×

NEPAL TIMES UPDATES

Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

२७ आश्विन २०८२

२७ असोज , काठमाण्डौ ।

टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज कतारसँग खेल्दै छ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे ओमानमा हुनेछ ।

Advertisement

नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको थियो । कतार भने हिजो ओमानसँग ३४ रनले पराजित भएको थियो । नेपाल जारी प्रतियोगिताको अपराजित टोली हो ।

साथै, आज ओमान र युएई पनि प्रतिस्पर्धा गर्दै छन् । यो खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे हुँदै छ । सुपर सिक्सको खेलपछि शीर्ष तीन टोली आगामी वर्ष भारत र कतारमा हुने टी– २० विश्वकपका लागि छनोट हुनेछन् ।

सुपर सिक्समा नेपाल, यूएई, ओमान, कतार, सामोआ र जापानबीच प्रतिस्पर्धा जारी छ । हिजोको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।

यूएईलाई अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा तीन विकेट गुमाएर एक रन मात्र जोड्न सक्यो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ । नेपाल दुई खेलमा चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

दुई खेलमा चार अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । यूएई दुई खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ । सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।

नेपाल र कतार यसअघि ३ पटक आमनेसामने भएका छन् । यसमध्ये २ खेल नेपालले र एक खेल कतारले जितेको छ । पछिल्लो पटक नेपालले कतारलाई गत अप्रिलमा ८ विकेटले हराएको थियो ।

त्यसअघि सन २०२४ को अप्रिलमा नेपाल ३२ रहने विजयी भएको थियो । कतारले सन २०१९ को जुलाईमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो । अब आज कतारको सामना गर्दा पक्कै पनि नेपाली क्रिकेटप्रेमीलाई सो वर्षको सम्झना आउने छ ।

किनभने त्यो बेला नेपाली क्रिकेट टोली आफ्नो अन्तर्राष्ट्रिय यात्रामा सबैभन्दा अनेपेक्षित हार ब्यहोरेको थियो । सोबेला यी दुवै टोली पहिलो पटक आमने सामने भएका थिए ।

नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य कतारले चार बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यसयता यी दुईबीच भएका दुई खेल भने नेपालले आफ्नो पक्षमा पारेको छ ।

अब आज पनि ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा उच्च लयमा रहेको नेपाल संघर्षरत कतारसँग सजक भने रहनेछ । टोलीले प्रतिपक्षलाई कमजोर आँक्ने गल्ती गर्नेछैन ।

रोहितकुमार पौडेलेको कप्तानीमा रहेको नेपाल सुपर सिक्समा लगतार दोस्रो जितसँगै विश्वकपमा पुग्ने सम्भावनालाई अझै बलियो बनाउ चहान्छ । यता मिर्जा मोहम्मद बेगको कप्तानीमा कतारले तीन खेलमा दुई हार र एक जितको नतिजा निकालेको छ ।

समूह चरणमा युएईसँग सात विकेटको हार बेहोरेको कतारले मलेसियालाई आठ विकेटले हराएको थियो । यसैगरी टोली सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली ओमानसँग ३४ रनले पराजित भएको थियो ।

कतार नेपालविरुद्ध जित निकाल्दै विश्वकमा छनोट हुने सम्भावनालाई जिवितै राख्ने सोचमा छ । नेपालले पर्सि बुधवार ओमान र आउँदो शुक्रवार सामोआसँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top