×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

भारतमै खस्न सक्छ क्षुद्रग्रह, अन्य कहाँ छ खतरा ?

७ फाल्गुन २०८१

७ फागुन , विराटनगर।

एक क्षुद्रग्रह जसको नाम एस्टेरोइड २०२४ वाईआर ४ राखिएको छ, यसमा अहिले विश्वभरका वैज्ञानिकहरुले ध्यान केन्द्रित गरेका छन् । यो क्षुद्रग्रह पृथ्वीसंग ठोक्किने संभावना बढ्दै गएकाले यसमा विशेष चिन्तासमेत व्यक्त गरिएको छ ।

Advertisement

वैज्ञानिकहरुले पहिला यसको पृथ्वीसंग ठोक्किने एक प्रतिशत संभावना रहेको बताएका थिए । तर अब यो सम्भावना बढेर २.३ प्रतिशत भएको छ । वैज्ञानिकहरु लगातार खतराको आशंका बढीरहँदा तनावमा छन् ।

सबैभन्दा धेरै चिन्ता बढाएको चाँही यसको गति र आकारले हो । वैज्ञानिकहरुको अनुमान गरेका छन् कि यसको आकार २०० मीटर सम्म हुनसक्छ । अमेरिकी अंतरिक्ष एजेंसी नासाका वैज्ञानिकहरुले एस्टेरोयड २०२४ वाईआर ४ बाट कुन क्षेत्रमा खतरा हुनसक्छ भन्नेमा यसको पहिचान गर्न शुरू गरेका छन् ।

ताकी त्यस्ता क्षेत्रहरुको पहिचान गरेर त्यहाँबाट मानिसहरुलाई क्षुद्रग्रह आउनुअघि नै बचाउन सकियोस् । नासाका वैज्ञानिकहरुको अनुमान छ कि यदि पृथ्वीसंग एस्टेरोयड २०२४ वाईआर ४ ठोक्कियो भने यसले पूरा शहर नै नष्ट हुनसक्छ ।

त्यसैले नासाले ती संभावित बाटाहरु तयार गरिरहेको छ, जहाँ यो खतरनाक एस्टेरोयड झर्न सकोस् । यसमा छिमेकी भारतसहित कयौं घना जनसंख्या भएका देशहरु पनि रहेका छन् । वैज्ञानिकहरुले अनुमान लगाएका छन् कि यदि पृथ्वीमा एस्टेरोयड झर्यो भने ५०० परमाणु बमहरु भन्दा धेरै शक्तिशाली ऊर्जा उत्पन्न हुनसक्छ ।

यसले कति ठूलो स्तरमा विनाश हुन्छ त्यसको अनुमान गर्न पनि अहिले सकिदैन । नासाका क्याटालिना स्काई सर्भे प्रोजेक्टका इंजीनियर डेभिड र्यांकिनले एस्टेरोयड झर्न सक्ने केही क्षेत्रहरुको पहिचान गरेका छन् ।

यसमा उत्तरी दक्षिण अमेरिकादेखि प्रशांत महासागर, दक्षिणी एशिया, अरब सागर र उप–सहारा अफ्रिकाका केही क्षेत्रहरु रहेका छन् । भारत, बंगलादेश, पाकिस्तान, इथियोपिया, सुडान, नाइजेरिया, भेनेजुएला, कोलम्बिया र इक्वेडर जस्ता देशहरुमा एस्टेरोयड खस्ने सबैभन्दा धेरै संभावना रहेको जनाइएको छ ।

वैज्ञानिक र्यांकिनले भनेका छन् कि यसको प्रभाव पर्ने संभावना कम नै छ तर २०२४ वाईआर ४ पृथ्वीसंग ठोक्कियो भने त संभावित परिणामहरुलाई नजरअंदाज गर्न सकिदैन । गत वर्ष डिसेम्बरमा एस्टेरोयड २०२४ वाईआर ४ पत्ता लागेको थियो ।

