×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

२२ कार्तिक २०८२

२१ कार्तिक , काठमाण्डौ ।

यो देशको सबै भन्दा पुरानो अनि पछिल्लो निर्वाचनसम्मको सबै भन्दा ठुलो दल निर्वाचन आउन ४ महिना मात्रै बाकी रहदासम्म पनि अन्योलमा छ । त्यसको एक मात्र कारण जेनजी विद्रोह पछि उठेको परिर्वतनको माग अनुसार अव काँग्रेसमा युवा पुस्ता नेतृत्व आउनेछन् भन्ने डर नै हो ।

वृद्ध पार्टी सभापति शेरबहादुर देउवा पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर सिंगापुर तर्फ लागेका छन् भने काँग्रेस यहाँ उनकै आदेशमा पार्टीमा उदयमान बन्दै गएका युवा नेता गगन थापा र विश्व प्रकाश शर्मालाई रोक्न सात भाइ लागि परेका छन् ।

कुनै बेला बिपी कोइराला र सुवर्ण शमशेरले चलाएको काँग्रेस अब गगन र विश्व प्रकाशले चलाउनु पर्छ भन्ने माग आम कार्यकर्तामा उठीरहेको छ । तर यसलाई टार्न देउवा र उनको गुट सबै शक्ति खर्च गरेर लाग्दा काँग्रेस अनिर्णयको बन्दीमा परेको छ ।

देशको सबै भन्दा ठुलो पार्टी त्यसमा पनि पाँच पटक यो देशको प्रधानमन्त्री भई सकेका वृद्ध नेता छैटौँ पटक प्रधानमन्त्री बन्नका लागि घरमा नै पालो कुरेर बसेका थिए । उनको साथमा थिइन धर्म पत्नी देशकै शक्तिसाली परराष्ट्र मन्त्री आरजु राणा ।

नेपाली राजनीतिमा तिन दश भन्दा बढी शक्ति केन्द्रमा बसेका काँग्रेस सभापति देउवालाई नेकपा एमाले सँग सत्ता सहकार्य गर्दा आजको अवस्था आउला भन्ने कल्पना समेत थिएन । पार्टी भित्र एमालेसँगको सहकार्यका बारेमा बारम्बार कुरा उठीरहेको थियो ।

तर सुविधाजनक तरीकाले आफ्नो पोल्टामा छैटौँ पटक प्रधानमन्त्री आउने लोभमा देउवाले कसैका कुरा सुनेन ,उल्टै श्रीमतीलाई हाबी बनाउँदै केपी शर्मा ओलीको सुरक्षा कबजका रूपमा अगाडी बढाए ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहले ८० वर्ष लामो इतिहास बोकेको नेपाली काँग्रेसलाई सबै भन्दा लज्जाको अवस्थामा पु¥यायो । त्यो पनि सभापति कै कारणले । सभापतिले घरमा नै मरणासन्न हुने गरी कुटाइ खानु प¥यो ।

सेनाले उद्धार गरेर ज्यान जोगियो । घरमा आगजनी मात्र भएन त्यहाँ जलेका पैसाका बिटाले धेरै प्रश्नहरू समेत खडा ग¥यो । काँग्रेस यति लामो इतिहासमा अहिले सम्मका पार्टी सभापतिले यस्तो अवस्था कसैलेपनि भोग्नु परेको थिएन ।

यहाँ शेरबहादुर उनकी पत्नीले कुटाइ खाएको कुरा मात्र हैन देशको सबै भन्दा पुरानो अनि लोकतन्त्रिक पार्टीका प्रमुखले किन यो अवस्था भोग्नु प¥यो त भन्ने मूल प्रश्न हो। तर यसको उत्तर सहज छ । त्यसको कारण सभापति देउवा र धर्मपत्नी आरजु नै प्रमुख पात्र हुन् ।

त्यसमा साथ दिन सात भाइ देखा परेका छन् । तिनै सात भाइ अहिले काँग्रेसमा युवा पुस्ताहरूको आगमनलाई रोक्नका लागि शक्तिका साथ लागिपरेका छन् । काँग्रेस सभापति देउवाले सिंगापुर बाटै महाधिवेशन नगर्न निर्देशन दिई रहेका छन् ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिहरूले लिखित माग गरेका छन् । तर त्यसलाई शेरबहादुरका सात भाई पार्टी फुटाउने चाल भन्दै आरोप लगाइ रहेका छन् । काँग्रेस सात भाइ र तीनका पछाडि लाग्ने नेताहरूका कुरा सुन्दा जेनजी आन्दोलनको माग र अहिलेको आवश्यकता के हो भन्ने कुरा नबुझेको जस्तो लाग्छ।

उनीहरू हिजो कै जस्तो नेपो बेबी काँग्रेस, भ्रष्ट काँग्रेस र आर्शीवादले चल्ने काँग्रेस निर्माणमा लागि परेका छन् । अहिले देखिएका सात भाइ यो देशमा पटक पटक सत्ता र शक्तिमा बसेका पात्रहरू हुन । उनीहरूले के के गरेका छन् भन्ने हिसाब जनताले राखेका छन् ।

तर उनीहरू परिवर्तनलाई स्विकारेर पार्टीमा नयाँ पुस्ता आओस् भन्ने चाहाना समेत राख्न सक्दैन । उल्टै वाधक बनेर फेरी सत्तामा पुगिन्छ कि भन्ने आशाको त्यान्द्रो समाएर बसेका छन् ।

