NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै सोमवार अशोज २७ , २०८२
ओली राजीनामा दिँदै नदिने, सडक तताउने सोमवार अशोज २७ , २०८२
सुरु भयो चिसो र हुस्सु सोमवार अशोज २७ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

हमासले शनिबार बन्धक नछाडे आक्रमण सुरु , रुससँग जमिन साटफेर गर्न जेलेन्स्की तयार

बुधबार माघ ३० , २०८१
Reading Time: 1 min read
A A
युक्रेनले रुसबाट फिर्ता लियो आफ्नो गाउँ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० माघ , एजेन्सी ।

विश्वमा जारी विध्वंशात्मक युद्धहरु कहिले अन्त्य हुन्छ भन्नेमा सिंगो विश्वको चिन्ता छ । विशेष गरी रुस–युक्रेन युद्ध र मध्यपूर्वको युद्धले विश्वलाई नै असर गरिरहँदा यो जतिसक्दो चाडो अन्त्य होस् भन्ने धेरैको कामना छ । यी दुवै युद्धमा अमेरिका विशेष फ्याक्टर रहेको छ, युद्ध जारी राख्न वा अन्त्य गराउँनमा ।

यसबीच अमेरिकाले एकातिर रुस–युक्रेन युद्ध रोक्नका लागि आफ्नो रणनीतिलाई कार्यान्वयनमा ल्याउन थालेको छ भने अर्कातिर मध्यपूर्वमा युद्ध थप भड्काउने संकेत गरेको छ । हमासविरुद्ध अमेरिका र इजरायल दुवैले चेतावनी दिदै युद्ध पुनः सुरु गर्ने संकेत गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै बन्धक मुक्त नगरे हमासले विनाशको सामना गर्दै नर्कको यात्रा तय गर्नुपर्ने चेतावनी दिएका छन् । यसको लगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् ।

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए ।

ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्ध अन्त्यको चेतावनी दिएका हुन् । सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो ।

यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो । यो सम्झौतासँगै एकअर्काले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने क्रम चलिरहेको थियो ।

सोही अन्तर्गत शनिबार हमासले तीन इजरायली बन्दी रिहा गर्ने तयारी थियो । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या खडा भएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले आफूहरुबाट युद्धविराम उल्लंघन नभएको जिकिर गरेका छन् । उनले हमासले शनिबार बन्धकहरुलाई मुक्त नगरे पुनः आक्रमण सुरु गर्ने र हमासले पूर्णरुपमा हार स्वीकार नगरेसम्म आक्रमण जारी राख्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार हमासको नियन्त्रणमा अझै ७६ जना इजरेली बन्धकहरु रहेको अनुमान छ । २०२३ को अक्टुबर ७ मा नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगेको थियो ।

उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । उनलाई मुक्त गराउन नेपाल सरकारबाट कूटनीतिक प्रयास भए पनि सफल हुन सकेको छैन । इजरायल र हमासबीच पुनः युद्ध सुरु हुने सम्भावनाले फेरि आतंक र भय पैदा भएको छ ।

नेतन्याहूको इजरायली सेना हमास पराजित नहुँदासम्म भीषण लडाईका लागि तयार रहेको अभिव्यक्ति र ट्रम्पको हमास बाँकी सबै बन्धक रिहा गर्न अटेर गर्न थाले इजरायल जतिबेला पनि नरक देखाउनका लागि आतुर रहेको भन्दै उत्तेजनात्मक अभिव्यक्तिले वास्तवमै आगामी दिनहरु थप भयंकर हुने देखिएको छ ।

तर यसबीच हमासले स्थितिमा सुधार भए आगामी शनिबार बन्धक रिहा गर्न आफू तयार रहेको बताएको छ । यसअघि उसले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै अब बन्धक रिहा रोक्ने चेतावनी दिएको थियो ।

हमासका वरिष्ठ नेता डा. बसिम नइमले बीबीसीलाई बताएअनुसार हमास सम्झौताप्रति प्रतिबद्ध छ र स्थितिमा सुधार आयो भने अर्को शनिबार बन्धकहरू हस्तान्तरण गर्न तयार छ । योसँगै नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा पलाएको छ ।

तर सम्झौताको निरन्तर उल्लंघनले बन्धक रिहा गर्नु कुरालाई कमजोर बनाउने हमासका वरिष्ठ नेता डा. बसिम नइमले बताएका छन् । हमासले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरिरहेका कारण अबदेखि बन्धक नछाडिने बताएको थियो ।

उता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् । मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन सफल भए यस्तो सम्भव रहेको बताएका हुन् ।

युक्रेनले अगस्ट २०२४ मा रूसको कुस्र्क क्षेत्रमा हमला गरेर करिब १३०० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो । पछि रूसले प्रतिकार गर्दै आफ्नो आधाभन्दा बढी फिर्ता लिएको छ । जेलेन्स्कीका अनुसार युक्रेनले अझै ठूलो रूसी भूभाग नियन्त्रणमा राखेको छ जसलाई उनी रूससँग सम्झौताका लागि प्रयोग गर्नेछन् ।

