×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

३१ भाद्र २०८२

३१ भदौ , काठमाण्डौ ।

नेपाली बजारमा आज मंगलबार सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सुन प्रतितोला १९ सय रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य २० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ, त्यसका मुख्य कारणहरुमा विश्वव्यापी आर्थिक र राजनीतिक अस्थिरता, अमेरिका र चीन लगायतका महाशक्तिहरू बीच भइरहेको व्यापार युद्ध, अमेरिकी डलरको मूल्यको उतारचढाव, भूराजनीतिक तनाव र ब्याजदरमा हुने परिवर्तनहरू हुन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्वभाविकरुपमा नेपालमा पनि बढ्न जान्छ । यस्तै चीन र भारतसँगको आर्थिक सम्बन्ध र मुद्रा अवमूल्यन पनि एक कारण हो । यस्तै नेपालको भन्सार महसुल, विलासिता दस्तुर र १३% मूल्य अभिवृद्धि कर (भ्याट) ले पनि मूल्य बढाउन भूमिका खेलेको हो ।

नेपाली बजारमा मात्रै होइन विश्वमै लगानीकर्ताको सुरक्षित लगानीका रुपमा सुनमा लगानी रहेको छ । त्यसमाथि अमेरिका र अन्य विश्वका केन्द्रीय बैंकहरूले सुन खरीदमा वृद्धि गर्दा पनि त्यसको असर परेको हो । यी सबै कारणले गर्दा नेपालमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ, जसले उपभोक्तामा असर परेको छ भने व्यापारीहरूलाई नाफा भइरहेको छ ।

नेपाली बजारमा आगामी वर्षभित्रै सुन प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ । गएको तीन चार वर्षमा सुनको साविक मूल्यमा एक सय प्रतिशत भन्दाबढी मूल्य वृद्धि भई दुई लाखमाथि पुगिसकेको हो । यो दर अन्यन्त्रित ढंगले अझै बढ्ने क्रम जारी छ र बढ्दो दर कहाँनिर पुगेर स्थिर हुने हो कसैले अनुमान गर्न सक्ने अवस्था छैन् ।

मूल्य वृद्धिले विश्व सुनचाँदी बजारलाई पारेको प्रभावहरु देखिन थालेको छ । विशेषगरि सुनचाँदीको गरगहनाको व्यापार गर्ने दक्षिण एशियाली मुलुकहरु नराम्रो संग प्रभावित भइसकेको छ । त्यसमा पनि निम्न र मध्यम वर्गीय उपभोक्ताको वाहुल्यता भएको नेपाली बजार अहिले लगभग ठप्प प्रायः भइसकेको अवस्था छ ।

अन्त्य कस्तो हुन्छ थाहा छैन् तर अहिले पनि नेपाली सुनचाँदी क्षेत्र कोमामा पुगेको अवस्थामा छ भन्दा अत्युक्ति नहुने सुनचाँदी व्यवसायीहरु बताउँछन् । विगत एक दशक देखि महाशक्ति र शक्ति सम्पन्न राष्ट्रहरु बिच विश्व बजारमा कसले कति प्रभुत्व जमाउने भन्ने शीतयुद्ध चलिरहेको भएता पनि पछिल्लो चरणमा कर युद्धमा परिणत भएको छ ।

यसको मुख्य नेतृत्व अमेरिकाले गरिरहेको छ भने प्रतिरोध र प्रतिरक्षामा पहिलो पंक्तिमा चीन छ । यहि मुख्य कारणले विश्वभरका लगानीकर्ता र बैंकहरुले सुनमा लगानी बिस्तार गरेकाले सुनको मूल्य अन्यन्त्रित वृद्धि भएको हो र यो क्रम तुरुन्तै नरोकिने सुन विशेषज्ञहरुको प्रक्षेपण छ ।