त्यसपछि नासा र यूरोपीय अंतरिक्ष एजेंसीले यसलाई मुख्य मुद्दा बनाएका छन् । वैज्ञानिकहरुले यसलाई निकै खतरनाक क्याटोगिरीमा राखेका छन् । यसको आकार र रफ्तारका बारेमा धेरै जानकारी नहुँदा उनीहरु चिन्तित छन् ।

अहिलेसम्म प्राप्त आँकडाका अनुसार यो एस्टेरोयड २२ डिसेम्बर २०३२ मा पृथ्वीको नजिकै भएर एक लाख ६ हजार किलोमिटरको दूरीमा हिड्ने छ । यसमा मार्जिन अफ एरर १.६ मिलियन किलोमिटर हुनसक्छ ।

रिपोर्टमा भनिएको छ कि यो दूरीमा यो एस्टेरोयड पश्चिमी मध्य अमेरिकादेखि लिएर उत्तरी दक्षिण अमेरिका, मध्य अटलांटिक महासागर, अफ्रिकाका केही क्षेत्रहरु हुँदै भारतसम्म पुग्ने खालको एक संकीर्णपट्टीमा पृथ्वीसंग ठोक्किन सक्छ ।

अंतरिक्षबाट पृथ्वीतर्फ आइरहेको यो खतरनाक क्षुद्रग्रहबारे नयाँ अलर्ट जारी गर्दै नासाले यसलाई ‘सिटी किलर एस्टेरोयड’ पनि भनेको छ । दुर्लभ धातु–समृद्ध एस्टेरोयड भएका कारणले यसको निकै विशिष्ट संरचना रहेको खगोलविद्हरुले बताएका छन् ।

उनीहरुका अनुसार यदि यो एस्टेरोयड पृथ्वीका वायुमंडलमा प्रवेश गर्यो भने हावामा नै यसले ब्लास्ट गर्न सक्छ । यो ८ मेगाटन टीएनटीको बलका साथ विस्फोट हुनसक्छ । जुन हिरोशिमामा खसाइएको परमाणु बमभन्दा ५०० गुना धेरै शक्तिशाली हुनेछ ।

६.६ करोड वर्ष पहिला डायनासोरलाई जुन एस्टेरोयडले पृथ्वीबाट मिटाएको थियो त्यो ९.६ किमी चौडा थियो । त्यसको तुलनामा २०२४ वाईआर ४ एक सिटी किलर अर्थात एक शहरलाई ध्वस्त पार्ने खालको रहेको बताइएको छ ।

अर्थात यसले सिंगो विश्व नै ध्वस्त हुदैन । तर पनि एक ठूलो विनाश निम्त्याउन सक्छ । यूरोपेली स्पेस एजेंसी ईएसएका ग्रह रक्षा अफिसका प्रमुख रिचर्ड मोइसलले भने यसलाई एक निकै नै दुर्लभ घटना भनेका छन् ।

उनले भने, ‘यो अहिलेको समयमा धेरै ठूलो संकट भने होइन । किनभने यो डायनासोरलाई मेटाउने खालको पनि छैन र यसले कुनै ग्रहलाई नष्ट गर्ने खालको पनि छैन । यसले धेरैभन्दा धेरै एक शहरका लागि खतरनाक हुनेछ’ । २०२४ वाईआर ४ लाई पहिलो पटक २७ डिसेम्बर २०२४ मा चिलीको एल सस अब्जर्भेटरीका तर्फबाट पत्ता लगाइएको थियो ।

सो समयमा खगोलविदहरुले यसको पृथ्वीसंग ठोक्किने १.२ प्रतिशतको संभावनाको अनुमान गरेका थिए । तर अब यसलाई नासाको स्वचालित सेंट्री जोखिम सूचीमा सबैभन्दा माथि ल्याइपुर्याएको छ। गैर–नाफामुलक संगठन प्लानेटरी सोसाइटीका मुख्य वैज्ञानिक ब्रुस बेट्सले भने कि डराइहाल्नु पर्ने अवस्था होइन ।

