×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

सुरु भयो स्ववियू चुनाव, आज उम्मेदवारी पत्र दर्ता

२७ फाल्गुन २०८१

२७ फागुन , काठमाण्डौ।

कुनै समय राजनीतिक वृत्तमा निकै चर्चा र चासो हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत आज विद्यार्थीहरूले उम्मेदवारी मनोनयन पत्र दर्ता गराइ रहेका छन् । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।

Advertisement

निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गरिएको थियो भने आज मङ्गलवार फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गर्ने काम भई रहेको छ ।

त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । चैत ५ गते एकै दिन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ ।

निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ । एकातिर, विद्यार्थीले आफ्नो हकहितका लागि सक्षम नेतृत्व खोजिरहेका छन् भने अर्कातिर,स्ववियू चुनाव राजनीतिक दलहरूको शक्ति प्रदेश गर्ने स्थल बन्ने गरेको छ ।

जसका कारण स्ववियू निर्वाचन विद्यार्थी हकहितको विषयमा केन्द्रित हुनु पर्ने भए पनि अधिकांश क्याम्पसहरूमा यो दलगत स्वार्थको अखडा बन्न पुगेको छ । मुख्य राजनीतिक दलहरूले आफ्नो प्रभाव बलियो बनाउन विद्यार्थी सङ्गठनहरूलाई प्रयोग गर्ने परिपाटी पुरानै हो ।

विद्यार्थी सङ्गठनका नेताहरू राजनीतिक दलका आकाङ्क्षालाई पूरा गर्ने माध्यम मात्र बन्न पुगेका छन् । यो प्रवृत्तिले स्वतन्त्र विद्यार्थी नेतृत्वको सम्भावनालाई कमजोर बनाउँदै लगेको देखिन्छ ।स्ववियू निर्वाचनको उद्देश्य विद्यार्थीहरूको हक, अधिकार र शैक्षिक सुधारमा केन्द्रित हुनुपर्छ ।

तर, पछिल्लो समय स्ववियूका उम्मेदवारहरू शिक्षामा सुधार ल्याउने एजेन्डा भन्दा पार्टीका आदेश पालन गर्नमा व्यस्त देखिन्छन् । क्याम्पसमा पठनपाठनको गुणस्तर सुधार, शुल्क वृद्धि, छात्रवृत्ति व्यवस्थापन जस्ता मुख्य शैक्षिक मुद्दा ओझेलमा पर्दै गएका छन् ।

यसको सट्टा, विद्यार्थीहरू आआफ्ना सङ्गठनका झन्डा बोकेर आन्दोलन गर्ने र प्रतिद्वन्द्वी सङ्गठनलाई दबाउने प्रवृत्ति मौलाएको छ । यसैले त विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गनुपर्ने आवाज उठ्ने गरेको छ ।

नेपालमा स्ववियू निर्वाचनको औपचारिक सुरुवात त्रिभुवन विश्वविद्यालयमा २०२७ सालमा भएको थियो । त्यति बेला विद्यार्थी सङ्गठनहरू क्याम्पस प्रशासनसँग आफ्ना माग पूरा गराउने मूल उद्देश्यसहित गठन भएका थिए ।

तर, लोकतान्त्रिक व्यवस्थाको विकाससँगै, स्ववियू निर्वाचन क्रमशः दलगत प्रभावमा पर्ने क्रम बढ्दै गयो । प्रत्येक स्ववियू निर्वाचनपछि आशा गरिन्छ कि नयाँ नेतृत्वले विद्यार्थीको पक्षमा निर्णय लिनेछ ।

तर, धेरैजसो निर्वाचित नेतृत्वहरू क्याम्पस प्रशासनसँग मिलेर आर्थिक अनियमितता, कोटा प्रणालीको दुरुपयोग तथा विभिन्न नीतिगत अनियमिततामा संलग्न हुने गरेका घटनाहरू सार्वजनिक भइरहन्छन् ।

विद्यार्थीहरूले पाउने छात्रावासमा समेत दलगत स्वार्थ पूर्तिका लागि प्रयोग हुने गरेका छन् । कतिपय नेताहरू विद्यार्थी सङ्गठनको नेतृत्वबाट सिधै राजनीतिक दलको मूल नेतृत्वमा प्रवेश गर्ने लोभमा लाग्छन्, जसले गर्दा वास्तविक विद्यार्थी मुद्दाहरू ओझेलमा पर्छन् ।

विद्यार्थी समुदाय आफैँ सचेत भएर योग्य र स्वतन्त्र नेतृत्व चयन गर्न सक्नुपर्छ । स्ववियू निर्वाचनले दलगत राजनीति भन्दा पनि विद्यार्थीका हकहितलाई प्राथमिकता दिनुपर्ने माग बलियो बन्दै गएको छ ।

यदि विद्यार्थीहरूले शिक्षाको गुणस्तर, शुल्क, छात्रवृत्ति तथा रोजगारको सुनिश्चिततामा केन्द्रित नेतृत्व चयन गरे मात्र स्ववियू निर्वाचनको वास्तविक उद्देश्य पूरा हुन सक्छ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top