यस्तै अमेरिकाको अर्थतन्त्र कमजोर हुँदै गइरहेको र अमेरिकाको लगभग ३६ ट्रिलियन डलर भन्दा बढी ऋण पुगेको र उनिहरुको वार्षिक टोटल जिडिबि ले उक्त ऋणको ब्याज पनि तिर्न गाह्रो पर्ने स्थिती रहेको जानकारहरु बताउँछन् यो कारणले उनिहरुको डलरको भ्यालु पनि कमजोर हुँदै गइरहेकोले डलर प्रतिको विश्वसनियता पनि कम हुँदै गएकोले विश्वका ठुला लगानीकर्ताहरुले सुनमा लगानी बिस्तार गर्ने र बैंकहरुले डलरको संचतिकरण घटाउँदै लग्ने र त्यसको सट्टामा सुनको सँचिति र भण्डारण बढाउँदै लगेकाले सुनको माग बढ्न गइ विश्व बजारमा सुनको मूल्यमा अस्वभाविक बढोत्तरी भएको हो भने विश्लेषकहरुको धारणा छ ।

कोरना कहरपछि उत्पन्न विश्वव्यापी आर्थिक मन्दीसंगै समग्र विश्व अर्थतन्त्रमा ठुलो असर परे संगै विश्व अर्थतन्त्रलाई चलायमान बनाइराख्ने शेयर बजार, रियलस्टेट, बीटक्वाइन लगायतका क्षेत्रहरू ठुलो गिरावट आएपछि विश्वासिलो र सुरक्षित लगानीको क्षेत्र सुनचाँदी भएकोले ठुला लगानीकर्ताहरुले सुनचाँदीमा लगानी बढाएकाले पनि सिन्को मूल्य वृद्धि हुनुको एउटा कारण बनेको सुन विश्लेषकहरुको धारणा छ ।

यस्तै विगत केहि बर्ष देखि इन्धन उत्पादनमा दखल भएका राष्ट्रहरु इजरायल र हमास तथा रुस र युक्रेन बीच चलिरहेको लामो युद्धको कारणले पनि विश्व अर्थतन्त्रमा अस्थिरता बढेको र सुनचाँदी लगायतका धातुजन्य वस्तुहरूको उत्पादन र यातायात लागत बढ्ने भएकोले पनि सुनचाँदीको मूल्य वृद्धि आएको भन्ने धारणा छ ।

यी कारणहरुले सुनचाँदीको मूल्य वृद्धि नरोकिएको भएतापनि स्विस बैंक, फ्रान्स, जर्मन, रुस ,जापान र विश्व बैंक लगायतले बिभिन्न समयमा गरेका अनुमान र भविष्यवाणीलाई आधार बनाएर भारतीय संचार माध्यमहरुले यो सुनको हालको वृद्धिदर सन् २०२५ को अन्त्य वा २०२६ को मध्यसम्म कायम रहेपनि तत्पश्चात घट्दै हालको दरमा ४० प्रतिशतले गिरावट आइ पुग्ने र नेपाली बजारमा प्रतितोला एक लाख वरिपरि सम्म आइपुग्ने प्रक्षेपण गरेका छन् ।

कारणहरु छन् विश्वमा सुन धेरै भण्डारण गर्ने देश मध्ये एक अमेरिका पनि भएकोले आफ्नो विग्रेको आर्थिक व्यवस्था मिलाउन आफ्ना सुनहरु विक्रीका लागि बजारमा ल्याउने र बजारमा सुनको मात्रा बढी हुनगई सुनको मूल्यमा भारी गिरावट आउने बताएको छ भने अर्को छ अमेरिका र चीनबीचको यो ट्रेड टसल लामो समय नजाने र सन २०१८ मा जस्तै चीन वार्तामा आउने र हालको समस्याहरु समाधान भइ फेरि सबै सामान्य हुने र संगै सुनको अत्याधिक वृद्धि पनि घट्ने विश्वास जानकारहरुको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top