NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स सोमवार मंसिर २९ , २०८२
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

योगीको फोटोमा वाकयुद्ध ,‘लोकतन्त्र लुटतन्त्र मच्चाउने धन्दा’

मङ्लबार फाल्गुन २७ , २०८१
Reading Time: 1 min read
A A
आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएका हुन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ फागुन , काठमाण्डौ ।

ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्न आयोजित प्रर्दशनका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर देखिएपछि राप्रपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही र नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल बीच वाकयुद्ध सुरु भएको छ।

पूर्व राजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा राप्रपाका कार्यकर्ता प्रदीपविक्रम राणाले मुख्यमन्त्री आदित्यनाथको तस्बिर अंकित बोर्ड प्रदर्शन गरेका थिए। सोही तस्बिरलाई रिमालले ‘राष्ट्रवादी महोदयहरूले ¥यालीमा प्रयोग गरेका फोटाहरू’ भन्दै उक्त तस्बिर फेसबुकमा राखेका थिए ।

त्यसको जवाफमा प्रवक्ता शाहीले रिमाललाई फेसबुकमार्फत भारतका मुख्यमन्त्री आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाए ।

‘हिजो पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ’, शाहीले सोमबार लेखेका थिए, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छिः छिः! विदेशीको एजेण्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्र्स, लेलिन, माओ कुन देशका हुन् ।’

शाहीले यस्तो लेखेपछि रिमालले शाहीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत काँक्रा आफूले चोरेर खाने र बियाँ अरूको गालामा टाँस्ने प्रवृत्तिका रूपमा शाहीलाई टिप्पणी गरे। ‘काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्,’रिमालले लेखेका छन्, ‘दलालहरू पहिले दलाली गर्छन् दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् ।’

फेरि आज पुनः शाहीले रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिएका छन् । ‘आदरणीय भनौँ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ, प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुहोस्’, मंगलबार बिहान शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले लोकतन्त्रको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? भन्ने प्रश्न गरेका छन् । ‘के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो, लुटतन्त्र मच्चाउने धन्दा भयो।

यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र तपाईँ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्’, शाहीले लेखेका छन् ।

योगीको फोटोलाई लिएर प्रधानमन्त्री ओली र माओवादीले पनि टिप्पणी गरेको छ । सोमबार प्रधानमन्त्री ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको टिप्पणी गरे ।

आदित्यनाथको फोटो प्रयोग भएको प्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा नरहेको टिप्पणी गरेका हुन् । ओलीले भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्ने गरेको समेत बताए ।

उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले राखेको भन्दै कटाक्ष गरे । प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अभियानमा लागेको बताए ।

यस्तै नेकपा(माओवादी केन्द्र) ले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार योगीको तस्बिर प्रयोगलाई जोडेर भारतको भूमिका बारे आशंका गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा राजावादीको जुलुसमा योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको हो ।

महासचिव देव गुरुङले बैठकपछि पूर्वराजाको सक्रियता आफ्नै बलबुतामा नभई विदेशी शक्तिको आडमा प्रतिगामी शक्ति सलबलाएको विषयमा समीक्षा भएको बताएका छन् ।

उनले अहिले नै गणतान्त्रिक व्यवस्था धरापमा परेको निष्कर्ष ननिकालिएको भन्दै राष्ट्रियता, स्वाभिमानलाई बचाउन देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प भने नभएको बताएका छन् ।

Tags: # विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको चेतावनी#वडाध्यक्षको तयारी गर्नुस्#विष्णु रिमाल

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.