३१ साउन , काठमाण्डौ ।
काठमाडौँ महानगरपालिका–१६ चमती बाट प्रहरीले अटोमेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोली सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई हाल काठमाडौँ महागरपालिका–१६ चमती डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराई रहेको जिल्लाप्रहरी परिसर काठमाडौँका प्रवक्ताएवं प्रहरी उपरीक्षकअपिलराजबोहराले जानकारी दिए।
उनले भने, ‘दराईको कोठा शङ्का लागि जाँच तथा खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान, सो पेस्तोलमा लाग्ने म्याग्जिन दुई थान र ७.६५ एमएमको गोली सात राउण्ड सहित निजलाई टोखा नगरपालिका–९ स्थित होटलको कोठाबाट पक्राउ गरिएको हो।’
दराई लाई हातहतियार खरखजाना सम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजु बाट थप अनुसन्धान भइरहेको तथा निजविरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ सालअसोज १८ गते अभद्र मुद्दा र २०८० कात्तिक १९ गते लागुऔषध मुद्दासमेत चलेको देखिएको प्रवक्ता बोहराले बताए।