×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

अमेरिकाका लागि भारत खतरा

१२ चैत्र २०८१

१३ चैत , एजेन्सी ।

जस्तालाई तेस्तैको नीतिअनुरुप डोनाल्ड ट्रम्पले भारतमाथि ट्यारिफको भार थोपरे पनि उनले भारतको प्रशंसा भने गर्न छाडेका छैनन । मोदी र भारतमाथि प्रशंसायुक्त उनका टिप्पणीहरु अहिले पनि सामाजिक संजालहरुमा भाइरल भइरहेका छन् ।

अर्कातर्फ अमेरिकी नागरिकहरुमा भने भारतप्रति नकारात्मकता बढ्दै गएको देखिन्छ । अहिले त्यहाँ भारतको गुप्तचर संस्था रअलाई प्रतिबन्ध लगाउन माग बढेको छ । अमेरिकामा रहेका केही संस्थाहरुले भारतविरुद्ध असन्तुष्टि जनाएका छन् ।

धार्मिक स्वतन्त्रतामा काम गरिरहेको संस्था यूएस कमिशन अन इंटरनेशनल रिलीजियस फ्रीडमले मंगलवार एक नयाँ रिपोर्ट जारी गरेको छ । जसमा भारतमाथि आरोपहरु लगाइएको छ ।
त्यसमा भनिएको छ भारतमा अल्पसंख्यकहरुका साथ निकै खराब व्यवहारहरु बढीरहेका छन् । साथै यो संस्थाले भारतको गुप्तचर एजेंसी रिसर्च एंड एनालिसिस विंग रअमाथि खालिस्तान समर्थकहरुको हत्याका लागि षडयन्त्र गरेको आरोप र आशंकाहरु गरेको छ ।

यो संस्थाले रअमाथि कडा प्रतिबन्धहरु लगाउन पनि सिफारिस गरेको छ । उसले भारतको तुलना भियतनामको कम्युनिस्ट सरकारसंग गरेको छ । संस्थाले भारत र भियतनाम दुवैलाई विशेष चिन्ताजनक देश घोषित गर्न पनि सुझाव दिएको छ ।

रिपोर्टमा भनिएको छ कि २०२४ मा धार्मिक आधारमा भारतमा अल्पसंख्यकहरुमाथि हमला बढेका छन् । यहाँ नागरिक समाज समूहहरु, धार्मिक अल्पसंख्यकहरु र पत्रकारहरुलाई निशाना बनाउनका लागि कानूनहरुको दुरुपयोग भइरहेको आरोप पनि उसले लगाएको छ ।

सन २०२३ देखि भारतमाथि अमेरिका र क्यानडामा खालिस्तान समर्थकहरुलाई निशाना बनाएको आरोप लागिरहेको छ । जो बाइडनको पालामा पनि अमेरिकाले एक पूर्व भारतीय गुप्तचर अधिकारी विकास यादवमाथि अमेरिकामा हत्याको योजना बनाएको आरोप लगाएको थियो ।

भारतले भने यस्ता आरोपहरुलाई अस्वीकार गर्दै आएको छ । उसले खालिस्तान समर्थकहरुलाई आफ्नो सुरक्षाका लागि खतरा भन्ने गरेको छ । रिपोर्टमा कयौं प्रतिबंधहरुका लागि सिफारिश गरिएको छ । यसमा भनिएको छ कि धार्मिक स्वतंत्रताका गंभीर उल्लंघनमा लिप्त भएका मानिसहरु जस्तै विकास यादव र संस्थाहरु जस्तै र माथि प्रतिबंध लगाइयोस् ।

यीनको सम्पत्तिहरु जफत गरियोस् र अमेरिका प्रवेश प्रतिबंध लगाइयोस् । रिपोर्टमा थप भनिएको छ, अमेरिकी दूतावास र वाणिज्य दूतावासहरुलाई सार्वजनिक बयानहरु र भाषणहरुमा धार्मिक स्वतंत्रताका मुद्दाहरुमा कुरा गर्नका लागि प्रोत्साहित गर्न पनि संस्थाले सुझाएको छ, ताकी भारतमाथि दबाब बढोस् ।

यसले अमेरिकी कांग्रेससंग पनि विदेशहरुमा भारतका तर्फबाट हुनेगरेका धार्मिक अल्पसंख्यकहरुलाई निशाना बनाइएका वार्षिक रिपोर्टिंग सुनिश्चित गर्न पनि भनेको छ ।

यसको अलावा भारतलाई हतियारहरुको बिक्री जस्तो एमक्यु ९ बी ड्रोन दिदा यसले धार्मिक स्वतंत्रताको उल्लंघनमा योगदान गरिरहेको वा त्यसलाई बढाउन सक्नेमा पनि समीक्षा गर्न भनेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top