NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

पाकिस्तानी जासुस भन्दै भारतीय युट्युबर पक्राउ

आइतवार जेष्ठ ४ , २०८२
Reading Time: 1 min read
A A
पाकिस्तानी जासुस भन्दै भारतीय युट्युबर पक्राउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ जेठ , एजेन्सी ।

भारतको कश्मीर स्थित पहलगाम हमलापछि पाकिस्तानी संचारमाध्यम, सामाजिक संजालदेखि नेतादेखि कलाकारसमेतलाई प्रतिबन्ध लगाएको भारतले अब पाकिस्तानका लागि काम गरेको भन्दै आफ्नै नागरिकहरुलाई पनि धरपकड गर्न थालेको छ ।

यसक्रममा भारतीय प्रहरीले हरियाणाको हिसारमा बस्ने चर्चित ट्राभल भ्लगर ज्योति मल्होत्रालाई पक्राउ गरेको छ । उनीमाथि पाकिस्तानका लागि जासुसी गरेको आरोप लगाइएको छ ।

LS Auto

३३ वर्षीया मल्होत्रा, जो ‘ट्राभल विथ जो’ नामक युट्युब च्यानल चलाउँदै आएकी थिइन् । उनीमाथि पाकिस्तानी गुप्तचर संस्था (आईएसआई) सँग संवेदनशील जानकारी साझा गरेको आरोप छ ।

उनको युट्युब च्यानलमा ३ लाख ७७ हजारभन्दा बढी सब्सक्राइबर र इन्स्टाग्राममा एक लाख ३२ हजार फलोअर छन् । हरियाणा प्रहरीको जासुस–विरोधी विभागले १६ मेमा मल्होत्रालाई हिसारको नयाँ अग्रसेन एक्सटेन्सनबाट पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनले व्हाट्सएप, टेलिग्राम र स्न्यापच्याटमार्फत पाकिस्तानी उच्चायोगका कर्मचारी एहसान उर रहिम उर्फ दानिशसँग गोप्य सम्पर्क राखेकी थिइन् ।

दानिश १३ मेमा जासुसीको आरोपमा भारतबाट निष्कासित भएका थिए । मल्होत्राको युट्युब च्यानलमा ‘इन्डियन गर्ल इन पाकिस्तान’, ‘इन्डियन गर्ल एक्सप्लोरिंग लाहोर ?

‘इन्डियन गर्ल एट कटास राज टेम्पल’ जस्ता भिडियोहरू अपलोड भएका छन्, जसलाई प्रहरीले उनको जासुसी गतिविधिको आवरण मानेको छ । प्रहरीका अनुसार मल्होत्राले सन् २०२३ मा दानिशको सहयोगमा कम्तीमा दुई पटक पाकिस्तान भ्रमण गरेकी थिइन् ।

पाकिस्तानमा रहँदा उनले आईएसआईका एजेन्टहरू (अली अहवान, शाकिर र राणा शाहबाज)सँग भेट गरेकी थिइन् । भारत फर्किएपछि उनले संवेदनशील जानकारीहरू पाकिस्तानी जासुसहरूलाई पठाउन थालेको प्रहरीको भनाइ छ ।

मार्च २०२४ मा नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा आयोजित डिनरमा दानिशसँग भेट गरेको भिडियो पनि प्रमाणका रूपमा पेश गरिएको छ ।

भिडियोमा उनले पाकिस्तान भ्रमण गर्ने इच्छा व्यक्त गरेकी थिइन् । अनुसन्धानले मल्होत्रा हरियाणा र पञ्जाबमा फैलिएको ठूलो जासुसी सञ्जालको हिस्सा भएको उल्लेख गरेको छ ।

उनले पाकिस्तानी गुप्तचरसँग घनिष्ठ सम्बन्ध राखेको, जसमा एकजनासँग इन्डोनेसियाको बाली भ्रमण गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

हरियाणाको हिसारस्थित न्यू अग्रसेन कॉलोनीकी बासिन्दा यूट्युबर ज्योति मल्होत्रालाई बिहीवार रात हिसार प्रहरीको सीआईए टोलीले उनको घरबाट नियन्त्रणमा लिएको थियो।

