NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

राजावादीको प्रदर्शनकैबीच राजदूत शर्माले भेटे योगी, किन ?

मङ्लबार चैत्र १९ , २०८१
Reading Time: 1 min read
A A
राजावादीको प्रदर्शनकैबीच राजदूत शर्माले भेटे योगी, किन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ चैत, काठमाण्डौ।

काठमाडौंमा राजावादीहरुको र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहितको ब्यानरले तरङ्ग मच्चिरहँदा भारतका लागि नेपाली राजदूतले नै योगीसंग भेटवार्ता गरेका छन् ।

राजदूत डाक्टर शंकरप्रसाद शर्माले मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका हुन् । नेपालमा राजावादीहरुको आन्दोलनमा योगी आदित्यनाथको समर्थन रहेको अड्कलबाजी भइरहेको अवस्थामा उत्तर प्रदेशको राजधानी लखनउमा उनीहरूबीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

LS Auto

यद्यपि भेटवार्ताका क्रममा द्विपक्षीय व्यापार विस्तार र आर्थिक सहकार्य, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन, उच्च शिक्षा र छात्रवृत्तिको अवसरहरू, जलविद्युत् र अन्य ऊर्जा परियोजनामा सहकार्य, यातायात तथा कनेक्टिविटी सुधार, सीमा सुरक्षा, आपसी सहकार्य, र विकासका सम्भावनाबारे छलफल भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत शर्मा र मुख्यमन्त्री योगी आदित्यनाथबीच नेपाल–भारत सम्बन्धलाई थप मजबुद बनाउने विषयमा कुराकानी भएको बुझिएको छ । उनले सोमबार अपराह्न आदित्यनाथसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा नेपाल भारत सम्बन्धको बहुआयामिक पक्षमा कुराकानी भएको राजदूत शर्माले उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘गोरखपुरमा प्ररणादायी गोर्खा म्यूजियम सुरु गरेकामा म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु ।’

नयाँ दिल्लीस्थित नेपाली दूतावासले शर्माको आदित्यनाथसँगको भेटबारे थप बताएको छैन । तर, मन्त्रालय स्रोतका अनुसार, भेटका क्रममा नेपालमा राजावादी समूहको हिंसात्मक प्रदर्शनको विषयबारे पनि कुराकानी भएको छ ।

‘भारतीय सञ्चारमाध्यमहरुमा समेत आदित्यनाथसँग जोड्दै पूर्वराजाबारे श्रृखंलाबद्ध समाचारहरु प्रकाशित भइरहेका बेला त्यसविषयमा कुराकानी हुनु स्वभाविक हो’, मन्त्रालय स्रोतले भन्यो, ‘यसका विभिन्न पाटोबारे छलफल भएको छ ।’

परराष्ट्रमन्त्री आरजु राणाको पछिल्लो भारत भ्रमणका बेला समेत भारतीय विदेशमन्त्री एस जयशंकरसँग नेपालमा भएको राजावादी प्रदर्शनबारे कुराकानी भएको सार्वजनिक भएको थियो । त्यसबेला भारतीय विदेशमन्त्रीले आफूहरुको त्यसमा कुनै किमिसको सम्बन्ध नभएको बताएको उनले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएकी थिइन् ।

यसपछि पनि परराष्ट्रमन्त्रालयमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग उनले कुराकानी गरेकी थिइन् । यसअघि राजावादी समूहले गरेको प्रदर्शनका क्रममा प्रदीप विक्रम राणा नामक व्यक्तिले जुलुसमा योगी आदित्यनाथको तस्वीर समेत बोकेका थिए ।

प्रहरीले यस विषयमा सोधपुछ गर्न राणाको खोजी समेत गरेको थियो, तर उनी फरार भएर भारत पुगिसकेको खुलेको थियो । यसबीच शुक्रबार तिनकुने हिंसात्मक प्रदर्शनपछि राजावादीहरुको आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाइँ पनि भारत नै पुगेको प्रहरीको निश्कर्ष छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय राजावादीका शृंखलाबद्ध गतिविधिबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधनक्रममा उनले पछिल्ला प्रदर्शन र हिंसाका विषयमा पूर्वराजाको धारणा माग गरेका हुन् ।

“फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?,” प्रधानमन्त्री ओलीले प्रश्न गरे । मानिसलाई मर्न दुरुत्साहन गर्ने व्यक्तिलाई पूर्वराजाले ‘जनकमान्डर’ बनाएको उनले आरोप लगाए । इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक बनेको उनले उल्लेख गरे ।

“धनजनको क्षति र लुटपाट – शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुनसक्छ ?,” प्रधानमन्त्री ओलीले भने, “यी सबै घटनाको मूल जिम्मेवार उहाँ (ज्ञानेन्द्र शाह) हो, उहाँले लिनुपर्छ ।”

यस्तै ओलीले मुलुकमा गणतन्त्र घोषणापछि भएको सम्झौता पूर्वराजा ज्ञानेन्द्र शाहले तोडेको बताएका छन् । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको हिंसा पूर्वराजा शाहकै निर्देशनमा भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले यसबाट त्यतिबेलाको सम्झौता तोडिएको दाबी गरेका हुन् ।

ओलीले बताएअनुसार संविधानसभाको ऐतिहासिक निर्णयपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग विभिन्न बुँदामा सम्झौता गरिएको थियो । यसका लागि सरकारका तर्फबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संवाद÷व्यवस्थापन गरेका थिए ।

 

प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार, व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो।’ तर अहिले आएर पूर्वराजा ज्ञानेन्द्र सम्झौताविपरीत गतिविधिमा संलग्न भएको सरकारको ठम्याइ छ ।

Tags: #पूर्वराजा#पूर्वराजाले आफ्नो बाचा तोडे ?#राजावादीको प्रदर्शन

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.