३० असोज , काठमाण्डौ ।
आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ राइनोजमर बनेको छ । आगामी वर्ष हुने विश्वकपमा छनोट भइसकेको नेपाल लगातार तेस्रो जित निकाल्ने क्रममा शीर्ष स्थानमा रहेको घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकाल्दै आफूलाई तालिकाको शीर्ष स्थानमा पुर्याएको छ ।
जितसँगै सुपर–६ को शीर्ष स्थानमा उक्लिएको नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ । नेपालले अब प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार कमजोर मानिएको समाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समाओ तुलनात्मक रुपमा निक्कै कमजोर मानिएकाले अब नेपाल विश्वकप छनोटको च्याम्पियन बन्ने सुनिश्चित देखिएको छ । बुधबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११३ रनमात्र बनाउन सक्यो ।
ओमानका विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५, ओपनर तथा कप्तान जतिन्दर सिंहले १४ र आर्यन बिष्टले ११ रन थपे ।ओमानलाई सस्तैमा रोक्न नेपालका गुल्सन झाले तीन विकेट लिए ।
चार ओभर बलिङ गरेका गुल्सनले ३१ रन खर्चिए । सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए । सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल खडा गरेको थियो ।
नेपालका ओपनरका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रन बनाए । उनले ५१ बलमा सात चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १३औँ अर्धशतक हो ।
जारी प्रतियोगितामा भने भुर्तेलको यो दोस्रो अर्धशतक हो । अर्का ओपनर आसिफ सेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रन थपे । यी दुईले ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
तर, मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन । गुल्सन झाले नौ बलमा दुई छक्कासहित १८ रन थप्दा नेपालको स्कोर उकासिएको थियो । मोहम्मद आदील आलमे १५ बलमा तीन चौका प्रहार गर्दै १६ रन जोडे ।
ओमानका नदीम खानले चार विकेट लिए । चार ओभर किफायती बलिङ गरेका नदीमले २० रनमात्र खर्चिए । सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई विकेट लिए ।
नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको सनसनीपूस्र्ण जित निकालेको थियो । त्यसअघि नेपालले समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
यो जितका बावजुद नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेल अगावै आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको थियो । नेपालले समग्रमा तेस्रो पटक टी–२० विश्वकपको टिकट काटेको हो ।
यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलिसकेको छ । यता, नेपालसँग पराजित ओमानले पनि विश्वकपमा स्थान सुनिश्चित गरिसकेको छ । अब अन्तिम म्याचमा शुक्रबार सामोआलाई पनि पराजित गरेको खण्डमा नेपाल प्रतियोगिताकै अपराजित च्याम्पियन बन्दै विश्वकप छनोटको ट्रफीसहित घर फर्किनेछ ।
सुपरसिक्सको शीर्ष ३ मा रहने टिमहरू भारत र श्रीलंकामा अर्को वर्ष हुने विश्वकपमा पुग्नेछन् । हिजोमात्रै समाओविरुद्ध यूएईले प्रतियोगिताकै विशाल लक्ष्य दिएर ७७ रनको जित हासिल गरेको थियो ।
यस्तै सुपर सिक्सको खेलमा कतारले जापानलाई ३ विकेटले पराजित गरेको थियो । नेपाल र ओमानसहित अब एक टोली विश्वकपमा पुग्दैछन । आज यूएइ र जापान तथा कतार र समाओबीच खेल हुर्दैछ ।
ओमानविरुद्धको नेपाल जितलाई एक खेलको परिणाम मात्र नभइ नेपालको निरन्तर परिश्रम, रणनीतिक सोच र उदीयमान युवा खेलाडीहरूको समर्पणको प्रतिबिम्बका रुपमा हेरिएको छ ।
हिजोको खेलमा कुशल भुर्तेल, गुलशन झा र सन्दीप लामिछानेजस्ता खेलाडीहरूले फेरि देखाएका छन् कि नेपाल केवल सहभागी मात्र होइन, प्रतियोगितामा ‘दावेदार’ हो। विश्व कपको यात्रा नजिकिँदै गर्दा, अब चुनौती यही लयलाई निरन्तरता दिने र आफ्नो खेललाई अर्को स्तरमा पु¥याउने हो।
नेपाल क्रिकेट केवल अंकमा होइन, आत्मविश्वासमा पनि शीर्ष स्थानमा पुगेको छ । र अब यो आत्मविश्वासलाई विश्वमञ्चमा सुनौलो इतिहासमा परिणत गर्ने अवसर समेत आएको छ ।