×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

हमासले शनिबार बन्धक नछाडे आक्रमण सुरु , रुससँग जमिन साटफेर गर्न जेलेन्स्की तयार

३० माघ २०८१

३० माघ , एजेन्सी ।

विश्वमा जारी विध्वंशात्मक युद्धहरु कहिले अन्त्य हुन्छ भन्नेमा सिंगो विश्वको चिन्ता छ । विशेष गरी रुस–युक्रेन युद्ध र मध्यपूर्वको युद्धले विश्वलाई नै असर गरिरहँदा यो जतिसक्दो चाडो अन्त्य होस् भन्ने धेरैको कामना छ । यी दुवै युद्धमा अमेरिका विशेष फ्याक्टर रहेको छ, युद्ध जारी राख्न वा अन्त्य गराउँनमा ।

यसबीच अमेरिकाले एकातिर रुस–युक्रेन युद्ध रोक्नका लागि आफ्नो रणनीतिलाई कार्यान्वयनमा ल्याउन थालेको छ भने अर्कातिर मध्यपूर्वमा युद्ध थप भड्काउने संकेत गरेको छ । हमासविरुद्ध अमेरिका र इजरायल दुवैले चेतावनी दिदै युद्ध पुनः सुरु गर्ने संकेत गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै बन्धक मुक्त नगरे हमासले विनाशको सामना गर्दै नर्कको यात्रा तय गर्नुपर्ने चेतावनी दिएका छन् । यसको लगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् ।

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए ।

ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्ध अन्त्यको चेतावनी दिएका हुन् । सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो ।

यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो । यो सम्झौतासँगै एकअर्काले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने क्रम चलिरहेको थियो ।

सोही अन्तर्गत शनिबार हमासले तीन इजरायली बन्दी रिहा गर्ने तयारी थियो । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या खडा भएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले आफूहरुबाट युद्धविराम उल्लंघन नभएको जिकिर गरेका छन् । उनले हमासले शनिबार बन्धकहरुलाई मुक्त नगरे पुनः आक्रमण सुरु गर्ने र हमासले पूर्णरुपमा हार स्वीकार नगरेसम्म आक्रमण जारी राख्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार हमासको नियन्त्रणमा अझै ७६ जना इजरेली बन्धकहरु रहेको अनुमान छ । २०२३ को अक्टुबर ७ मा नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगेको थियो ।

उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । उनलाई मुक्त गराउन नेपाल सरकारबाट कूटनीतिक प्रयास भए पनि सफल हुन सकेको छैन । इजरायल र हमासबीच पुनः युद्ध सुरु हुने सम्भावनाले फेरि आतंक र भय पैदा भएको छ ।

नेतन्याहूको इजरायली सेना हमास पराजित नहुँदासम्म भीषण लडाईका लागि तयार रहेको अभिव्यक्ति र ट्रम्पको हमास बाँकी सबै बन्धक रिहा गर्न अटेर गर्न थाले इजरायल जतिबेला पनि नरक देखाउनका लागि आतुर रहेको भन्दै उत्तेजनात्मक अभिव्यक्तिले वास्तवमै आगामी दिनहरु थप भयंकर हुने देखिएको छ ।

तर यसबीच हमासले स्थितिमा सुधार भए आगामी शनिबार बन्धक रिहा गर्न आफू तयार रहेको बताएको छ । यसअघि उसले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै अब बन्धक रिहा रोक्ने चेतावनी दिएको थियो ।

हमासका वरिष्ठ नेता डा. बसिम नइमले बीबीसीलाई बताएअनुसार हमास सम्झौताप्रति प्रतिबद्ध छ र स्थितिमा सुधार आयो भने अर्को शनिबार बन्धकहरू हस्तान्तरण गर्न तयार छ । योसँगै नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा पलाएको छ ।

तर सम्झौताको निरन्तर उल्लंघनले बन्धक रिहा गर्नु कुरालाई कमजोर बनाउने हमासका वरिष्ठ नेता डा. बसिम नइमले बताएका छन् । हमासले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरिरहेका कारण अबदेखि बन्धक नछाडिने बताएको थियो ।

उता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् । मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन सफल भए यस्तो सम्भव रहेको बताएका हुन् ।

युक्रेनले अगस्ट २०२४ मा रूसको कुस्र्क क्षेत्रमा हमला गरेर करिब १३०० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो । पछि रूसले प्रतिकार गर्दै आफ्नो आधाभन्दा बढी फिर्ता लिएको छ । जेलेन्स्कीका अनुसार युक्रेनले अझै ठूलो रूसी भूभाग नियन्त्रणमा राखेको छ जसलाई उनी रूससँग सम्झौताका लागि प्रयोग गर्नेछन् ।

