×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

४ लाख शिक्षक सडकमा, गर या मरको स्थिति

१९ चैत्र २०८१

२० चैत , काठमाण्डौ ।

शिक्षा, समाजको मेरुदण्ड हो। यही मेरुदण्डलाई मजबुत बनाउने शिक्षकहरू अहिले आफ्नै अधिकारको रक्षा गर्न सडकमा उत्रिएका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षकहरू काठमाडौँका सडकमा भेला भएका छन्।

Advertisement

‘काठमाडौँ जाऔँ’ अभियानअन्तर्गत देशभरका शिक्षक कर्मचारीहरू माइतीघरदेखि बानेश्वरसम्म नाराबाजी गर्दै अनिश्चितकालीन शैक्षिक आन्दोलनमा होमिएका छन्। सम्पूर्ण शिक्षा प्रणालीको सुधारको लागि आवाज उठाउँदै शिक्षकहरू अब शिक्षाको भविष्य बचाउन सडकमा छन्।

सरकारले गरेको सातबुँदे सहमति कार्यान्वयन नभएपछि, आफ्नो हक र अधिकार सुनिश्चित गर्न उनीहरू संघर्षरत छन्। संसद्को ढिलासुस्ती र ऐन जारी नगर्ने अन्योलले शिक्षकहरूलाई गर या मरको अवस्थामा पु¥याएको छ।

देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँका सडकमा उत्रिएका छन् । ‘काठमाडौँ जाऔँ’ अभियानअन्तर्गत देशभरका शिक्षक कर्मचारीले माइतीघर–बानेश्वरका सडकमा भेला भएर अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन सुरु गरेका छन् ।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक सडक आन्दोलनमा उत्रिएका छन् । चैत ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा रिले अनशनमा रहेका शिक्षक आजदेखि भने सडक आन्दोलनमा आएका हुन् ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजी गर्दै उनीहरूले ‘शिक्षकलाई ढाँट्न पाइँदैन’, ‘संसद् अधिवेशन चालु गर’, ‘शिक्षा ऐन जारी गर’जस्ता माग राखेका छन् । सडक केन्द्रित आन्दोलन अनिश्चितकालीन रहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।

संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो ऐनको रूप दिनुपर्ने उनीहरूको माग छ । ऐनमा शिक्षकसँग यसअघि भएका सहमति हुबहु कार्यान्वयन हुनुपर्ने माग उनीहरूले राखेका छन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य भइसकेकाले शिक्षकहरूको माग अन्योलमा परेको छ । यसअघि गएको असोज पहिलो साता भएको शिक्षकको पाँचदिने सडक आन्दोलनपछि सरकारसँग सातबुँदे सहमति भएको थियो ।

विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म हुने आन्दोलनमा देशभरका ४ लाख बढी शिक्षक कर्मचारी सहभागी हुने महासंघको दाबी छ । त्यसका लागि ७७ वटै जिल्लाका शिक्षक कर्मचारीलाई सर्कुलरसमेत जारी गरिएको थियो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले देशभरिका शिक्षक कर्मचारी माइतीघर खण्डमा जुलुस सभा गर्ने र सिंहदरबारलाई ब्युँझाउने बताएका छन् । नेपाली शिक्षा क्षेत्र, शिक्षक विद्यार्थी, कर्मचारी मर्कामा रहेको भन्दै त्यो मर्काको समाधान जारी हुने विद्यालय शिक्षा ऐनसँग जोडिएकाले ऐन जारी गरेर मर्कालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

उनले दिनदिनै माइतीघर मण्डलादेखि बानेश्वरमा आन्दोलन गर्ने र दिनदिनै सिंहदरबारको सातो खाने बताएका छन् । उनले आफूहरु गर या मरको स्थितिमा रहेको भन्दै त्यक्तिकै नछोड्ने बताएका छन् ।

यसअघि आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुवेदीले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताएका थिए। अब हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top