‘हामी उनीहरूको भूमि साटेर हाम्रो भूमि फिर्ता ल्याउनेछौं,’ उनले भने । तर, उनले युक्रेनले बदलामा कुन भूभाग माग्नेछ भन्ने बारे केही खुलाएनन् । ‘मेरो लागि युक्रेनको हरेक इन्च भूमि महत्वपूर्ण छ । अहिले कुनै निश्चित स्थानबारे सोचिएको छैन,’ उनले भने ।

रूसले सन् २०१४ मा क्रिमिया र सन् २०२२ मा डोनेट्स्क, खेरसोन, लुगान्स्क र जापोरीज्जिया युक्रेनका पाँच क्षेत्रहरू कब्जा गरिसकेको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणपछि रूस–युक्रेन युद्ध अन्त्य हुने सम्भावना बारे बहस तीव्र भएको छ ।

चुनावी अभियानमा ट्रम्पले ‘शपथ लिएपछि २४ घण्टाभित्र युद्ध रोक्ने’ दाबी गरेका थिए । गएको महिनामा ट्रम्पका विशेष शान्ति दूत कीथ केलोगले ट्रम्प प्रशासनको पहिलो १०० दिनभित्र युद्ध अन्त्य गर्ने लक्ष्य लिएको बताएका थिए ।

जेलेन्स्कीले फेब्रुअरी १४ मा म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग भेट्ने योजना रहेको बताए । भेन्स युक्रेनलाई अमेरिकी सैन्य सहायता दिने नीतिको आलोचना हुन् । सत्ता सम्हालेपछि उनी युक्रेनमाथि युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन् ।

जेलेन्स्कीले अमेरिकी सहयोगबिना उनीहरू युद्ध लड्न नसक्ने स्वीकारे । ‘कतिपय भन्छन् कि अमेरिका नभए पनि युरोपले युक्रेनलाई सुरक्षा दिन सक्छ, तर यो सत्य होइन। अमेरिकाबिना युक्रेनको सुरक्षा असम्भव छ,’ उनले भने ।

ट्रम्पले सोमबार भने कि उनले चाँडै नै विशेष दूत कीथ केलोगलाई युक्रेन पठाउनेछन् । केलोगलाई युद्ध रोक्नको लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ । तर, जेलेंस्की कुनै सम्झौतामा पुग्नुअघि अमेरिकाबाट कडा सुरक्षा ग्यारेन्टी चाहन्छन् ।

जेलेन्स्कीले अमेरिका सुरक्षा दिन तयार नभए रूस पुन शक्तिशाली भएर नयाँ आक्रमणको तयारीमा लाग्ने भय प्रकट गरे । त्यसैले उनी युक्रेन–रूस सीमामा शान्ति सेना चाहन्छन्, अन्यथा युक्रेनको नेटो सदस्य । जेलेन्स्कीले अमेरिकालाई युक्रेनको पुनर्निर्माणमा संलग्न गराउन अमेरिकी कम्पनीहरूलाई आकर्षक अफर दिने प्रस्ताव गरेका छन् ।

उनले भने, ‘जो कोही युक्रेनलाई बचाउन चाहन्छ, म तिनीहरूसँग विस्तृत छलफल गर्न तयार छु।’ ट्रम्पले सोमबार पुनः युक्रेनका खनिज स्रोतहरू लिन चाहेको संकेत गरे । उनले भने, ‘यदि युक्रेनले अमेरिकी सहायता चाहन्छ भने उसले ५०० अर्ब डलर बराबरको दुर्लभ खनिज अमेरिकालाई दिनुपर्छ।’

उनले जेलेन्स्कीलाई चेतावनीको भाषा प्रयोग गर्दै भने, ‘यदि उनले मेरो प्रस्ताव स्वीकार गरेनन् भने अमेरिका युक्रेनलाई सहायता दिन बन्द गर्नेछ।’ ट्रम्पले भने, ‘अमेरिकी सहायता बिना युक्रेन कमजोर हुनेछ। त्यसपछि कुनै पनि दिन रूसले उसलाई आफ्नो अधिनमा लिन सक्छ।’

उनले यसअघि पनि अमेरिकाले तीन वर्षदेखि युक्रेनलाई आर्थिक सहायता दिइरहेको भन्दै अब युक्रेनले दुर्लभ खनिज दिएर ऋण तिर्नुपर्ने बताइसकेका छन् ।

Tags: #जेलेन्स्की#रुससँग जमिन साटफेर गर्न जेलेन्स्की तयार#हमासले शनिबार बन्धक नछाडे आक्रमण सुरु

लोकप्रीय

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

विचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

थप समाचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै
खेलकुद

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै
ताजा समाचार

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

सुरु भयो चिसो र हुस्सु

सोमवार अशोज २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.