×

NEPAL TIMES UPDATES

Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026

नवराजले फर्काउन नसकेका राजा ‘नेपाल ऋषि’ले फर्काउलान् ?

१६ चैत्र २०८१

१७ चैत , विराटनगर ।

राजसंस्था पुनस्र्थापनाका लागि चाँजोबाँझो मिलाउने जिम्मेवारी पाएका नवराज सुवेदी नजरबन्दमा र अर्का आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँ प्रहरीको फरार सूचिमा रहेका बेला अब राजावादीहरुको आन्दोलन कसरी अगाडी बढ्छ भन्ने चासोकाबीच अर्का पात्रको नाम सार्वजनिक भएको छ ।

Advertisement

जसले नजरबन्दमा रहेका सुवेदीको स्थान लिदैछन् । उनी हुन् संस्कृतिविद जगमान गुरुङ । जो अब फ्रन्टलाइनमा आएर राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्वकर्ता भएका छन् ।

संयोजक नवराज सुवेदीले नै आफू नजरबन्दामा रहेको भन्दै नेपाल ऋषि जगमान गुरुङले आन्दोलनको नेतृत्व गर्ने जानकारी दिएका छन् । उनले आन्दोलन जारी राख्न आह्वान समेत गरेका छन् । अर्थात अब राजावादी आन्दोलनको नेतृत्व नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिले गर्ने भएका हुन् ।

व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो ।

सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको जनकमान्डर पनि घोषणा गरेका थिए । यद्यपि दुवैलाई पूर्वराजा ज्ञानेन्द्र शाहले नै जिम्मेवारी दिएको चर्चा पनि छ । चैत्र १४ गते प्रसाईँ र सुवेदीले छुट्टाछुट्टै निर्मल निवास पुगेर ज्ञानेन्द्र शाहलाई भेटेको समाचारहरुमा पनि बाहिरिएका थिए ।

सोही कारण त्यसको भोलिपल्ट १५ गते शुक्रबारको तीनकुने हिंसात्मक आन्दोलनको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने दलहरुले माग गरेका छन् । काठमाडौंका मेयर बालेन शाहले पनि सो आन्दोलनको जिम्मा ज्ञानेन्द्र शाहकै रहेको भन्दै सो दिन भएको तोडफोड र फोहोरबापतको जरिवानापत्र निर्मल निवासमा पठाएका छन् ।

महानगरका कर्मचारीलाई निर्मल निवासमा पस्न नदिएपछि हुलाकमार्फत जरिवाना पत्र पठाइएको छ ।  उता प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित दर्जनौँलाई पक्राउ गरेको छ ।

यस्तोमा अब ज्ञानेन्द्रको सारथिको बन्ला भन्ने चर्चाकाबीच जगमान गुरुङलाई सुवेदीले अघि सारेका हुन् । हुनत राप्रपा र राप्रपा नेपाल पनि राजसंस्थाका हिमायती हुन् । तर उनीहरुले शुक्रबारको हिंसात्मक आन्दोलनको जिम्मेवारी लिनबाट इन्कार गरेका छन् भने राप्रपाले आफ्ना नेताहरुको रिहाईका लागि भने २४ घण्टे अल्टिमेटम पनि दिएको छ ।

अन्यथा आन्दोलन चर्काउने बताएको छ । यसैपनि राप्रपाले चैत २६ र वैशाख ७ गते प्रदर्शन तथा आन्दोलनको मिति घोषणा गरेको छ । शनिबार पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल,समूह, अभियान, धार्मिक संघसंस्था र जनसमुदायलाई अपिल गरेको छ ।

उसको यो आन्दोलन शुक्रबारको जस्तै हुन्छ वा त्यो भन्दा उग्र वा सम्हालिएको हुन्छ त्यो भने हेर्न बाँकी छ । राप्रपा अध्यक्ष लिङ्देन स्वयं भने आफूलाई पूर्वराजाले संयोजक नतोकेकोमा चिढिएका छन् ।

यद्यपि पार्टीभित्रैको दबाबले थिचिएका छन् । यसबीच पनि सुवेदीको स्थानमा ज्ञानेन्द्रले गुरुङलाई नै छानेका छन् । यता राजावादीहरुको आन्दोलनको नयाँ कमाण्डर बनेका संस्कृतविद् डा जगमान गुरुङ ‘नेपाल ऋषि’ भनेर पनि परिचित छन् । उनलाई विश्व हिन्दु महासंघले यो उपाधि दिएको हो । उनी महासंघको वरिष्ठ सल्लाहकार पनि हुन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति रही सकेका डा.गुरूङ मूलतः नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुन् । विक्रम संवत् २००३ सालमा हाल कास्कीको मादी गाउँपालिकमा जन्मिएका उनले त्यतिबेलाको गण्डकी अञ्चल हुलाक कार्यालयमा मुखिया पदमा सरकारी सेवाको सुरुवात गरेर त्रिभुवन विश्वविद्यालयमा हेड असिस्टेन्ट अनुसन्धानकर्ता हुँदै सहप्राध्यापक भएर ६३ वर्षको उमेरमा अवकाश पाएका व्यक्ति हुन् । गुरुङ हिन्दु धर्म र संस्कृतिका ज्ञाता र इतिहासविद् मानिन्छन् ।

