NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर शुक्रबार भदौ २७ , २०८२
छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने शुक्रबार भदौ २७ , २०८२
विश्व चर्चित बन्दै सुशील कार्की, दोस्रो इतिहास लेख्दै शुक्रबार भदौ २७ , २०८२
सुशीलाको कार्यालय सिंहदरबार भित्रै,प्रधानमन्त्री बनाउन आदेश जारी हुँदै शुक्रबार भदौ २७ , २०८२
Next
Prev

समाचार

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
Reading Time: 1 min read
A A
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ भदौ , काठमाण्डौ ।

सम्भवतः राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने छन् । संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ। संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

सुशीला कार्कीलाई यसअघि खिलराज रेग्मीलाई जस्तै, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षका रूपमा नियुक्त गर्ने कि भन्नेबारे पनि छलफल चलेको थियो। निर्वाचन गराउन गठित अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष भन्ने कि प्रधानमन्त्री नै भन्ने भन्नेबारे पनि छलफल भएको थियो।

तर प्रधानमन्त्री नै भनौँ, संवैधानिक पद त्यही हो भनेर धेरैले सुझाएपछि राष्ट्रपति पनि त्यसमा सहमत भएका थिए । यसरी नियुक्त प्रधानमन्त्रीको मुख्य जिम्मेवारी निर्वाचन गराउने र अहिलेको आन्दोलनमा भएको दमन, त्यस क्रममा युवाहरूको मृत्यु भएको र त्यसपछिको विध्वंसको छानबिन गर्ने; यी दुई मुख्य काम हुने भनिएको छ।

नियुक्त प्रधानमन्त्रीले संसद् विघटन र चुनावको मिति सिफारिस गर्ने स्रोतले जनाएको छ । यसरी हेर्दा आजको जेनजी,सुशीला राष्ट्रपति र प्रधानसेनापति बीचको सामूहिक छलफलमा संसद विघटन गरेर जाने कि संसदसहित नागरिक अन्तरिम मन्त्रीपरिषद् गठन गर्ने विषयमा सहमतिपछि प्रधानमन्त्री नियुक्ति र सपथ हुने छ ।

यदि यो देशको सङ्कट मोचन गर्ने प्रमुख पात्र सुशीला कार्की भइन भने अब उनका लागि अरू सारथिहरूको पनि खोजी हुनु आवश्यक छ । अब बन्ने मन्त्री मण्डलमा कुलमान घिसिङ, डाक्टर सन्दुक रुइत, डाक्टर भगवान कोइराला, महावीर पुन जस्ता अभिभावकलाई अघि लगाएर जेनजी पुस्ताका नयाँ युवाहरू समावेश हुनु पर्दछ ।

अनि मात्र देशलाई एउटा बाटोमा हिँडाउन सकिन्छ । मन्त्रीका लागि जेनजीका तर्फबाट सुदन गुरुङ, बालेनका कानूनी सल्लाहकार ओमप्रकाश अर्याल लगायतको नाम पनि चर्चा छ । नेपाल यति बेला ऐतिहासिक मोडमा उभिएको छ।

संविधानले दिएको संरचना, लोकतान्त्रिक अभ्यास र सङ्घीय व्यवस्थालाई जेल्दै देशलाई नयाँ दिशातर्फ डो¥याउने अवसर मिलेको छ । त्यसको नेतृत्व महिलाको हातमा जाने निश्चित प्राय छ । तर यो अवसरलाई सुव्यवस्थित ढङ्गले प्रयोग नगरेसम्म अपेक्षित भविष्य सुनिश्चित हुँदैन।

नेपालले अब राजनीतिक स्थायित्व, सुशासन र समावेशी विकासको बाटो कोर्ने पर्ने बाध्यता अर्को तर्फ छ । त्यसका लागि एक जना पात्र मात्र सक्षम र सही भएर केही पनि हुदैन् । अब देशले पाउने मन्त्रीहरुपनि जेनजीले उठाएमा मुद्धाहरुमा मेल खाने खालका हुनु पर्छ ।

ती पात्रहरूको खोजीमा जेनजी फेरी कहीँ कतै चुके भने फेरि पनि देश र जनताको दूरदशा उस्तै हुने कुरामा दुई मत हुदैन् । नेपालको भविष्य स्थायित्व, पारदर्शिता र जबाफदेहितामा निर्भर छ। यहाँको लोकतन्त्र बलियो हुन्छ भने मात्र नागरिकको आशा पुरा हुन्छ।

यदि राज्यले सुशासन, न्याय र समान अवसर सुनिश्चित गर्न सक्यो भने नेपाल दक्षिण एसियामा नै समृद्धिको उदाहरण बन्न सक्छ। तर व्यक्तिगत स्वार्थ, भ्रष्टाचार र अस्थिरताले फेरी पनि देशको भविष्य धमिल्याउने सम्भावना पनि उत्तिकै रहन्छ ।

