×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

५ मंसिर २०८२

४ मंसिर, काठमाण्डौ ।

जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास आज पनि कफ्र्यु आदेश जारी गरेको छ । बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आज पनि जेनजीले प्रदर्शन जारी राखेपछि थप जनधनको क्षति हुन नदिन कफ्र्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

Advertisement

प्रशासनले आज दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी भएको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन् ।

‍विरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको ५ सय मिटर वरपर कफ्र्यु आदेश लागू हुनेछ ।

यता सिमरा चोकमा अहिले जेनजीले प्रदर्शन जारी राखेका छ्न्। आजै केहीबेरअघि प्रदर्शनकारी र प्रहरीबीच पनि झडप भएको थियो। सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

बुधबार एमालेको कार्यक्रममा महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत आउने थाहा पाएपछि उनीहरूको विरोधमा जेनजीले प्रदर्शन गरेका थिए । उनीहरूको विरोध प्रदर्शनपछि दुवै नेताहरू काठमाडौँबाट सिमरा जान सकेनन् ।

जेनजीले विमानस्थलको गेट पनि तोडफोड गरेका थिए । त्यसै क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए। यसै घटनामा संलग्न भएको आरोपमा एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका दुई जना वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

बाराको सिमरामा बुधबार भएको जेनजी र नेकपा एमालेका कार्यकर्ताबीचको झडपमा संलग्न दुई जना वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी छन् ।

उनीहरूविरुद्ध कुटपिटको आरोपमा स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए । जाहेरीपछि श्रेष्ठ र अन्सारीलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए।

दुवै वडा अध्यक्ष एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन् । घटनामा संलग्नलाई पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएका जेनजीहरू बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पथलैया सडक खण्ड अवरुद्ध गरेका छन्।

अवरुद्ध सडक खुलाउनेक्रममा प्रहरी बल प्रयोग गर्दा केहीबेर झडप भएको थियो। बुधबार नेकपा एमालेको युवा संघको राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा जेनजीहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए ।

आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए । उक्त कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि जेनजीहरूले सिमरा विमानस्थल अगाडि प्रदर्शन गरेका थिए ।

उनीहरूले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए । शान्तिपूर्ण प्रर्दशनमा उत्रिएपनि आफूहरुमाथि आक्रमण भएको र प्रहरी समेत मुकदर्शक बनेको भन्दै जेनजीहरुले गृहमन्त्री ओमप्रकाश अर्यालको समेत आलोचना गरिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top