NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो बुधबार मंसिर ३ , २०८२
सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी! बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो बुधबार मंसिर ३ , २०८२
पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो बुधबार मंसिर ३ , २०८२
Next
Prev

समाचार

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२
Reading Time: 1 min read
A A
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ मंसिर, काठमाण्डौ।

बाराको सिमरामा भएको झडप, त्यसपछिको तोडफोड र कफ्र्युसम्म लगाउनु परेको घटनामा दोषारोपण लगाउने क्रम सुरु भइसकेको छ । काठमाडौंबाट सिमरा जान लागेका एमाले नेताहरु शंकर पोखरेल, महेश बस्नेतलाई सिमरामा अवतरण हुने नदिने गरी जेनजीहरु प्रर्दशनमा उत्रिएपछि झडप भएको बनिएपनि जेनजीहरुले भने यसलाई एमालेको सुनियोजित षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

बाराको सिमरा चोकमा आज जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएको जेनजी मधेश प्रदेश संयोजकले बताएका छन् ।

उनका अनुसार जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका जेनजी युवाले कुटपिट हुँदा दर्जनौं घाइते भएका मधेश प्रदेश संयोजक शिव यादवले बताएका छन् । जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र रहेको बताएका छन् ।

यादवका अनुसार, सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुँदै गर्दा परवानीपुरस्थित एमालेको कार्यक्रमबाट परिचालितले कार्यक्रम भाँडेका हुन् । जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्दै यसलाई आन्दोलनलाई बदनाम गर्ने दुष्प्रयास भनी यादवले बताएका छन् ।

घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै यादवले उनलाई मधेश निषेध गर्न र संलग्न गुण्डाहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

‘मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेशको शान्ति सुरक्षामै खलल पु¥याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु,’ उनले सामाजिक संजालमा लेखेका छन्, जेनजी बारा समितिले नेकपा एमालेको कार्यक्रममा कुनै प्रकारको अवरोध गरेको होइन ।

खासमा सिमरा चोकमै आज जेनजीको कार्यक्रम थियो । यो कार्यक्रममा एमालेद्वारा नै परिचालित गुन्डा समूहहरू पसेर बारा संयोजक सम्राट उपाध्यायलगायतका जेनजी साथीहरूलाई कुटपिट गरेका हुन् । एमालेको कार्यक्रम परवानीपुरमा थियो ।

तर, एमालेका गुन्डाहरू सिमरामा आएर जेनजी साथीहरूको अपमान गर्ने, दुर्ववहार गर्ने र कुटपिट गर्ने काम गरेको तथ्य स्पष्ट हुँदाहुँदै पनि कतिपयले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका छन्, जुन अत्यन्त भ्रामक, पूर्वाग्रही र आन्दोलनलाई बदनाम गर्न गरिएको दुष्प्रयास हो ।

म सबै मिडियाकर्मीसहित सम्बद्ध पक्षहरूलाई यस्ता गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गर्दछु । यो घटना घटाउने कार्यमा संलग्न एमालेका गुन्डाहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्छ ।

आजको घटनाका मुख्य योजनाकार महेश बस्नेतलाई मधेश निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु । मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ ।

यसले मधेशको शान्ति सुरक्षामै खलल पु¥याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु । यस्तै जेनजीहरुले शान्तिपूर्ण प्रदर्शनमा एमालेका स्थानीय नेताहरूले हातपात गरेको बताएका छन्।

जितपुर सिमरा उपमहानगरपालिका–२ अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ६ का कैमदिन अन्सार, वडा नम्बर ७ सुनिल गुप्तासहितका एमाले कार्यकर्ताहरूले हातपात गरेको उनीहरूको भनाइ छ।

जेनजी प्रतिनिधिले यस्तो आरोप लगाइरहदा बस्नेत भने सरकारमाथि खनिएका छन् । उनले लेखेका छन्, राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कफ्र्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो।

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ।

हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ।

लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।” उनले आजै पत्रकार सम्मेलन गरेर पनि घटनाको भर्तसना गर्दै सरकारको चुनाव नगर्ने नियत भन्दै प्रश्न उठाएका छन् ।

यो घटनाप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत टिप्पणी गरेका छन् । ओलीले पार्टीका नेताहरू सिमरा कार्यक्रममा जान खोज्दा भएको अवरोधको आपत्ति जनाएका छन्। स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै विमानस्थल नै बन्द गरेर नेताहरूलाई कार्यक्रममा जान रोकिएको बताए।

उनले भने ‘एयरपोर्टमै तोडफोड गर्न दिइयो, ५०÷६० जना मान्छे आएर ढुंगामुडा गरेर एयरपोर्ट नै बन्द गराइदिने, के हो यस्तो ? जति बेला चाह्यो जेनजी भन्यो विमानस्थल बन्छ, सभा गर्न नदिनेले चुनावमा कसो गर्छ ?’ उनले अब एमालेमाथि प्रहार गर्न खोजे नभागी प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

उता एमालेका नेताहरू आउने थाहा पाएपछि केही युवाहरूले एमाले र एमालेका नेताविरुद्ध नाराबाजी गरेपछि झडपको अवस्था सिर्जना भएको एमाले जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेयले बताएका छन् ।

उनले एमालेको कार्यक्रम भाँड्न खोज्ने र नेताहरूमाथि गालीगलौज गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएका छन् । तर नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रदर्शनमा माओवादीका कार्यकर्ता सहभागी नभएको बताएका छन् ।

झडपपछि बारा जिल्ला प्रशासनले आज मध्याह्न १२ः३० देखि बेलुका ८ बजे सम्मलाई कफ्र्यु जारी गरेको छ। प्रदर्शनका कारण विमानस्थ बन्द गरिएको छ। विमानस्थल बन्द भएपछि नेताहरू जान पाएनन्।

जेनजी युवाहरुको प्रदर्शन र राजनीतिक दल–सम्बद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षाको जोखिम उच्च बनेको भन्दै तत्काल लागू हुने गरी कफ्र्यू लगाएको जिल्ला प्रशासन बाराले बताएको छ।

’माओवादीका छैनन्। पछि प्रतिकार गर्ने बेलामा त मान्छेहरू सबै गए होलान् सुरुमा सिमरा चोकमा भएको प्रदर्शनमा चाहिँ जेनजीहरू मात्रै सहभागी थिए,’ उनले नेपालखबरसँग भने, ’उनीहरू हाम्रो पार्टीका कुनै पनि संगठनमा छैनन्।’

Tags: #बाराको सिमरामा भएको झडप#सिमरा घटना बारे जेनजी#सिमरा घटनाको दोषी जेनजी

लोकप्रीय

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२

विचार

थप समाचार

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का
आर्थिक

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो
ताजा समाचार

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प
अन्तर्राष्ट्रिय

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.