कुनै शास्त्रीय व्याख्या, इतिहासको बारे जिज्ञासा र संस्कृति बारे विवेचना र संशय प्रकट भएमा त्यसको निराकरण गर्ने विद्वान्को रूपमा डाक्टर जगमानको नाम अग्रपङ्क्तिमा आउँछ । यता राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाका निम्ति आन्दोलनका नाममा अराजकता मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै फरार छन् ।

यद्यपि उनले आज एक भिडिओ सन्देश जारी गर्दै आफू काठमाडौंकै कुनै एक मन्दिरमा रहेको बताएका छन् । सरकारले आफूलाई मार्ने योजना बनाएकाले आफू सुरक्षित स्थानमा बस्नु परेको उनले भनेका छन् । यता प्रहरी भने प्रसार्ईंको खोजीमा शुक्रबार रातिदेखि नै लागेको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका तीन जिल्लाका विशेष टोली, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत शनिबारदेखि प्रसाईंको खोजीमा सक्रिय छन् । तर, प्रहरीले उनको सुइँको पाउन सकेको छैन ।

प्रसाईंका गुरु पुस्कर खतिवडालाई जिल्ला प्रहरी परिसर ललितपुर र विशेष ब्युरोको संयुक्त टोलीले शनिबार पक्राउ गरेको छ । उनी ललितपुरको इमाडोलबाट ट्याक्सीमा भाग्दै गर्दा पक्राउ परेका थिए । उनलाई भेट्न प्रसाईं समेत शनिबार बिहान खतिवडाको घर पुगेको प्रहरीले जनाएको छ ।

खतिवडाको घरमा फलफूल खाएर हिँडेका प्रसाईं कहाँ गए भन्नेबारे प्रहरीले कुनै सूचना पाएको छैन । प्रसाईंले चलाउँदै आएको मोबाइलको अन्तिम ‘लोकेसन’ ललितपुरकै भैँसेपाटीमा देखिएको प्रहरीले जनाएको छ ।

प्रदर्शन अराजक बनाउने युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । प्रसाईंका सहयोगी सन्तोष ‘राजावादी’ पनि फरार छन् । तीनकुने प्रदर्शनक्रममा सुरुमा निषेधित क्षेत्र तोड्न खोज्ने समूहका नाइके समेत सन्तोष राजावादी हुन् ।

प्रसाईं कहाँ गए भन्ने भेउ समेत प्रहरीले पाएको छैन । खतिवडाले प्रसाईं शनिबार बिहान आफ्नो घरमा करिब एक घण्टा बसेर निस्किएको प्रहरीसमक्ष बताएका छन् । खतिवडाको घरबाट निस्कँदा प्रसाईंले काठमाडौं छाड्ने बताएका थिए ।

प्रसाईसँग अरू पाँचजना समेत साथमै रहेको खुलेको छ । तर, खतिवडाले आफ्नो घरको सीसीटीभी फुटेजको ‘हार्डड्राइभ’ गायब पारेको प्रहरीले जनाएको छ । प्रसाईंलाई पक्राउ गर्न हम्मेहम्मे पर्नुका पछाडि उनको निकट टिममा पूर्वसैनिक कर्मचारी र अवकाशप्राप्त प्रहरी समेत रहनुलाई सुरक्षा निकायले कारण मानेको छ ।

सुरक्षा ‘थ्रेट’बारे प्रसाईंले उनीहरूसित सल्लाह लिने गरेका थिए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, प्रसाईंले चढ्ने गरेका करिब १५ गाडी र उनीनिकट सबै व्यक्तिमाथि सोधपुछ तीव्र पारिएको छ । प्रहरी उच्च स्रोतका अनुसार, प्रसाईंको खोजीमा प्रहरीको विशेष ब्युरोका एसएसपी सन्तोष खड्का खटिएका छन् ।

यस्तै, ललितपुर प्रहरीबाट एसपी नरहरि रेग्मीको टोली परिचालन गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी अंगुर जिसीको ‘कमान्ड’मा टोली सक्रिय छ । तर, उनलाई पक्राउ गर्न हालसम्म सबै टोली असफल छन् ।

यसबीच काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ ।

नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत ठाउँमा भएको तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्तिहरू बारेका प्रमाणहरू विशेष गरी फोटो, भिडियो लगायत विवरणहरू उपलब्ध गराउन अपिल गरेको हो । यसबारे आफना धारणा अवस्य व्यक्त गर्नु होला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top