NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२
Reading Time: 1 min read
A A
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ कार्तिक , काठमाण्डौ ।

‘विराटनगर किङ्स’ को मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । यस्तै बलिङ प्रशिक्षकमा धमिका प्रशादलाई भित्र्याइएको छ ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्सले प्रभावशाली खेलाडीसहित प्रशिक्षकलाई समेत भित्र्याएर आफूलाई प्रतियोगिताको प्रमुख विजेता दाबेदारको रुपमा उभ्याएको छ ।

LS Auto

पुबुदु दशानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ। श्रीलङ्काली मूलका अमेरिकन प्रशिक्षक पुबुदुले पहिले नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रूपमा कार्य गरिसकेका हुन् ।

दुई पटक नेपाल राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनिसकेका पुबुदु नेपालका लागि सफल प्रशिक्षक मध्ये प्रमुख मानिन्छन् । उनले २०११ देखि २०१५ सम्म नेपाली टिमको प्रशिक्षण गरेका थिए ।

उनकै कार्यकालमा नेपाल पहिलो पटक विश्वकप टी २० मा छनोट भएको थियो । उनी एनपीएलमा पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन सफल भएका थिए। यस्तै साथै, टोलीले बलिङ प्रशिक्षकको रूपमा पूर्व श्रीलङ्कन प्रशिक्षक धमिका प्रशादलाई नियुक्त गरेको छ।

पहिलो सिजन न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल ल्याएर खेलाएको विराटनगरले दोस्रो सिजनका लागि अझ धेरै चर्चा कमाइसकेको छ । मार्की सन्दिप लामिछाने रहेको टिम विराटनगरले लिग अघि नै ठूलो चर्चा कमाएको छ ।

विराटनगरले दोस्रो सिजनमा लागि दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी जस्ता खेलाडीलाई अनुबन्ध गरेर ठूलो चर्चा बटुलेको छ । गप्टिललाई समेत फेरि अनुबन्ध गरेको विराटनगरले दक्षिण अफ्रिकाबाट फाफ डु प्लेसीसँगै फास्ट बलर मर्चेन्ट डे लाङलाई पनि अनुबन्ध गरिसकेको छ ।

फाफ डुप्लेसी र गप्टिलसँगै स्कटल्याण्डका आक्रमक ब्याटर जर्ज मुन्से अनि अस्ट्रेलियाका मिडल अर्डर ब्याटर साम हिजलेटलाई पनि अनुबन्ध गरेको छ । एनपीएलमा एक टिमले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।

विराटनगरले दोस्रो संस्करणको लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस र मार्चन्ट डी लिग्ने, अस्ट्रेलियाका साम हिजलेट र स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।

विराटनगरले सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको थियो । यसैगरी, टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको छ ।

फाफ डु प्लेसी नोभेम्बर १८ देखि सुरु हुने अबुधाबी टी–१० लिगमा भिस्ता राइडर्समा अनुबन्ध भएकोले उनले एनपीएलको सुरुवाती केही खेल भने गुमाउनेछन् ।सन्दीप लामिछाने, मार्टिन गप्टिल जस्ता स्टार खेलाडीको साथ पाएको विराटनगरले पहिलो संस्करणमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन ।

पहिलो संस्करणमा विराटनगर ७ मध्ये जम्मा दुई खेल जितेर छैटौं स्थानमा रहेको थियो । पहिलो सिजनमा विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले र चितवन राइनोजलाई ५१ रनले पराजित गरेको थियो ।

बाँकी ५ खेलमा विराटनगर पराजित भएको थियो । पहिलो सिजन विराटनगरका लागि बसिर अहमदले एक अर्धशतकसहित सर्वाधिक १८१ रन बनाएका थिए भने गप्टिलले १ अर्धशतकसहित १३७ रन बनाएका थिए ।

बलिङमा प्रतिश जिसी र स्कटिस बलर क्रिस सोलले ९–९ विकेट लिएका थिए । बलिङमा मार्की तथा कप्तान सन्दीप लामिछानेको प्रदर्शन अपेक्षा अनुसार रहेन । उनले ७ खेलमा ६ विकेट लिएका थिए ।

यसैबीच नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा ‘रोबोट डग’ देख्न पाइने भएको छ । प्रतियोगितामा ओमोडो एन्ड जेइकोले ‘रोबोट डग’ ल्याउने जनाएको छ। कम्पनीका निर्देशक गौरव शारडाले इन्डियन प्रिमियर लिग (आईपीएल)सहित अरू अन्तर्राष्ट्रिय क्रिकेट र फुटबल लिगमा प्रयोग गरिनेजस्तै ‘रोबोट डग’ ल्याइने बताएका छन् ।

“आईपीएलमा हामीले देखेको जस्तै रोबोट डग यसपटकको एनपीएलमा ल्याउँदै छौँ, जसको काम बललाई मैदान लैजाने ल्याउनेसँगै अरू प्रयोजनमा पनि प्रयोग गरिनेछ,” निर्देशक शारडाले भनेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने लिगमा विराटनगरसहित साबिक विजेता जनकपुर बोल्ट्स, साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स छन् ।

प्रतियोगिता मंसिर १ देखि २७ सम्म हुँदै छ । गत वर्ष मंसिरदेखि पुस पहिलो सातासम्म आयोजित प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

Tags: #पुबुदु विराटनगरका प्रशिक्षक

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.