×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

संविधानविद्ले प्रसाईंको गिरफ्तारीमा प्रश्न उठाए,सुदनलाई अझै पुगेन

४ मंसिर २०८२

३ मंसिर, काठमाण्डौ।

सार्वजनिक शान्ति खलल पु¥याउने गरी अभिव्यक्ति दिएको भन्दै मध्यरातमा पक्राउ परेका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई अविलम्ब विना शर्त रिहा गर्न सरकारमाथि दबाब परेको छ।

संंवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई पक्राउ गरेकामा आपत्ति जनाएको छ ।

समितिले विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनको बलमा निर्माण भएको अन्तरिम सरकारबाट कानूनी राज्यको सम्मान हुन्छ, सुशासन बहाली हुन्छ र कम्तिमा पुराना सरकारका गल्ती कमजोरी दोहोरिन्न भन्ने आम अपेक्षा पूरा नभएको जनाएको छ ।

समितिले भनेको छ, ‘जनअपेक्षाविपरीत रातको १२ः३० बजे के के नै बितिहाल्छ भनेजस्तो गरेर सरकारले अभियन्ता दुर्गा प्रसाईंलाई उहाँको निवासबाट मंसिर २ गते पक्राउ गरेको छ, जो दुःखद मात्र नभएर निन्दनीय छ ।’

समितिले मानवअधिकारका विश्वव्यापी मान्यता अक्षरशः पालना गर्न, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण सभा सम्मेलन गर्ने प्रजातान्त्रिक अधिकार सम्मान गर्न र अभियन्ता दुर्गा प्रसाईंलाई बिनाशर्त अविलम्ब रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक हक अधिकार विपरीत गरिएका असंवेदनशील कार्यबाट समाजमा असहजता सिर्जना हुनसक्ने र यसको जिम्मेवारी सरकारमै निहीत रहनेसमेत ध्यानाकर्षण गराएको छ ।

समितिका संयोजक नवराज सुवेदीले बुधबार विज्ञप्ति जारी गरेर प्रसाईंको विनाशर्त रिहाइ माग गरेका हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि दुर्गा प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

राप्रपाका प्रचारविभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी प्रसाईंलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । ’अभिव्यक्ति दिएकै आधारमा ई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ, ’प्रसाईंको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ। प्रसाईंलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

हिजै नागरिक बचाउ महाअभियानका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै प्रसाईंलाई २४ घण्टाभित्र रिहाइ गर्न माग गरेका थिए । अभियानका सदस्यहरूले महाअभियानका केन्द्रीय अध्यक्ष प्रसाईंलाई गएराति कुनै जाहेरी र पक्राउ पुर्जीबिनै प्रहरीले पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् ।

देश द्रोही, भ्रष्टाचारी, दलाल, तस्कर र हत्याराहरू खुलेआम ससम्मान हिडिहेको अवस्थामा अभियानका केन्द्रीय अध्यक्षलाई २४ घण्टाभित्रमा बिनासर्थ रिहाइको माग गर्दै यो ज्ञापनपत्र पेस गर्दछ,’ अभियानले भनेको छ, ’सो अवधिभित्र पनि उहाँको रिहाइ नभएमा भोलिबाट थप आन्दोलन र संघर्षका कार्यक्रमसहित अघि बढ्न अभियान बाध्य रहनेकुरा जानकारीका लागि अनुरोध छ।’

उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंअघि नाराजुलुशसहित विरोध जनाएका थिए । यता डा. भिमार्जुन आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्न कानुनले बर्जित गरेको बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यरात प्रहरीले घरबाट पक्राउ गरेको घटनाप्रति लक्षित गर्दै डा. आचार्यले यो धारणा सार्वजनिक गरेका हुन् । उनले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु नागरिक शासनको ‘निकै ठूलो धब्बा’ पनि भएको उनले उल्लेख गरेका छन् । मध्यरातमा गिरफ्तार गर्न केले बाध्य बनायो ? भनेर प्रश्न गर्दै उनले सरकारसँग जवाफ मागेका छन् ।

डा. आचार्यले फेसबुकमा लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ । यसको नियमन राज्यले गर्न पाउँछ । तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनतः बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !’

यस्तै जेनजी अगुवा सुदन गुरुङले पनि प्रसाई प्रक्राउ परेको विषयमा टिप्पणी गर्दै उनीभन्दा धेरै भड्काउ अभिव्यक्ति दिनेहरुले अझै खुलेआम चुनौती दिइरहेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालमाथि लोप्पा स्वीकार गरेर कहिलेसम्म कुर्सीमा बसिरहने भन्दै प्रश्न उठाएका छन् ।

दुर्गा प्रसाईले गरेका समाजलाई बिग्रहमा लग्ने र भड्काउने अभिव्यक्तिहरु खेदजनक छ्न । उनले लेखेका छन्, मेरो नागरिकताको प्रतिलिपी लिएको मितिलाई नागरिकता प्राप्त गरेको मिति भनेर गलत प्रचार समेत गरेका थिए। तर दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने,काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिडेका छन्। शान्तिपूर्ण विरोध गर्ने युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन् । गृहमन्त्रीसँग तिनलाई त्यसरी नै समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट देखिएन। आफुलाई संविधानविद भनेर चिनाउने, संविधानको कुन धारामा “सानालाई ऐन र ठुलालाई चैन“ लेखेको छ? बिधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू?  कलिला युवाहरुको रगत, पसिना र बलिदानीको बलमा खोक्रो भाषण दिने गृहमन्त्रीको कुर्सीमा बसेर उनीहरुलाई न्याय दिन्छु भन्ने र त्यही कुर्सीको बलमा ती युवाहरुलाई कारबाही गर्न छानबिन आयोगको प्रतिवेदन पर्खिन नपर्ने रहेछ। तर शक्तिशाली व्यक्तिहरु खुलेआम लोप्पा खुवाउदै हिडिरहेका छन् । र त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टासिंएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू? न्याय खोजिरहेका मृतक र घाइतेको उचित सम्बोधन र सबैलाई समान न्यायको प्रत्याभूति भए मात्र चुनाव सम्भव छ ।

प्रसाईले २ दिन अघि मात्रै पत्रकार सम्मेलन गर्दै सिहदरबार ,सर्वोच्च अदालतमा कसरी आगो लाग्यो ? ७५ जनाको ज्यान कसरी गयो ? मल्ल होटल अगाडि गाडि भित्र बसेर क –कसको कुरा भएर प्रधानमन्त्री चुनियो ? बानेश्वरको कुन घरको छतमा बसेर जेन– जी आन्दोलनको अप्रेशन गरिएको थियो ?  उनिहरु कै स्वरमा सप्रमाण भन्दै भिडियो सामग्री सार्वजनिक गरेका थिए । उनले मंसिर ७ गतेदेखि देश नै ठप्प पार्ने गरी आन्दोलन गर्ने र पूर्वपश्चिम राजमार्गमा धर्ना दिएर ठप्प पार्ने चेतावनी दिएका थिए।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top