NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट शुक्रबार भदौ २० , २०८२
पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ? शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट शुक्रबार भदौ २० , २०८२
ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ शुक्रबार भदौ २० , २०८२
छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना शुक्रबार भदौ २० , २०८२
Next
Prev

समाचार

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२
Reading Time: 1 min read
A A
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० भदौ , काठमाण्डौ ।

सिरहाको सुखीपुर नगरपालिका–१०, विश्वकर्मा चोककी ५० वर्षीया सुमित्रा मल्लिकको शरीरमा नीलडामले भरिएको पीडा मात्र छैन, उनी समाजमा जातका कारण भोग्नुपरेको अमानवीय व्यवहारले भित्रभित्रै गलिरहेकी छिन्। स्थानीय क्लिनिकमा उपचार गराइरहेकी सुमित्राको मसिनो स्वरमा भनिन्, ‘के कुरा गरौँ सर, हामी त मान्छे नै होइनौँ।’

बुधबार बिहान जातीय छुवाछूतका नाममा उनको परिवारमाथि भएको निर्घात कुटपिट यो पीडाको पछिल्लो कडी हो। विश्वकर्मा चोकस्थित सडक छेउको खोला किनारमा बसोबास गर्दै आएका सुमित्राको परिवारमाथि छिमेकीहरूले नै आक्रमण गरेका हुन्।

LS Auto

यस कुटपिटबाट सुमित्रा गम्भीर घाइते भएकी छिन् भने ज्वाइँ सञ्जय मल्लिकलाई सामान्य चोट लागेको छ। सञ्जयले प्राथमिक उपचारपछि घर फर्किएका छन्। सुमित्राकी २८ वर्षीया छोरी रिना मल्लिकका अनुसार घरअगाडिको झाडी सफा गर्न खोज्दा स्थानीय सहदेव महतो, सुकदेव महतो, नागेन्द्र महतो, दुखरन महतो, रिना महतो, श्यामसुन्दर महतोलगायतले ‘जग्गा कब्जा गर्न खोजेको’ आरोप लगाउँदै उनीहरूको परिवारमाथि कुटपिट गरेका हुन्।

१५ जनाको सुमित्राको परिवारले १५ वर्षअघि गोलबजार नगरपालिका–१३, दुर्गापुरबाट विस्थापित भएर गागन खोला किनारको सार्वजनिक जग्गामा आश्रय लिएको थियो। श्रीमान् गणपति मल्लिक डोमका अनुसार, उनीहरू यहाँ आउँदा आसपासमा खासै घर थिएनन्।

तर, सडक र बजारको विकाससँगै छेउछाउमा घरहरू बाक्लिँदै गए। करिब ७–८ वर्षअघि आएर बसेका छिमेकीहरूले त्यसयता उनीहरूलाई निरन्तर दुःख दिन थालेको गणपति बताउँछन्। छिमेकीहरूले आफ्नो घरअगाडि ‘अछूत’ बस्दा अशुभ हुने भन्दै डोम परिवारलाई गागन खोलाको बगरमा एकान्तमा गएर बस्न धाकधम्की र दुव्र्यवहार गर्दै आएका छन्।

गणपतिको घर सडकको पश्चिमपट्टि छ भने कुटपिट गर्ने छिमेकीहरूको घर पूर्वपट्टि छ। ‘उनीहरूले कहिले बिहानै डोमको मुख हेरेर दिन बिग्रियो भनेर गाली गर्छन्, कहिले देउता बिग्रियो भनेर गाली गर्छन्, कहिले गन्हाउँछन् भनेर अपमान गर्छन्,’ गणपति भन्छन्, ‘उनीहरूको एउटै मक्सद हामीलाई यहाँबाट भगाउनु हो।’

करिब चार वर्षअघि गणपतिका १८ वटा सुँगुर अचानक मरेका थिए, जसलाई कसैले विष खुवाइदिएको उनको आशंका छ। ‘कसले विष खुवायो भन्ने कुरा हाम्रो मनलाई थाहा छ,’ उनले भने, ‘तर, विवाद होला भनेर भित्रभित्रै रोएर चित्त बुझायौँ।’

डोम परिवार त्यहाँबाट नहटेपछि छिमेकीहरूले एक वर्षअघि घर छेउमै रहेको हाते कलबाट पानी खान पनि रोक लगाएका थिए। ‘त्यसबेला हामीले केही समय त खोलाकै पानी खायौँ,’ उनले भने, ‘त्यसले स्वास्थ्यमा समस्या निम्त्याउन थालेपछि नयाँ कल गाडेका छौँ।’

सुखीपुर नगरपालिका–१० का वडाध्यक्ष देवनारायण यादवले पनि डोम परिवारमाथि पटक–पटक ज्यादती हुँदै आएको पुष्टि गरे। ‘डोम परिवारको घरतिर कहिले शौचालयको फोहोर पानी बगाइदिने, कहिले दुव्र्यवहार गरिदिने काम भएको छ,’ उनले भने, ‘यो एकदम गलत काम हो।’

यता, आरोपित पक्षका दुखरन महतोले भने जातीय विभेदका कारण विवाद भएको कुरा अस्वीकार गर्दै सडकको जग्गा डोम परिवारले कब्जा गरेर राखेका कारण विवाद हुँदै आएको दाबी गरे।

पीडित परिवारले बुधबार जिल्ला प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म आरोपित पक्षसँग सोधपुछ नभएको बताइएको छ। सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले यस विषयमा बुझ्ने काम भइरहेको र यो पुरानो विवाद भएकोले अनुसन्धान गरिने बताएका छन् ।

Tags: #डोम परिवारमाथि कुटपिट#सिरहामा डोम परिवारमाथि ज्यादती

लोकप्रीय

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट
अपराध

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय

ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ

शुक्रबार भदौ २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.