×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

७ जेष्ठ २०८२

६ जेठ ,काठमाण्डौ।

कांग्रेस नेता तथा अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित सर्वोच्च अदालत पुगेको रिट दरपिठविरुद्ध निवेदनमाथि आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुँदै छ ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले इजलासमा निवेदन पेस गरेका हुन् । पौडेललाई गभर्नर नबनाउन मागसहितको रिट सर्वोच्च अदालत पुगेकामा प्रशासनले गत शुक्रबार दरपिठ गरिदिएको थियो ।

दरपिठको निर्णय बदर हुनुपर्ने मागसहित अधिवक्ताहरूले सोमबार इजलासमा निवेदन पेस गरेका थिए । यता गभर्नर बन्नका लागि पौडेलले भने गभर्नर सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।

योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलले सिफारिस समितिबाट राजीनामा दिएपछि उनी नै गभर्नर बन्न लागेको चर्चाबीच सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चमा वैशाख ३० गते रिट पेस भएको थियो ।

तर उक्त रिट सर्वोच्च अदालतले जेठ २ गते दरपीठ गरेको थियो । शुक्रबार सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ‘अपरिपक्व’ भन्दै रिट दरपीठ गरेका थिए । ‘समाचारमा मात्रै आएको हुनाले अपरिपक्व अवस्था रहेको र सामूहिक अधिकार हनन् भयो भन्ने दाबी कसरी भएको हो भन्ने खुलाउन नसकेको,’ भन्दै रजिष्ट्रार पोखरेलले रिट दरपीठ गरेका हुन् ।

उक्त रिट विरूद्ध अधिवक्ता उप्रेती र थापाले निवेदन दिएसँगै मंगलबार न्यायाधीश मल्लको इजलासमा सुनुवाइ हुन लागेको हो । उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने तर्क गरेका छन् ।

यसैबीच आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच कुराकानी गर्ने भने पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले नै सभापति देउवालाई ’मलाई सञ्चो भएन, आज भेट नगरौं’ भनेका थिए ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच आज समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लामो समयदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन नसकिरहेका बेला उनीहरूबीच यस विषयमा पनि कुराकानीे भएको छ ।

गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका थिए । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने व्यवस्था छ ।

तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन । गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा सकिएको थियो । गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ गभर्नर सिफारिस प्रक्रिया सुरू गर्नुपर्नेमा ढिलाइ भएको थियो ।

यसबीच प्रधानमन्त्रीसँगको छलफलमा सुरूमा सभापति देउवाले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने विषयमा छलफल भए पनि प्रधानमन्त्री ओली तयार भएका थिएनन्, त्यसपछि पौडेलको नाम आएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top