राउण्ड टेबलले विद्यार्थीहरुलाई औद्योगिक भ्रमण गरायो

राउण्ड टेबलले विद्यार्थीहरुलाई औद्योगिक भ्रमण गरायो

विराटनगर ,असोज १३
विराटनगर राउण्ड टेबल नम्बर पाँचले विराटनगर हाटखोलास्थित सुशिक्षा निकुञ्ज आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई औद्योगिक भ्रमण गराएको छ ।

पढाईका अलावा विद्यार्थीहरुमा उद्योग र उत्पादन सम्बन्धि ज्ञान दिने उद्देश्यले क्लवले करिव ५२ जना बालबालिकाहरुलाई मोरङ सुनसरी औद्योगिक करिडोरस्थित गुडलाइफ बेभरेजको भ्रमण गराएको हो ।

भ्रमणका क्रममा बालबालिकाहरुले उद्योगबाट उत्पादित विभिन्न सामानका विषयमा जानकारी लिएको क्लवका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले बताए ।

सुशिक्षा आधारभूत विद्यालय राउण्ड टेबल नम्बर पाँचले एडप्ट गरेको विद्यालय हो । राउण्ड टेबलले यसअघि पनि बालबालिकाहरुको व्यक्तित्व विकासकालागि विभिन्न क्रियाकलापहरु गराउँदै आएको छ ।

क्लवले केहीदिन अघि पनि बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई गुड टच, ब्याड टचका विषयमा जानकारी गराएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.