‘हामी उनीहरूको भूमि साटेर हाम्रो भूमि फिर्ता ल्याउनेछौं,’ उनले भने । तर, उनले युक्रेनले बदलामा कुन भूभाग माग्नेछ भन्ने बारे केही खुलाएनन् । ‘मेरो लागि युक्रेनको हरेक इन्च भूमि महत्वपूर्ण छ । अहिले कुनै निश्चित स्थानबारे सोचिएको छैन,’ उनले भने ।

रूसले सन् २०१४ मा क्रिमिया र सन् २०२२ मा डोनेट्स्क, खेरसोन, लुगान्स्क र जापोरीज्जिया युक्रेनका पाँच क्षेत्रहरू कब्जा गरिसकेको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणपछि रूस–युक्रेन युद्ध अन्त्य हुने सम्भावना बारे बहस तीव्र भएको छ ।

चुनावी अभियानमा ट्रम्पले ‘शपथ लिएपछि २४ घण्टाभित्र युद्ध रोक्ने’ दाबी गरेका थिए । गएको महिनामा ट्रम्पका विशेष शान्ति दूत कीथ केलोगले ट्रम्प प्रशासनको पहिलो १०० दिनभित्र युद्ध अन्त्य गर्ने लक्ष्य लिएको बताएका थिए ।

जेलेन्स्कीले फेब्रुअरी १४ मा म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग भेट्ने योजना रहेको बताए । भेन्स युक्रेनलाई अमेरिकी सैन्य सहायता दिने नीतिको आलोचना हुन् । सत्ता सम्हालेपछि उनी युक्रेनमाथि युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन् ।

जेलेन्स्कीले अमेरिकी सहयोगबिना उनीहरू युद्ध लड्न नसक्ने स्वीकारे । ‘कतिपय भन्छन् कि अमेरिका नभए पनि युरोपले युक्रेनलाई सुरक्षा दिन सक्छ, तर यो सत्य होइन। अमेरिकाबिना युक्रेनको सुरक्षा असम्भव छ,’ उनले भने ।

ट्रम्पले सोमबार भने कि उनले चाँडै नै विशेष दूत कीथ केलोगलाई युक्रेन पठाउनेछन् । केलोगलाई युद्ध रोक्नको लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ । तर, जेलेंस्की कुनै सम्झौतामा पुग्नुअघि अमेरिकाबाट कडा सुरक्षा ग्यारेन्टी चाहन्छन् ।

जेलेन्स्कीले अमेरिका सुरक्षा दिन तयार नभए रूस पुन शक्तिशाली भएर नयाँ आक्रमणको तयारीमा लाग्ने भय प्रकट गरे । त्यसैले उनी युक्रेन–रूस सीमामा शान्ति सेना चाहन्छन्, अन्यथा युक्रेनको नेटो सदस्य । जेलेन्स्कीले अमेरिकालाई युक्रेनको पुनर्निर्माणमा संलग्न गराउन अमेरिकी कम्पनीहरूलाई आकर्षक अफर दिने प्रस्ताव गरेका छन् ।

उनले भने, ‘जो कोही युक्रेनलाई बचाउन चाहन्छ, म तिनीहरूसँग विस्तृत छलफल गर्न तयार छु।’ ट्रम्पले सोमबार पुनः युक्रेनका खनिज स्रोतहरू लिन चाहेको संकेत गरे । उनले भने, ‘यदि युक्रेनले अमेरिकी सहायता चाहन्छ भने उसले ५०० अर्ब डलर बराबरको दुर्लभ खनिज अमेरिकालाई दिनुपर्छ।’

उनले जेलेन्स्कीलाई चेतावनीको भाषा प्रयोग गर्दै भने, ‘यदि उनले मेरो प्रस्ताव स्वीकार गरेनन् भने अमेरिका युक्रेनलाई सहायता दिन बन्द गर्नेछ।’ ट्रम्पले भने, ‘अमेरिकी सहायता बिना युक्रेन कमजोर हुनेछ। त्यसपछि कुनै पनि दिन रूसले उसलाई आफ्नो अधिनमा लिन सक्छ।’

उनले यसअघि पनि अमेरिकाले तीन वर्षदेखि युक्रेनलाई आर्थिक सहायता दिइरहेको भन्दै अब युक्रेनले दुर्लभ खनिज दिएर ऋण तिर्नुपर्ने बताइसकेका छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top