×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

६ मंसिर २०८२

५ मंसिर, काठमाण्डौ ।

नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले फोर्सको घोषणा गरेका हुन् । उनका अनुसार फोर्सको कमान्डर पुष्पराज श्रेष्ठ रहनेछन्। उनी युवासंघका पूर्व उपाध्यक्ष पनि हुन् ।

फोर्समा सबै जिल्लामा सदस्य रहनेछन् । पार्टी सचिवालय बैठकको निर्णय अनुसार फोर्सको घोषणा गरिएको नेता ढकालले बताए । एमालेले ‘नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड बनाएका पुष्पराज श्रेष्ठ भने सात वटा फौजदारी मुद्दा खेपेका ब्यक्ति भएको खुलेको छ ।

सिन्धुली घर भएका ४३ वर्षीय श्रेष्ठ यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए । यसअघि पटक–पटक विभिन्न कसुरमा पक्राउ गर्दै आएका श्रेष्ठविरुद्ध प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ ।

उनीविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको छ । पछिल्लो पटक श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २६ भदौ २०७५ मा पक्राउ गरेको थियो ।

श्रेष्ठले त्यतिबेला ठेकदारलाई धम्क्याएको आरोप थियो । श्रेष्ठ त्यतिबेला भने माओवादीको योङ कम्युनिस्ट लिग (वाईसीएल)को सिन्धुली जिल्ला अध्यक्ष थिए । त्यतिबेला श्रेष्ठले ओखलढुंगा घर भएका रामबहादुर कटुवाललाई ज्यान मार्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको थियो ।

घर निर्माणपछि रकम माग्दा नदिएर उल्टै ज्यान मार्ने धम्की दिएको आरोप थियो । त्यतिबेला प्रहरीले उनीमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर)मा मुद्दा चलाएको थियो । त्यस्तै श्रेष्ठले २०७३ पुसमा मा गणेशकुमार कुँवरलाई बोलाएर कुटपिट गरी रकम लुटेको आरोप थियो ।

उनले कुँवरलाई आफ्ना साथी शुक्रराज तामाङको डेरामा लगेर ५० हजार नगद रुपैयाँ, सुनको औंठी, मोबाइल र कुलबहादुर तामाङको नाममा ११ लाख रुपैयाँको चेक काट्न लगाएको अनुसन्धानबाट खुलेको थियो । त्यतिबेला श्रेष्ठसहित अन्य पाँच जना पनि पक्राउ परेका थिए ।

उनले पहिलो पटक २०६३ सालमा मुद्दा खेपेको प्रहरीको तथ्याङकले देखाएको छ । श्रेष्ठले सिन्धुलीका गगन सिंहलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेका थिए । पहिलो पटक सिन्धुलीमा ज्यान मार्ने उद्योगको कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो ।

२०६४ मा उनीविरुद्ध कमलामाई नगरपालिकाकै विजय मुनाललाई हतियार प्रहार गरी घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा चलेको थियो । यस्तै काठमाडौं ३२ का अविनाश रिजालमाथि गोली प्रहार हुद्या पनि श्रेष्ठ पक्राउ परेका थिए ।

यस्तै २०६७ मा घिसिङमाथि कुटपिट गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको थियो । त्यस्तै २०७० मा सिन्धुलीकै जीवन श्रेष्ठलाई अपहरण तथा कुटपिट गरेको आरोपमा उनीमाथि सिन्धुलीबाट मुद्दा चलेको थियो ।

नेकपा एमाले भित्रै नेसनल भोलेन्टियर फोर्स गठन गर्ने विषयमा नेताहरुले असन्तुष्टि जनाइरहेका बेला ओलीले महेश बस्नेताको अगुवाइमा फोर्स गठनको पहल अघि बढाएका थिए ।

हिजोको सचिवालय बैठकमा नै नेताहरूले एमालेप्रति नागरिकको भरोसा बढाउने काम गर्नु पर्नेमा यस्ता फोर्सहरू गठन गरेर मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्न नहुनेमा जोड दिएका थिए ।

नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट तथा योगेश भट्टराईलगायतले नेशनल भोलेन्टियर्स फोर्स दुरुपयोग गर्ने स्थिति बन्ने भएकाले त्यस्तो फोर्स गठन गर्न नहुने र अहिलेलाई रोक्नुपर्ने बताएका थिए ।

