NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो बुधबार मंसिर १७ , २०८२
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
Reading Time: 1 min read
A A
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ मंसिर, काठमाण्डौ ।

बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो ।

ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको छ । त्यसक्रममा उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ ।

उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ । ढकालको बलात्कार र यौन दुराचारमा परेका अधिकांश पीडित पिटरबरो क्षेत्रकै छन् भने एक जनालाई उनले लन्डन पुगेर दुराचार गरेका थिए ।

स्थानीय समुदायमा एक जना विश्वासिलो सदस्य र एक धार्मिक व्यक्तिको रुपमा समेत बनाएको सहज पहुँचलाई दुरुपयोग गर्दै उनले यौन दुराचार गरेको ठहर अदालतले गरेको छ । पीडितमध्ये धेरै ढकालको निकट पारिवारिक सम्बन्ध रहेका परिवारका सदस्य छन् ।

उनले एकै परिवारका एक भन्दा बढी सदस्यमाथि पनि यौन दुराचार गरेको खुलेको छ । ढकालको अपराध सन् २०२३ को नोभेम्बरमा मात्र बाहिर आएको थियो। पीडितमध्ये एक जनाले आफ्नो परिवारलाई आफूमाथि भएको शोषणबारे जानकारी गराएपछि घटना सार्वजनिक भएको हो।

त्यसपछि अन्य पीडितहरू पनि प्रहरीको सम्पर्कमा आएका थिए। प्रहरीका अनुसार पीडितहरुमध्ये एक जना बाहेक सबै घटनाको समयमा बालबालिका थिए। तीमध्ये सबैभन्दा कान्छी पीडित ८ वर्षकी मात्र थिइन्।

पीडितहरूमध्ये धेरैजसो क्याम्ब्रिजसायरका थिए भने एक जना लन्डनका थिए। आफूलाई कसैले विश्वास नगर्ने डरले पीडितहरू लामो समयसम्म चुप लागेर बसेका थिए। प्रहरीले पक्राउ गरेपछि ढकालले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेका थिए।

तर, गत सेप्टेम्बरमा क्याम्ब्रिज क्राउन कोर्टमा २० दिनसम्म चलेको सुनुवाइपछि जुरीले उनलाई सर्वसम्मत रूपमा दोषी ठहर गरेको थियो। जुरीले ३ घण्टाभन्दा कम समयको छलफलमै उनलाई दोषी पाएको थियो।

अदालतले ढकाललाई अनिश्चितकालका लागि यौन अपराधीहरूको सूचीमा राख्ने आदेश दिएको छ। साथै, उनलाई आफ्ना ८ जना पीडितहरूलाई भविष्यमा कहिल्यै सम्पर्क गर्न नपाउने गरी ’रेष्ट्रेनिङ अर्डर’ समेत जारी गरिएको छ।

घटनाको अनुसन्धान गरेकी डीसी फिलिपा मलेटले भनिन्, “यो घटनाले के पुष्टि गर्छ भने अपराध जहिले भएको भए पनि, जब पीडितहरू बोल्न तयार हुन्छन्, प्रहरीले त्यसलाई गम्भीरतापूर्वक लिन्छ। म पीडितहरूको साहसको कदर गर्दछु, जसले अगाडि आएर कानुनी लडाइँ लडे र भविष्यमा अन्य बालबालिकालाई पीडित हुनबाट जोगाए।“

पिटरबरोस्थित नेपाली समुदायका अगुवाबाट प्राप्त जानकारीअनुसार सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकाल त्यसक्षेत्रकै पुरानामध्येका एक नेपाली हुन् । सन् १९९८ मा उनी लन्डन गएका थिए ।

ढकालको पुख्र्यौली घर धादिङ र अहिले काठमाडौंमा पनि छ । पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न रहंदै आएका उनलाई स्थानीय नेपालीले पण्डितका रुपमा समेत पुज्ने गरेका थिए ।उनले पाएको सजायबारे बीबीसी लगायतका मिडियाहरूले समाचार लेखेका छन् ।

बीबीसीले क्याम्ब्रिज क्राउन कोर्टको फैसलालाई उद्धृत गर्दै लेखेको छ । अभियोजक क्लेयर म्याथ्युजले अदालतलाई बताएको विवरण अनुसार पीडितले ढकाललाई ‘दोस्रो बाबु’ जस्तै मान्ने गर्थिन्। त्यसको फाइदा उनले लिए । साँचो बोलेमा अझ बढी हानि हुन्छ भनेर दबाबमा राख्थे ।

उनले सांस्कृतिक कारणले बाल्यकालमै यो दुव्र्यवहारबारे बोल्न नसकेको बताएकी छन् ।

Tags: #बेलायतमा बलात्कार तथा यौन दुराचार

लोकप्रीय

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

विचार

थप समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
अपराध

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२
रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश
अन्तर्राष्ट्रिय

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.