३१ साउन , काठमाण्डौ ।
सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्याभएको छ । शिक्षक रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
शिक्षक यादव माथि गएराति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमाआएका हतियारधारीले गोलीहानेर भागेका थिए ।
टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुर स्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
शिक्षकलाई गोलीप्रहार गर्ने व्यक्तिपक्राउ परेका छन् । तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।
गोली प्रहार गरी भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ती व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिपनि दुर्घटनामा गम्भीर घाइते भएको जिल्लाप्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।
उनको सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थपउपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
घटनामा संलग्न केही व्यक्तिभने फरार छन् । उनीहरुको खोजी भरहेको प्रहरीले जनाएको छ ।