NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ?

मङ्लबार कार्तिक १८ , २०८२
Reading Time: 1 min read
A A
गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ कार्तिक , काठमाण्डौ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुँदैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो ।

बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने बताइएको छ । महामन्त्री गगन थापाले आजको बैठकमा १५ औं महाधिवेशन कार्यतालिका पेस गर्ने भनिएको छ ।

LS Auto

सोमबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ललितपुरको धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको औपचारिक तथा अनौपचारिक छलफलमा आजको केन्द्रीय समितिमा महामन्त्री थापा उपस्थित हुने र आफ्ना कुरा राख्ने समझदारी बनेको थियो ।

त्यसअनुसार आज सुरूमा कार्यवाहक सभापति खड्काले कुरा राख्नेछन् । त्यसपछि उनले बोल्न महामन्त्री थापालाई समय दिनेछन् । महामन्त्री थापाले आफ्ना कुरा राखेर १५ औं महाधिवेशन प्रस्ताव पेस गर्नेछन् ।

उनले यसअघि केन्द्रीय कार्यसम्पादन समितिमा विभिन्न विकल्पसहित महाधिवेशन प्रस्ताव पेस गरे पनि सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारी सहमत नहुँदा केन्द्रीय समितिमा महाधिवेशन प्रस्ताव पेस हुन सकेको छैन ।

कात्तिक १३ गतेको केन्द्रीय समिति बैठकमै महामन्त्री थापाले महाधिवेशन प्रस्ताव पेस गर्न समय माग गरेका थिए । तर कार्यवाहक सभापति खड्काले केही दिन समय दिन भनेका थिए भने थापा उक्त दिन केन्द्रीय समितिमै अनुपस्थित रहे ।

त्यसपछि केन्द्रीय समिति बैठक रोकेर कार्यवाहक सभापति खड्काले नेताहरूसँग संवाद गर्दै आएका थिए तर १५ औं महाधिवेशन कार्यतालिकामा अझै सहमति जुट्न सकेको छैन । अब आज महामन्त्री थापाले केन्द्रीय समितिमा आफ्ना कुरा राखेपछि महाधिवेशन कार्यतालिका प्रस्ताव गर्नेछन् ।

महामन्त्री थापाले सकेसम्म मंसिरमै केही कारणले ढिला हुने भए पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न सकिने बताइरहेका छन् । यस्तै सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना), फरमुल्लाह मन्सुर, भिष्मराज आङ्देम्बे, केन्द्रीय कार्यसम्पादन समिति सदस्य रमेश रिजाल, जिपछिरिङ लामाले चुनावअघि १५ औं महाधिवेशन गर्नुपर्ने कुरा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राख्दै आएका छन् ।

सभापति देउवानिकट अरू पदाधिकारी र पूर्वपदाधिकारी विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, शशांक कोइरालालगायतले चुनावपछि महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

तर महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । यसैबीच सभापति शेरबहादुर देउवानिकट केही केन्द्रीय सदस्यहरूले सोमबार बानेश्वरमा भेला गरी चुनावपछि वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

त्यसअनुसार केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका प्रस्ताव लैजाने पक्षमा केन्द्रीय सदस्यहरू छन् । साथै आजै मध्याह्न नयाँ बानेश्वरमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले पनि भेला राखेका छन् ।

सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिमा प्रस्ताव गर्न कार्यतालिका बनाएको केन्द्रीय सदस्य गुरू बरालको भनाइ छ । पुस १५ गतेभित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरिसक्नु पर्ने, सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनको लागि जागरण अभियान चलाउने र फागुन २१ को चुनावलाई समानुपातिक र प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्ने, राष्ट्रिय सभा को उमेदवार पनि सिफारिस गर्ने कुरा प्रस्तावित कार्यतालिकामा उल्लेख छ ।

प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको १५ औ केन्द्रीय महाधिवेशन वैशाख २५, २६, २७ र २८ मा गर्न उनीहरूले प्रस्ताव गरेका छन् । यसैबीच सभापति शेरबहादुर देउवाले पनि संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् ।

विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् ।

संस्थापन पक्षीय नेताहरूको अनौपचारिक बैठकमा सभापति देउवाले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन आफूलाई निर्देशन दिएको जानकारी कार्यवाहक सभापति खड्काले दिएका हुन् ।

देउवा हाल उपचारका क्रममा सिंगापुरमा छन् । सिंगापुरबाटै देउवाले खड्कालाई यस्तो निर्देशन दिएका हुन् । खड्कामात्रै होइन सहमहामन्त्री किशोरसिंह राठोरले पनि आफूलाई सिंगापुरबाट देउवाले टेलिफोन गरेर विशेष महाधिवेशन नगर्ने वातावरण निर्माण गर्न भनेको बताएका थिए ।

देउवाले आफू निकटका अरू पदाधिकारीलाई विशेष महाधिवेशनले पार्टीलाई राम्रो नगर्ने भन्दै त्यसतर्फ पार्टीलाई नलैजान भनेका छन् । यता देउवा नजिकका केही नेताहरू पनि आगामी निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको छलफलमा देउवा पक्षका चारजना केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले स्पष्ट रूपमा ’पहिले महाधिवेशन, त्यसपछि निर्वाचन’ भन्ने अडान राखेका हुन् ।

यी सदस्यहरू हुन् — फरमुल्लाह मन्सुर, रमेश रिजाल, जिपछिरिङ लामा, र भिष्मराज आङदाम्बे । मन्सुर र आङदाम्बे दुवै कांग्रेसका निर्वाचन सह–महामन्त्री हुन् । उनीहरूले फागुन २१ मा हुने भनिएको निर्वाचनअघि नै नयाँ नेतृत्वको म्यान्डेट लिएर जानुपर्ने बताएका छन् ।

त्यस्तै, अर्की निर्वाचित सह–महामन्त्री डिना उपाध्यायले पनि यसअघि नै महाधिवेशनको विवाद टुंग्याएर नयाँ ऊर्जा र नयाँ टोलीसहित निर्वाचनमा जानुपर्ने बताइसकेकी छन् । सोमबारको छलफलमा सहभागी नेताका अनुसार, कांग्रेस नेतृ सुजाता कोइरालाले पनि देउवा नेतृत्वलाई खुलेर चुनौती दिँदै भनिन्, ’पुराना अनुहार लिएर अब चुनावमा जान सकिँदैन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर मात्रै जनतामा जानुपर्छ।’

देउवा पक्षका नेताहरूको यस्तो धारणा आउनु पार्टीभित्रको सन्तुलनमा नयाँ संकेतका रूपमा हेरिएको छ । विगतमा देउवाप्रति निष्ठावान मानिने यी नेताहरू अहिले संस्थापन नेतृत्वको महाधिवेशन ढिलो गर्ने रणनीतिसँग असन्तुष्ट देखिन थालेका छन् ।

कांग्रेसको विधानअनुसार, जब केन्द्रीय कार्यसमिति बैठक बस्न सक्दैन, कार्यसम्पादन समितिले निर्णय लिन्छ र त्यसलाई पछि केन्द्रीय समितिबाट अनुमोदन गरिन्छ । विधानले कार्यसम्पादन समितिमा सभापतिसहित १४ पदाधिकारी र ३१ सदस्य, अर्थात् ४६ सदस्य रहने व्यवस्था गरेको छ ।

हाल भने यो समिति ३७ सदस्यीय मात्र सक्रिय छ । पार्टीभित्रको पछिल्लो बहसले स्पष्ट देखाएको छ — अब महाधिवेशन मिति विवाद केवल संस्थापन र इतर समूहबीचको मात्र रहेन, देउवा पक्षभित्रै पनि नेतृत्व–परिवर्तनको माग उब्जिन थालेको छ ।

Tags: #कांग्रेसमा महाभारत#गगनको महाधिवेशन प्रस्ताव

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.