आज जेनजी विद्रोह सफल भएर प्रमुख राजनीतिक दलहरू पर्दाबाट हटेको २ महिना पुरा हुन लागेको छ । तर देशको सबै भन्दा ठुलो दल सात भाइको चङ्गुलमा परेर यथास्थितिमा रोकिएको छ ।

नयाँ परिस्थीमा कसरी अघि बढ्ने भन्दा पनि महाधिवेशन गर्ने कि न गर्ने भन्ने किचलोमा फसेको काँग्रेसले फागुन २१ गतेको निर्वाचनमा कस्तो परिणाम ल्याउला भन्ने अनुमान अहिले नै गर्न सकिन्छ ।

काँग्रेसका पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महतको स्वार्थका कारण आज काँग्रेस अनिर्णयको बन्दी बन्न पुगेको छ ।

उनीहरूको एउटै दाउ छ काँग्रेस सकिए पनि शेरबहादुर पछि हाम्रो हैकम काँग्रेसमा चल्नु पर्छ । नेपालको राजनीतिक इतिहासमा नेपाली काँग्रेस केवल एउटा दल होइन, यो लोकतान्त्रिक आन्दोलनको मेरुदण्ड हो।

यसले देशलाई निरङ्कुशताबाट मुक्त ग¥यो, संविधानसभाको बाटो खोलेको छ, र लोकतान्त्रिक मूल्यको संस्थापकको रूपमा ख्याति कमाएको छ। तर अहिलेको अवस्थामा बिपी कोइराला र सुवर्ण शम्शेरले हाँकेको काँग्रेसको नेतृत्व अब गगन थापा र विश्वप्रकाश शर्माजस्ता नयाँ पुस्ताले लिनुपर्छ भन्ने आवाज पनि काँग्रेसमा बलियो बन्दै गएको छ ।

या केवल व्यक्तिको नेतृत्व परिवर्तनको होइन, काँग्रेसको आत्मा पुनर्जीवनको पनि हो। विगत तीन दशकमा काँग्रेस, एमाले र माओवादीको गठबन्धन–राजनीतिले देशलाई स्थायित्वभन्दा बढी अस्थिरता र निराशा दिएको छ।

काँग्रेस स्वयं आन्तरिक गुटबन्दी, पुरानो सोच र नेतातर्फको निर्भरता हटाउन नसक्दा आफ्नो वैचारिक धार नै मन्द हुँदै गएको छ। यिनै कारणहरूले अहिले “काँग्रेसलाई नयाँ पुस्ताले हाँक्नुपर्छ” भन्ने आवाज देशभरि गुन्जिन थालेको हो।

गगन थापा र विश्वप्रकाश शर्मा दुवै पुराना राजनीतिक संस्कृतिबाट केही भिन्न छन्। उनीहरू जनताको मर्म बुझ्न सक्षम, संवाद प्रिय र वैचारिक दृष्टिले अपेक्षाकृत आधुनिक छन्। गगन थापाले स्वास्थ्य, शिक्षा र सुशासनका सवालमा संसद् र सडक दुवैमा स्पष्ट आवाज उठाएका छन्।

विश्वप्रकाश शर्माले सङ्गठनलाई आधुनिक र नीति–आधारित बनाउन खोजेका छन्। तर, काङ्ग्रेसजस्तो विशाल र परम्परागत दलमा नेतृत्व प्राप्त गर्नु सजिलो कुरा होइन—यहाँ केवल योग्यता होइन, सञ्जाल र शक्ति समीकरण पनि बराबर तौलिन्छ।

बिपी कोइरालाको युगमा काँग्रेस विचार र आस्थाको दल थियो। सुवर्ण शम्शेरले त्यस विचारलाई संसाधन र कूटनीतिक तहमा सुदृढ बनाए। तर आजको काँग्रेस चुनाव जित्ने मेशिनभन्दा बढी देखिँदैन।

आन्तरिक लोकतन्त्र कमजोर छ, दलभित्रै असमानता र अवसरको अभाव छ। यस्तो अवस्थामा, यदि गगन र विश्वप्रकाशले नेतृत्व लिने तयारी गर्दै छन् भने, उनीहरूले पहिलो काम दलभित्रको नैतिक र वैचारिक पुनर्जागरण गर्नुपर्नेछ।

अहिलेको परिस्थिति पनि नयाँ पुस्ताको पक्षमा बोल्छ। पुराना नेताहरूबिच अविश्वास बढेको छ, गठबन्धन–राजनीतिले काँग्रेसको स्वतन्त्रता खुम्च्याएको छ। युवापुस्तामा ‘वैकल्पिक तर स्थायी’ नेतृत्वको खोजी चलिरहेको छ।

यदि काँग्रेसले यस अवसरलाई नयाँ पुस्तामा सुम्पिएन भने, यसको वैचारिक अधिष्ठान क्रमशः हराउँदै जानेछ र वैकल्पिक शक्तिहरू—जस्तै रास्वपा, विवेकशील, वा अब उदाउँदै गरेका जेन–जी आन्दोलनका नेतृत्वहरू—जनमत कब्जा गर्न सफल हुनेछन् ।

बिपी र सुवर्णको काँग्रेसले देशमा लोकतन्त्र ल्याएको थियो, अब गगन र विश्वप्रकाशको पुस्ताले जेनजी क्रान्ति र जनभावना अनुरुप त्यस लोकतन्त्रलाई सक्षम, पारदर्शी र जनउत्तरदायी बनाउने जिम्मेवारी लिन सकोस् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top