×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

गणतन्त्र धोका हो भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

७ बैशाख २०८२

६ वैशाख ,काठमाण्डौ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अहिले काठमाडौँमा प्रदर्शन गरिरहेको गएको चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा सरकारले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री भवल शम्शेर जबरासहितलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

उनीहरुकै रिहाइसहितका माग राखेर राप्रपाले आज सिंहदरबार आसपास सहितका निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको छ । काठमाडौँका निधेषधित क्षेत्रकेन्द्रित प्रदर्शन गर्ने घोषणा गरेको राप्रपाले त्यसलाई परिवर्तन गर्दै एकै ठाउँमा केन्द्रित हुने भएको छ।

उपाध्यक्ष बुद्धिमान तामाङले सबै बिजुलीबजार क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गरिने बताएका छन् । प्रर्दशनमा सहभागी भएकाहरुले गणतन्त्र धोका हो, नारायणहिटी खाली गर, हिन्दु राष्ट्र कायम गर, राजतन्त्र जिन्दाबाद ,हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ , विदेशी दलाल होसियार सहितका नारासहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रित हुने बताएका छन् । सबै नेता कार्यकर्ता बिजुली बजार क्षेत्रमा जम्मा भएर बानेश्वरको एभरेष्ट होटेलतर्फ जम्मा भएका छन् ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको आफूहरुको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएका थिए। यता राप्रपाले आज बबरमहल लक्षित गरेर प्रदर्शन गर्ने भएपछि बबरमहल– बानेश्वर सडक दायाँबायाँका सटरहरु बन्द गरिएको छ ।

राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने भनेपनि व्यवसायीहरुले त्रासले सटर बन्द गराएका हुन् । १९ दिनदेखि जारी शिक्षक आन्दोलनमा बन्द नभएको सटरहरु आज बन्द गरिएको छ ।

राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्न लागेपछि व्यवसायीहरुले आफनो पसलमा तोडफोड हुनसक्ने डरले सटर बन्द गराएको हुन् । यसअघि चैत १५ मा भएको राजावादी आन्दोलनमा तीनकुनेमा आन्दोलनकारीले व्यक्तिगत सम्पत्तिमाथि तोडफोड र आगजनी गरेका थिए ।

तीनकुने आसपासमा घरहरुमा ब्यापक आक्रमण भएको थियो । त्यही त्रासले ब्यापारीहरु सटर बन्द गरेर हिडेका छन् । नेपाल शिक्षक महासङ्घ, सहकारी पीडित र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ।

विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ।

प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ । कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो।

राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला भएपछि माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ। उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।१९ दिनदेखि देशभरका शिक्षक काठमाडौँमै आन्दोलनरत छन्।

उनीहरूको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो। यसैबीच, गृह मन्त्रालयले राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले कानुन उल्लङ्घन गर्न प्रोत्साहन गर्ने, समाजमा अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top