उनले भने, ‘स्वाभाविक रूपले, जब हामी ठोक्किने संभावना बढीरहेको देख्छौं भने त्यसमा राम्रो महसूस त गर्दैनौ’ । उनले आशा पनि देखाउँदै भने कि जसै जसै खगोलविदहरुले धेरै डेटा संकलन गर्न सके भने त यसलाई हामीले शून्य सम्भावनामा पनि लैजान सक्छौं ।

यता डेली मेलको रिपोर्टका अनुसार यदि जोखिम १० प्रतिशतभन्दा धेरै भयो भने त अंतर्राष्ट्रिय एस्टेरोयड चेतावनी नेटवर्कले औपचारिक चेतावनी जारी गर्नेछ । जसले संभावित रूपले खतरा हुने ठानिएका क्षेत्रहरुमा खाली गराउने तयारी सुरु गर्नका लागि संयुक्त राष्ट्रका सबै सदस्यहरुलाई सिफारिश गरिनेछ ।

यसअघि टुंगुस्का एस्टेरोयडले १९०८ मा साइबेरियाका जंगलमा लगभग ८ करोड रुखहरु लडेका थिए । क्षुद्रग्रहहरू सौर्यमण्डलको सुरुवाती इतिहासमा बनेका बाँकी चट्टानी अवशेषहरू हुन्। जब करिब ४.६ अर्ब वर्ष अघि सौर्यमण्डल बन्यो त्यस समयमा ग्यास र धूलो एकसाथ जम्मा भएर ग्रहहरू बने।

तर केही साना टुक्राहरू, जसले कुनै ग्रह निर्माण गर्न सकेनन्, ती मुख्यतः मंगल र वृहस्पतिका बीचको “क्षुद्रग्रह घेरा“ ( मा जम्मा भए। यी चट्टानी संरचनाहरू विभिन्न खनिज, धातु, र अन्य तत्वहरूको बनेका हुन्छन्।

केही क्षुद्रग्रहहरू गुरुत्वाकर्षणको प्रभावले पृथ्वीको नजिक आइरहेका हुन्छन्, जसलाई निअर अर्थ अबजेक्टस् भनिन्छ। यस्ता क्षुद्रग्रहहरूले पृथ्वीलाई टक्कर दिएमा ठूलो क्षति हुन सक्छ। तर वैज्ञानिकहरूले यस्ता क्षुद्रग्रहलाई पृथ्वीमा ठोक्किन नदिन विभिन्न उपाय अपनाएका छन् ।

त्यसमा पृथ्वीतर्फ आउँदै गरेका खतरनाक क्षुद्रग्रहलाई कक्षाबाट मोड्न विभिन्न प्रविधिहरू प्रयोग गरिन्छ । क्षुद्रग्रहमा अन्तरिक्षयान ठोक्काएर यसको दिशा परिवर्तन गरिन्छ। नासाले डार्ट मिशनले सन् २०२२ मा यो प्रविधि सफलतापूर्वक परीक्षण गरिसकेको छ ।

ठूलो वस्तु जस्तै अन्तरिक्षयानहरु क्षुद्रग्रहको नजिक राखेर गुरुत्वीय प्रभाव प्रयोग गरेर पनि यसको दिशा परिवर्तन गरिन्छ। यस्तै क्षुद्रग्रहलाई विस्फोट गरेर पनि नष्ट गर्ने गरिन्छ । यो प्रविधि अन्तिम उपायका रूपमा राखिएको छ।

शक्तिशाली परमाणु बम विस्फोट गरेर क्षुद्रग्रहलाई साना टुक्रामा विभाजन गरिन्छ, जसले गर्दा पृथ्वीमा असर नपरोस्। क्षुद्रग्रहहरू ब्रह्माण्डका पुराना चट्टानी टुक्राहरू हुन्, जसले पृथ्वीका लागि कहिलेकाहीं खतरनाक परिस्थिति ल्याउन सक्छन्।

वैज्ञानिकहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै तिनीहरूको ट्र्याकिङ गरिरहेका छन्, साथै आवश्यक परेमा तिनीहरूको दिशा परिवर्तन गर्ने प्रविधिहरू पनि विकास गरिरहेका छन्। यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top