NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली

बिहिबार अशोज २३ , २०८२
Reading Time: 1 min read
A A
आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ असोज , काठमाण्डौ ।

अध्यक्ष केपी ओलीसहित नेता महेश बस्नेतको पनि वासस्थान रहेको भक्तपुरको गुण्डुमा नेकपा एमालेले आज शक्ति प्रदर्शन गर्दैछ । एमाले भक्तपुर जिल्ला कमिटीले अहिले ११ बजेदेखि सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेला गर्दैछ ।

जसको प्रमुख अतिथि ओली रहनेछन् । उक्त कार्यक्रममा एमालेका अन्य शीर्षस्थ नेताहरू पनि सहभागी हुने आयोजकले जानकारी दिएका छन् । पछिल्लो समय सार्वजनिक कार्यक्रममा खासै ननिस्किएका अ‍ोलीले अहिले राजनीतिक गतिविधि गुण्डुबाटै सञ्चालन गरिरहेका छन् ।

एमाले शुक्रबार र शनिबार सचिवालय बैठक पनि राखेको छ । आगामी २७ देखि २९ सम्म केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । त्यसपूर्व अध्यक्ष ओलीले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसमेतलाई भर्चुअल बैठकमार्फत् सम्बोधन गरिसकेका छन् ।

आज पनि ओलीले पछिल्लो अवस्थाबारे धारणा राख्ने नेताहरूले बताएका छन् । यता ओलीमाथि आन्दोलनमा दमनकारी नीति लिएको आरोपमा उनलाई पक्राउ गरी कारबाही गर्न युवाहरुले प्रहरीमा उजुरी समेत दिएका छन् ।

उनीमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नसमेत युवाहरुले दबाब दिँदै आएका छन् । जेनजी युवा आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीलाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको छ ।

यो अवस्थामा ओली आज सहभागी हुने कार्यक्रम र उनले गर्ने भनिएको सम्बोधनलाई चासोका साथ हेरिएको छ । जेनजी युवा आन्दोलनपछि ओलीले पार्टीको नेतृत्व छोड्नुपर्ने बहस हुँदै आए पनि उनले त्यसलाई इन्कार गरेका छन् ।

पार्टीभित्र पनि यतिबेला नचाहिँदो हल्लाखल्ला मच्चाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आगामी असोज २४ गते बस्ने सचिवालय बैठकमा पदाधिकारीले ओलीको राजीनामालाई प्रमुख सर्त बनाउने तयारी गरिरहेका छन् ।

ओलीले सत्ता छोडेर भागेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई जेन–जीको माग बमोजिम अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरे। लगत्तै कार्कीले जेन–जीकै पहिलो सर्त रहेको प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन् ।

यसप्रति एमाले असन्तुष्ट छ र उसले अदालत जानुपर्ने निष्कर्ष निकालेको छ । यता जेनजी आन्दोलनको मर्मअनुसार पार्टी छिट्टै महाधिवेशनमा जानुपर्ने, त्यसका लागि आयोजक समिति बनाउनुपर्ने र त्यसको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिनुपर्ने नेताहरूको माग छ ।

एमालेको नेतृत्व हस्तान्तरण अनिवार्य सर्त भन्दै केही नेताले पार्टीभित्रै गतिविधि बढाइरहेका छन् । यता, सरकारले फागुन २१ गते चुनाव गर्न सबै हिसाबले तयारी तीव्र पारिसकेको छ । तथापि, ओली एमाले अध्यक्ष पद छाड्न तयार छैनन् ।

प्रायः हरेक कुरामा प्रतिक्रिया दिइहाल्ने ओलीले नेपाली राजनीतिमा आएको पछिल्लो बदलावलाई आफूविरुद्धको ‘षड्यन्त्र’ भनेर टार्ने कोसिस गरिरहेका छन् । यसले पनि एमालेभित्रको आन्तरिक राजनीति पेचिलो बन्न थालेको देखिन्छ ।

पार्टीकै पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरू ओलीलाई तत्काल हटाउनपर्ने पक्षमा उभिन थालेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीले यसबारे आगामी असोज २४ गते बस्ने सचिवालय बैठकमै निर्णायक छलफल हुने बताएका छन् ।

विगतको जस्तो साधारण खालको भन्दा पनि प्रष्ट र खुला कुरा गर्नुपर्छ भन्ने समझदारी अनुसार नेताहरूबाट धारणा आउने उनी बताउँछन् । ईश्वर पोखरेललाई कार्यबाहक बनाएर महाधिवेशनमा जानुपर्ने कुरा नेताहरूले उठाइरहेको उनी बताउँछन् ।

यता जेनजी प्रदर्शनपछि कांग्रेसले पनि आज पदाधिकारी बैठक बोलाएको छ । दिउँसो १ बजे होटल हिमालय ललितपुरमा बोलाएको बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा, जेनजी आन्दोलन, त्यसपछिको अवस्थालगायतका विषयमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसको आजको बैठकमा सभापति शेरबहादुर देउवा भने नजाने भएका छन् । देउवा स्वयम्ले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका थिए । तर, देउवा पदाधिकारी बैठकमा नजाने निर्णय भएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनले आज बस्ने पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ललितपुरको कुपण्डोलस्थित एक होटलमा हुने जानकारी दिए । हिजो रातिसम्म देउवा बैठकमा सहभागी हुने निश्चित थियो, तर आज बिहान उनले सुरक्षा ‘थ्रेड’लाई लिएर बैठकमा नजाने निर्णय गरेका हुन् ।

जेन–जी आन्दोलनका क्रममा उनीमाथि गत २४ भदौमा आक्रमण भएको थियो । प्रदर्शनकारीले उनको बूढानीलकण्ठस्थित घरमा आगजनी गरेका थिए । हाल देउवाले आफू रहेको निवास सार्वजनिक गरेका छैनन् ।

Tags: #गुण्डुमा एमालेको शक्ति प्रदर्शन

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

00:19:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.