×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

चीनमाथिको ट्यारिफ १४५ प्रतिशत पुग्यो, कति छ ब्यापार ?

२८ चैत्र २०८१

२९ चैत , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने चिनियाँ सामानमा आयात कर बढाएर १४५ प्रतिशत पु¥याएका छन् । चीनले अमेरिकी आयातमा ८४ प्रतिशत प्रतिशोधात्मक शुल्क लगाएपछि अमेरिकाले १२५ प्रतिशत बनाएको थियो ।

त्यसलाई अहिले बढाएर १४५ प्रतिशत पु¥याएको ह्वाइट हाउसबाट प्रकाशित मेमोलाई उदृत गर्दै सीएनबीसी जनाएको छ । अमेरिकामा फेन्टानिल तस्करीमा चीनको भूमिका रहेको भन्दै वर्षको सुरुमा चीनविरुद्ध लगाइएको २० प्रतिशत अतिरिक्त करलाई जोडेर १४५ प्रतिशत पु¥याइएको समाचारमा बताइएको छ ।

एक दिनअघि ट्रम्पले अमेरिका र चीनबीचको व्यापार घाटा कम गर्ने उद्देश्यले चीनमाथि लगाएको आयात करको प्रतिशोधमा चीनले अमेरिकाविरुद्ध ८४ प्रतिशत प्रतिशोधात्मक आयात कर घोषणा गरेको थियो ।

बदलामा अमेरिकाले चीनलाई १२५ प्रतिशत आयात कर लगाएको थियो । अब चीनबाट आयात हुने सबै वस्तुमा अमेरिकामा १४५ प्रतिशत भन्सार कर लाग्नेछ । ट्रम्पले बुधबार चीन बहेकका देशविरुद्ध लागु गरिएका पारस्परिक आयात कर कम्तिमा ९० दिनको लागि स्थगन गरेका थिए ।

तर, चीनले अमेरिकाविरुद्ध जवाफी आयात कर लगाउने बताएपछि ची नको हकमा भने यो कर स्थगन नगरी चीनविरुद्ध दबाब बढाएका थिए । यसैबीच, चीनले दुई देशबीच वार्ताको ढोका खुला भएको बताएको छ ।

तर, अमेरिकाको धम्कीसित भने नझुक्ने चेतावनी दिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, चीनले भनेको छ “हाम्रो नीति स्पष्ट छ, शान्तिपूर्ण समाधानको लागि हाम्रो ढोका खुला छ । तर, कुनै पनि धम्की वा दबाब स्वीकार गर्ने छैनौँ ।”

सन् २०२४ को अन्त्यसम्म आइपुग्दा अमेरिकी अर्थतन्त्रको आकार वार्षिक उत्पादनको आधारमा करिब २९ ट्रिलियन अर्थात् २९ सय खर्ब डलर पुगेको छ । उता चीनको हकमा यो आँकडा १९ सय खर्ब डलर बराबर छ ।

अमेरिकी अर्थतन्त्र करिब साढे २ दशमलवले बढ्दा चीन ठ्याक्कै दोब्बर अर्थात् वार्षिक पाँच प्रतिशतले फैलिरहेको छ । क्रयशक्ति समताको आधारमा चीनको अर्थतन्त्र अमेरिकाभन्दा धेरै ठुलो भइसकेको छ ।

चीन एक्लैले विश्वको उत्पादनमा झन्डै एक चौथाइ हिस्सा ओगट्ने गर्छ । यसमा सबैभन्दा ठुलो व्यापार अमेरिकासँगै हुने गरेको छ । अमेरिका–चीनको आर्थिक प्रतिस्पर्धा सामरिक प्रतिस्पर्धामा फेरिँदै युद्धतर्फ उन्मुख हुन सक्ने खतराबारे चर्चा हुन थालेको छ ।

सन् २०२४ को अन्त्यमा भएको अमेरिकी निर्वाचनमा जितेर राष्ट्रपति पदमा पुनरागमन गरेका डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुमै थालेको ‘भन्सार महसुल युद्ध’ को छनक दिइसकेका थिए । ट्रम्प अमेरिकी व्यापार तथा विदेश नीतिमा विगतका धेरै राष्ट्रपतिभन्दा भिन्न धारणा राख्छन् ।

उनले शपथ ग्रहण गरेकै दिन हस्ताक्षर गरेका विभिन्न कार्यकारी आदेशले एकै पटक संसारभर सनसनी नै मच्चाइदिए । लगत्तै युक्रेन समस्या हल गर्न साउदी अरबको राजधानी रियादमा भएका दुई चरणका वार्ता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संवाद तथा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमै बोलाएर गरिएको नोक–झोकले अन्तर्राष्ट्रिय राजनीतिका विद्यार्थीदेखि कूटनीतिका धुरन्धरलाई समेत हायल कायल बनाएको थियो ।

यी सबै घटनालाई विस्मृतिमा पु¥याउने अर्को घटना घट्यो यही फागुन २० गते अर्थात् अप्रिल २ तारिखका दिन । ट्रम्पले ‘लिवरेसन डे’ अर्थात् ‘मुक्ति दिवस’ नाम दिएको उक्त दिन संसारभरका मुलुकबाट अमेरिका भित्रिने वस्तु तथा सेवामा एकै पटक भन्सार महसुल वृद्धि गरिदिए ।

कम्तीमा १० प्रतिशत आधारभूत भन्सार बढाएका उनले युरोपेली संघ र त्यसका सदस्य राष्ट्रलाई २० प्रतिशत, दक्षिण कोरियालई २५ प्रतिशत, जापानलाई २४ प्रतिशत, ताइवानलाई ३२ प्रतिशत तथा चीनलाई ३४ प्रतिशत भन्सार महसुल बढाइदिए ।

त्यसको केही दिनमै चीनलाई छोडेर अन्य देश यसलाई लगाइएको भन्सार महसुल ९० दिनका लागि स्थगन गरेका छन् । साउथ चाइना मर्निङ पोष्टमा एक लेख लेख्दै प्रख्यात विश्लेषक इयान ब्रेमरले ट्रम्पले अमेरिकालाई बर्बादीको बाटोतर्फ धकेलेको भनेका छन् ।

इकोनोमिष्ट पत्रिकाले त आफ्नो कभर पृष्ठमै ट्रम्पले चीनलाई धनी बनाउन लागेको भन्दै ‘मेक चाइना ग्रेट अगेन’ भन्ने नारा छापेको छ । अप्रिल ५ मा सम्पादकीय लेख्दै वाल स्ट्रिट जर्नलले ट्रम्पले मुर्खतापूर्वक चीनलाई किस्तीमा राखेर रणनैतिक उपहार दिएको उल्लेख गरेको छ ।

अप्रिल ७ को आफ्नो सम्पादकीयमा द वाशिङ्टन पोष्टले भन्सार महसुलले अमेरिकी अर्थतन्त्रलाई बर्बाद पार्न थालेको बताएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top