देशलाई अब शक्तिमा आधारित हैन नागरिकमा आधारित सरकार चाहिन्छ। यस्तो सरकारले मात्र जनताको आवश्यकता र आवाजलाई प्राथमिकता दिन सक्छ । नीति निर्माणमा पारदर्शिता र छलफलको प्रक्रिया अपनाउँछ । शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारमा काम गर्छ ।

युवालाई मातृभूमिमा नै गरी खाने अवसर प्रदान गर्छ । देशको अहिले आवश्यकता भनेको स्थायी सरकार नै हो । अब बन्ने सरकारले नयाँ निर्वाचन गराउँदा स्थायी सरकार बनाउने बाटो लिन्छ कि लिँदैन भन्ने कुराले मात्र नेपालको भविष्यलाई निर्धारण गर्छ ।

६ महिना एक वर्षपछि फेरी हिजोकै जस्तै ६, ६ महिनामा ढल्ने सरकार बने भने जेनजीहरुको बलिदानको औचित्य समाप्त हुने छ । अहिले सम्मका अस्थिर सरकार नै विकासका लागि प्रमुख बाधक बनेका हुन् । देशमा भ्रष्टाचारले यति सम्म जरो गाडेको छ यसलाई उखेल्न होस या नियन्त्रण गर्न अर्को सबै भन्दा ठुलो चुनौती छ ।

त्यसलाई चिदै सुशासन स्थापना नगर्दा सम्म जनतामा विश्वासको वातावरण बन्न सक्दैन । वैदेशिक रोजगारीको चक्रलाई तोडेर भित्रै अवसर सिर्जना गर्नु पर्ने अर्को चुनौती छ । समावेशीकरण र समानतालाई प्राथमिकतामा राखेर जातीय, क्षेत्रीय र लैङ्गिक विभेद अन्त्य नगरेसम्म देशको समग्र विकास सम्भव हुन सक्दैन ।

जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र स्रोतको दुरुपयोग नेपालका लागि दीर्घकालीन चुनौती हुन् । वैदेशिक सम्बन्ध अर्को महत्त्वपूर्ण पाटो छ । छिमेकी राष्ट्र र विश्व शक्तिसँग सन्तुलित सम्बन्ध राख्नु पनि ठुलो चुनौती हो।

अबको सरकारमा कस्ता व्यक्तिहरू मन्त्री हुनु पर्छ भन्ने बारेमा बहस सुरु गर्न ढिलो गर्नु हुदैन् । युवा पुस्ता जसले नयाँ सोच, नयाँ ऊर्जा र प्रविधि–अनुकूल योजना ल्याउन सक्न उनीहरूलाई मन्त्री मण्डलमा पहिलो प्राथमिकता दिनु पर्छ । देशमा आधा भन्दा बढी जनसङ्ख्या महिलाको छ ।

उनीहरू विना विकास सम्भव छैन। लामो समयदेखि उपेक्षित समुदायलाई समेटेर मात्र स्थायी शान्ति सम्भव छ। यस तर्फ पनि जेनजीहरुले ध्यान दिनु पर्छ । विशेषज्ञ र प्राविधिक विकासको पहिलो आधार हो । नीतिलाई व्यवहारमा उतार्न पेसागत दक्षता आवश्यक छ मन्त्रालय विभाजन गर्दा यसमा विशेष ध्यान दिनु आवश्यक छ ।

नेपालको भविष्य उज्यालो बनाउन सरकारलाई नागरिक–केन्द्रित, पारदर्शी र समावेशी बनाउनु जरुरी छ। चुनौतीहरू गम्भीर छन्,सँगै परिवर्तन र उदाहरणीय बन्ने अवसरहरुका कयौं ढोकाहरु समेत खुलेका छन् । त्यसलाई सदुपयोग गर्न सके पूरानो राज्यसत्ताविरुद्ध जेनजीले किन क्रान्ति गरे भन्ने पूर्णस्थापित हुनेछ ।

Tags: #राष्ट्रपति रामचन्द्र पौडेल#सुशीला प्रधानमन्त्री#सुशीलाको सरकार कस्तो हुनुपर्छ ?

लोकप्रीय

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२

विचार

थप समाचार

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा
Breaking news

ताजा समाचार

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
विश्व चर्चित बन्दै सुशील कार्की, दोस्रो इतिहास लेख्दै
ताजा समाचार

विश्व चर्चित बन्दै सुशील कार्की, दोस्रो इतिहास लेख्दै

शुक्रबार भदौ २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.