शुक्रबार सोधपुछपछि शनिबार उनलाई पक्राउ गरिएको हो। सन् २०१८ मा उनले पासपोर्ट बनाएकी थिइन्। सन् २०२३ मा पाकिस्तान जान दिल्लीस्थित पाकिस्तान हाई कमिशन पुगेकी उनले त्यहाँ दानिशसँग भेट गरेकी थिइन्।

ज्योतिले दानिशको मोबाइल नम्बर लिएकी थिइन् र त्यसपछि दुवैबीच कुराकानी बढ्दै गई र सम्बन्ध गहिरिँदै गएको प्रहरीले बताएको छ। ज्योति जब पाकिस्तान पुगिन्, त्यहाँ दानिशको आग्रहमा उनले अली अहवानसँग भेट गरिन्।

अलीले नै उनको बसोबास, खानपान र भ्रमणको सम्पूर्ण व्यवस्था मिलाएका थिए। प्रहरी अनुसन्धानमा उनले बताएकी छिन् कि त्यहाँ इंटेलिजेन्स र पाकिस्तानको सुरक्षा एजेन्सीका अधिकारीहरूसँग उनको भेट भयो।

शाकिर र राणा शहबाज नामक व्यक्तिहरूसँग पनि उनको परिचय भयो। मोबाइल नम्बर आदान–प्रदान गरेपछि उनी भारत फर्किइन्। फर्किएपछि उनले ती सम्पर्कहरूमा इन्टरनेट मार्फत कायम राखिन्।

परिवार वा साथीहरूलाई शंका नहोस् भनेर उनले शाकिरको नम्बर “जट रंधावा” को नाममा राखेकी थिइन्। त्यसपछि उनले पाकिस्तानका सुरक्षा अधिकारी र गुप्तचर एजेन्सीका व्यक्तिहरूलाई सामाजिक सञ्जालमार्फत विभिन्न सूचनाहरू पठाउन थालेको प्रहरीले दाबी गरेको छ ।

ज्योति र दानिशबीचको सम्बन्ध निकै नजिकको बनिसकेको थियो। यो महिनामात्रै उनले दिल्लीमा दानिशसँग भेट गरेकी थिइन्। उनी चौथो पटक पाकिस्तान जाने तयारीमा थिइन् र भिसाका लागि आवेदन पनि दिइसकेकी थिइन्।

यसअघि सोही आरोपमा २४ वर्षीय नोमान इलाहीलाई बुधबार पानीपतबाट, २५ वर्षीय देवेन्द्र सिंह ढिल्लनलाई शुक्रबार कैथलबाट र २२ वर्षीय अरमानलाई शुक्रबार नुहबाट पक्राउ गरिएको थियो।

उनलाई १६ मेमा अदालतमा पेश गरिएको थियो । अदालतले प्रहरीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यता ज्योतिका पिताले भने आफ्नी छोरी भारतीय सुरक्षा अधिकारीहरुको अनुमतिपछि मात्रै पाकिस्तान गएको बताएका छन् ।

उनले प्रहरीले आफूहरुका मोबाइल फोन र बैंकिङसम्बन्धी सम्पूर्ण जानकारी समेत लगेको भारतीय संचारमाध्यामहरुलाई जानकारी दिएका छन् । भारत र पाकिस्तानबिच बढ्दो तनावको समयमा यो कारबाही गरिएको हो ।

२२ अप्रिलमा कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा आतंकवादी संरचनामाथि अपरेशन सिन्दूरमार्फत कारबाही गरेको गरेको थियो ।

जवाफमा पाकिस्तानले पनि भारतमाथि हमला गरेको थियो । तर दोहोरो आक्रमणको ४ दिनपछि अमेरिकी दबाबमा आएर दुवै देशले युद्धविराम गरेका छन् ।

Tags: #पाकिस्तानी जासुस#भारतीय युट्युबर ज्योति#भारतीय युट्युबर पक्राउ

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए
ताजा समाचार

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश
अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

00:15:07

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.