमा प्रचलित दर कूल बैंक ग्यारेन्टीको त्रैमासिक कमिसन ०.१५% देखि ०.५०% सम्म छ । बैंक ग्यारेन्टी नगद मार्जिनमा वा धितो राखेर जारी गरिन्छ । नगद मार्जिन भन्नाले जति रकमको ग्यारेन्टी जारी गर्नु पर्ने हो, त्यसमध्ये बैंकले तोकेको अंश बैंकमा जम्मा गर्नुपर्ने रकम भन्ने बुझिन्छ ।

धितो राखेर जारी हुने ग्यारेन्टीमा ग्राहकको कुनै सम्पत्ति धितोबन्धक हुन्छ । यसको अर्थ रवि लामिछानेले अदालतले माग गरेको १ करोड बराबरको बैंक ग्यारेन्टीका लागि त्यस बराबर वा बैंकले तोकेको रकम नगद वा धितो राख्नु पर्छ ।

तर, यो बैंक र ग्राहकबीचको आपसी समझदारीमा तय हुन्छ । बैंक ग्यारेन्टी सीमित अवधिका लागि मात्र गरिन्छ । अवधि सकिएपछि पुनः ग्यारेन्टी जारी गर्नुपर्ने हुन्छ । बैंक ग्यारेन्टी जारी गरेपछि अदालतलाई रकम बुझाउनु भने पर्दैन ।

यद्यपि बैंक अन्तिम लाभग्राही हुने भएकाले अदालतले मागेको बेला बैंकले रकम ट्रान्स्फर गरिदिनुपर्छ । यसर्थमा अदालतले मागेको बेला पैसा दिन्छु भनेर बैंकले गरेको कबोल नै बैंक ग्यारेन्टी हो । अदालतले मागेको धरौटी एक प्रकारको प्रमाण हो ।

अदालतले भनेको समयमा प्रतिवादी उपस्थित नभएको खण्डमा अदालतले धरौटी रकम लिन्छ । त्योबेला मात्र अदालतले बैंकबाट पैसा माग्छ । बैंकले कबुल गरिसकेका कारण भने बमोजिम भुक्तानी गरिदिन्छ । कानुनी व्यवस्थाअनुसार अदालतले मागेको ७ दिनभित्र बैंकले अदालतको खातामा पैसा हालिदिनुपर्छ ।

यदि नगद मार्जिनमा बैंक ग्यारेन्टी जारी गरेको छ भने बैंकले ग्राहकको खाताबाट पैसा काट्छ । यदि धितोमा जारी गरिएको हो भने ग्राहकको नाममा फोर्स लोन बुक हुन्छ । र, बैंकले ग्राहकबाट ब्याजसहित कर्जा असुल गर्छ ।

यस्तो फोर्स लोनको ब्याजदर निकै महँगो हुन्छ । फोर्स लोन ९० दिनभित्र असुल गरिसक्नुपर्छ । असुल हुन नसकेको अवस्थामा यस्तो कर्जा बैंकको निष्क्रिय कर्जामा गणना हुन्छ ।

Tags: #प्रभु बैंक#सहकारी ठगी

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV
अन्तर्राष्ट्रिय

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी
अन्तर्राष्ट्रिय

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.