×

NEPAL TIMES UPDATES

Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

३० आश्विन २०८२

३० असोज , काठमाण्डौ ।

आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ राइनोजमर बनेको छ । आगामी वर्ष हुने विश्वकपमा छनोट भइसकेको नेपाल लगातार तेस्रो जित निकाल्ने क्रममा शीर्ष स्थानमा रहेको घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकाल्दै आफूलाई तालिकाको शीर्ष स्थानमा पुर्याएको छ ।

Advertisement

जितसँगै सुपर–६ को शीर्ष स्थानमा उक्लिएको नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ । नेपालले अब प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार कमजोर मानिएको समाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

समाओ तुलनात्मक रुपमा निक्कै कमजोर मानिएकाले अब नेपाल विश्वकप छनोटको च्याम्पियन बन्ने सुनिश्चित देखिएको छ । बुधबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११३ रनमात्र बनाउन सक्यो ।

ओमानका विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५, ओपनर तथा कप्तान जतिन्दर सिंहले १४ र आर्यन बिष्टले ११ रन थपे ।ओमानलाई सस्तैमा रोक्न नेपालका गुल्सन झाले तीन विकेट लिए ।

चार ओभर बलिङ गरेका गुल्सनले ३१ रन खर्चिए । सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए । सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल खडा गरेको थियो ।

नेपालका ओपनरका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रन बनाए । उनले ५१ बलमा सात चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १३औँ अर्धशतक हो ।

जारी प्रतियोगितामा भने भुर्तेलको यो दोस्रो अर्धशतक हो । अर्का ओपनर आसिफ सेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रन थपे । यी दुईले ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

तर, मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन । गुल्सन झाले नौ बलमा दुई छक्कासहित १८ रन थप्दा नेपालको स्कोर उकासिएको थियो । मोहम्मद आदील आलमे १५ बलमा तीन चौका प्रहार गर्दै १६ रन जोडे ।

ओमानका नदीम खानले चार विकेट लिए । चार ओभर किफायती बलिङ गरेका नदीमले २० रनमात्र खर्चिए । सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई विकेट लिए ।

नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको सनसनीपूस्र्ण जित निकालेको थियो । त्यसअघि नेपालले समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

यो जितका बावजुद नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेल अगावै आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको थियो । नेपालले समग्रमा तेस्रो पटक टी–२० विश्वकपको टिकट काटेको हो ।

यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलिसकेको छ । यता, नेपालसँग पराजित ओमानले पनि विश्वकपमा स्थान सुनिश्चित गरिसकेको छ । अब अन्तिम म्याचमा शुक्रबार सामोआलाई पनि पराजित गरेको खण्डमा नेपाल प्रतियोगिताकै अपराजित च्याम्पियन बन्दै विश्वकप छनोटको ट्रफीसहित घर फर्किनेछ ।

सुपरसिक्सको शीर्ष ३ मा रहने टिमहरू भारत र श्रीलंकामा अर्को वर्ष हुने विश्वकपमा पुग्नेछन् । हिजोमात्रै समाओविरुद्ध यूएईले प्रतियोगिताकै विशाल लक्ष्य दिएर ७७ रनको जित हासिल गरेको थियो ।

यस्तै सुपर सिक्सको खेलमा कतारले जापानलाई ३ विकेटले पराजित गरेको थियो । नेपाल र ओमानसहित अब एक टोली विश्वकपमा पुग्दैछन । आज यूएइ र जापान तथा कतार र समाओबीच खेल हुर्दैछ ।

ओमानविरुद्धको नेपाल जितलाई एक खेलको परिणाम मात्र नभइ नेपालको निरन्तर परिश्रम, रणनीतिक सोच र उदीयमान युवा खेलाडीहरूको समर्पणको प्रतिबिम्बका रुपमा हेरिएको छ ।

हिजोको खेलमा कुशल भुर्तेल, गुलशन झा र सन्दीप लामिछानेजस्ता खेलाडीहरूले फेरि देखाएका छन् कि नेपाल केवल सहभागी मात्र होइन, प्रतियोगितामा ‘दावेदार’ हो। विश्व कपको यात्रा नजिकिँदै गर्दा, अब चुनौती यही लयलाई निरन्तरता दिने र आफ्नो खेललाई अर्को स्तरमा पु¥याउने हो।

नेपाल क्रिकेट केवल अंकमा होइन, आत्मविश्वासमा पनि शीर्ष स्थानमा पुगेको छ । र अब यो आत्मविश्वासलाई विश्वमञ्चमा सुनौलो इतिहासमा परिणत गर्ने अवसर समेत आएको छ ।

Advertisement

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top