×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

१५ मंसिर २०८२

१४ मंसिर , काठमाण्डौ ।

गण्डकी प्रदेशमा आयोजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा आज राजनीतिक उत्साह र स्थानीयको विरोधले चासोपूर्ण बनेको थियो । १५ भन्दा बढी कम्युनिस्ट घटकहरू एउटै मञ्चमा उभिएर एकताको सन्देश दिइरहँदा पोखराको माहोल तातेको थियो।

Advertisement

मञ्च सजावटदेखि कार्यकर्ताको उपस्थितिसम्म, सबै कुराले एउटा बलियो र एकीकृत शक्तिको निर्माण भइसकेको आभास दिइरहेको थियो। कार्यक्रम भव्य चलिरहेको थियो। पालो आयो, नेकपाका शीर्ष नेता डा. भीम रावलको ।

रावलको भाषण सधैं ओजपूर्ण र तर्कसहितको हुने गर्छ। आज पनि उनले राष्ट्रियता, जनजीविका र कम्युनिस्ट आन्दोलनको भविष्यमाथि लामो र सशक्त मन्तव्य राखे । हलमा तालीको गडगडाहट गुञ्जिरहेको थियो।

तर, सम्बोधनको बिट मार्ने बेला एउटा रोचक र अप्रत्याशित घटना भयो । आफ्नो मन्तव्यको अन्त्यतिर पुग्दा नेता रावल निकै भावुक र जोसिरा देखिए। सङ्कल्प र आत्मविश्वासले भरिएको स्वरमा उनले अनायसै भने, आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमतको यात्रालाई कसैले रोक्न सक्ने छैन।

एकीकृत पार्टीको घोषणा सभामा पुरानो पार्टी एमालेको नाम उच्चारण हुनासाथ सभाहलको माहोल एकाएक बदलियो। गम्भीर मुद्रामा सुनिरहेका कार्यकर्ताहरू एकछिन अलमल्ल परे, अनि हलमा हाँसोको फोहोरा छुट्यो। मञ्चमा आसिन अन्य नेताहरू पनि मुखामुख गर्न थाले।

परिस्थितिलाई सम्हाल्न कार्यक्रम सञ्चालकले तत्कालै हस्तक्षेप गरे। उनले संयमित हुँदै रावललाई सच्याए, नेताज्यू, नेपाली कम्युनिस्ट पार्टी भन्नुहोस् न, नेकपा (एमाले) भन्नुभयो ।

सञ्चालकको आवाज कानमा पर्नसाथ रावल झसङ्ग भए। सायद दशकौंदेखिको एमाले राजनीतिको बानी र भावनात्मक सम्बन्ध उनको अवचेतन मनमा गहिरो गरी बसेको थियो।

उनले अक्मकिदै र लजाउँदै तत्काल आफ्नो बोली सच्याए। “माफ गर्नुहोला, मेरो आशय— नेपाली कम्युनिस्ट पार्टीको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन,“ उनले भने। अन्त्यमा, त्यो सानो मानवीय भूललाई उत्साहमा बदल्दै रावलले हात उठाएर भीडलाई आह्वान गरे, ल, एक पटक सबैले नारा घन्काऔँ— नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद !“

रावलले सभामा बनेका थिए, ‘विगतका १५ वटा कम्युनिष्ट पार्टी एक ठाउँमा आइसकेपछि अब हाम्रो सङ्कल्प छ, आदरणीय नेपाली दिदी बहिनी तथा दाजुभाइ, हामीले विगतमा कहीँ गल्ती गरेको छ भने, हामीलाई क्षमा गर्नुहोस्, अब एउटा स्वाधीन, समृद्ध नेपाली युवालाई यही देशमा रोजगारी दिलाउने हाम्रा जग्गा, जमिन, जलस्रोतलाई नेपाली जनताको सर्वोपरी हितमा उपयोग गर्ने हामी त्यो दिशामा अगाडि बढ्छौं । चाहे त्यो आउने निर्वाचनमा होस्, चाहे राजनीतिक जुनसुकै मोर्चामा होस्, हामीलाई साथ दिनुहोस् । हामीलाई त्यो समृद्ध नेपाल निर्माणको दिशामा दृढतापूर्वक नेतृत्व गर्छौ भनेर आज मलाई विश्वास छ, हामी सबैले सङ्कल्प गरेका छौ, यो पोखराको चिप्ले ढुङ्गामा म तपाईंको बीचमा धेरै वर्षपछि उपस्थित हुन पाउँदा जुन मैले धनगढीमा, देउखुरीमा, आज यत्रो विशाल जनसभा देखें, मलाई पूरा विश्वास छ, आउने निर्वाचनमा नेकपा एमालेको बहुमतलाई नेकपा एमालेको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन् ।’

त्यसपछि कार्यक्रम सञ्चालकले नेपाली कम्युनिष्ट पार्टी भन्नुहोस् न, नेकपा एमाले भन्नुभयो भनेर सचेत गराए । त्यसपछि रावलले सच्याउँदै भने, ‘नेपाली कम्युनिष्ट पार्टीको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन, त्यसै कारण एक पटक सबैले नारा घन्काउ, नेपाली कम्युनिष्ट पार्टी जिन्दावाद, नेपाली कम्युनिष्ट पार्टी जिन्दावाद । धन्यवाद नमस्कार अभिवादन ।’

एमालेमा रहदै अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै आएका रावललाई नेकपा एमालेको २०८१ पुस १० गते बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको साधारण सदस्य समेत नहने गरी कारबाही गरेको थियो ।

कारबाहीलाई सहर्षस्वीकार गर्दै डा. भीम रावल मातृभूमी जागरण अभियानमा जुटे । एक वर्षदेखि ओलीले पार्टीबाट निष्काशन गरेको घाउ बोकिरहेका रावलले गएको कात्तिक २६ गते पूर्व एमालेहरुको जमघट रहेको नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएर ओलीले दिएको घाउमा मलम लगाएका थिए ।

रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर यहीँ ठाउँबाट छुट्टिएर गएको थियो ।

आज फर्किँएर यहाँ बस्नुभएको नेता कमरेडहरूबीच उभिएर कुरा राख्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको छ । रावलले दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धामा गरेका थिए।

आफूविरूद्ध नै चुनावी प्रतिस्पर्धामा उत्रिएपछि ओली उनीसँग रूष्ट थिए। यसैबीच पोखराका व्यापारीले सडकमा नेकपाले आयोजना गरिएको राजनीतिक सभाका कारण आफ्नो व्यवसायमा असर पर्ने भएपछि विरोध प्रदर्शनगरेका छन् ।

Advertisement

नेपालका केही पुराना कम्युनिस्ट पार्टीका नेताहरू मिलेर बनाएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेशस्तरीय सन्देश सभाका लागि आफ्नो सडक छानिएपछि स्थानीय व्यवसायीले गरिखान देऊ भन्ने नारासहित विरोध गरेका हुन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top