‘फोर्स गठन गरेर युवाहरूलाई भिडन्तमा लग्यो वा गयो भने बर्वाद हुन्छ’, बैठकमा केही नेताहरूले अध्यक्ष ओलीलाई सम्झाउने प्रयास गरेका थिए । ‘भएका संगठनहरुलाई वास्ता नगर्ने र नयाँ थप्दै गएर संरक्षण पनि नगर्ने हो भने त्यसमाथि प्रश्न उठ्छ’, सचिवालय सदस्यहरूले बैठकमा भनेका थिए, ‘फोर्स बनाउने कुरा हाम्रो पार्टीको नीति र कार्यदिशासँग मेल खाँदैन । त्यसैले यो राम्रो होइन । जनआधारित र लोकतन्त्रमा विश्वास राख्ने पार्टी र नेताले बाहिरबाट कसैले सुरक्षा गरिदेला भनेर विश्वास गर्नुहुँदैन ।’

बैठकमा मुढेबलका भरमा चल्न खोज्दा मधेसको अवस्था के भयो ? भनेर समेत नेताहरूले ओलीलाई प्रश्न गरेका थिए । त्यस्तै उनीहरुले जेनजी वा सरकारले जे गर्ला तर एमाले जिम्मेवार पार्टी भएकाले जिम्मेवार ढङ्गले नै चल्नुपर्ने सुझाव राखेका थिए । तर, उनीहरुको आवाज ओलीले सुन्नै चाहेनन् ।

सदस्यहरूले राष्ट्रिय युवा संघलाई पनि बेथितियुक्त ढङ्गले चलाउन नहुने सुझाव दिएका थिए । ‘यस्तो संरचना र गतिविधिले लोकतन्त्र र पार्टीलाई फाइदा पुग्दैन,’ सचिवालय सदस्यहरूले भनेका थिए, ’अनावश्यक द्वन्द्व र झैझगडालाई प्रश्रय दिन्छ।’

उपाध्यक्ष विष्णु पौडेलले प्राकृतिक एवं मानवीय विपत्तिका बेला स्वयम्सेवी संगठन, संरचना बनाउने गरेको भए पनि अहिले आवश्यक नरहेको आसय व्यक्त गरेका थिए। तर महासचिव शंकर पोखरेलले देशलाई सही दिशामा फर्काउन स्वयम्सेवी फोर्सको गठन गर्न लागिएको बताएका थिए ।

आज फोर्स घोषणा कार्यक्रममा ओलीले भने प्रधानमन्त्रीलाई चेतावनी दिँदै राज्यले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएपछि नेसनल भोलेन्टियर फोर्स गठन गरेको बताएका छन्। घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्र हितको लागि काम गर्ने बताए।

उनले भने, ‘यो राष्ट्रिय हितका लागि गठन भएको हो। एमालेसँग असहमति राख्ने अथवा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा गर्ने कामको लागि यो गठन भएको हो। यसको गठन र विकाससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन। यो देशमा शान्ति सुरक्षाको लागि गठन गरिएको हो।’

राज्य संयन्त्रले मात्रै जनताको जिउधनको रक्षा गर्न नसकेको आफूहरूले भोगेको बताए। ओलीले जेनजीको नाममा देशमा उपद्रो कसैले नपाउने बताए । युवा भेलामाथि अवरोध खडा गरेको भन्दै उनले चर्को असन्तुष्टि जनाए ।

उनले भने, ‘नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी काम भए, बिथोल्ने र आतङ्क मच्चाउने काम भयो, त्यो अहिलेसम्म जारी छ, अस्ति एमालेमाथि ढुङ्गा हान्न आए, विमानस्थल र प्रहरीमाथि ढुङ्गा हान्न आए, त्यस्ता क्रियाकलाप सरकारले अविलम्ब छिटो रोक्नुपर्छ ।’

सरकारले चुनाव गर्छु भने पनि देशभित्रै नेताहरूलाई निषेध गरेर हुन नसक्ने बताए । उनले प्रधानमन्त्रीले १२५ दलसँग वार्ता राखेर कांग्रेस एमालेको अपमान गरेको टिप्पणी गरे। उनले प्रधानमन्त्री सुशीला कार्कीमाथि आक्रोश पोखे।

उनले भने, ‘यो सरकार संविधान अनुसार बनेको छैन भन्ने हो भने त झन् अर्को विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? जनतालाई धम्काएर, तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेको, त्यो के ? फेरि आगो लगाउने, तोडफोड गर्ने, लुटपाट हो ? त्यो अनुमान हो कि योजना हो ? योजना हो भने सपना नदेख्नुस् ।

यस्तै महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

उनले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने बताए । ‘जेनजीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ’ उनले भने,’ जेनजीहरूसँग हामी सम्पर्कमै छौं । तर उनीहरूका नाम र ब्यानर भजाएर अरु खालका तत्वहरू सक्रिय रहेको छन् ।’

घोषणा सभामा भने बस्नेतले भोलि काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरे । उनले भने, ‘भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौँ। त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ। र सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिन्छौ।’

उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिन भित्र राजीनामा दिने दाबी समेत गरे। उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पु¥याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top