×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता

२५ मंसिर २०८२

२४ मंसिर , काठमाण्डौ ।

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा उम्मेदवार सिफारिश गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म कांग्रेसका शीर्ष नेताहरू विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् ।

Advertisement

उनीहरु आआफ्नो क्षेत्रबाट सर्वसहमतिबाट सिफारिस भएका हुन् । पार्टी केन्द्रीय समितिको निर्णय र निर्देशनअनुुसार मंगलबार क्षेत्रीय समितिहरूले निर्वाचनमा उम्मेदवारका लागि नेताहरूको नाम सिफारिस गरेका हुन् ।

प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत–१ बाट सर्वसहमतिमा सिफारिस भएको छ । गत निर्वाचनमा पनि सोही क्षेत्रबाट खड्का प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै नेता डा. शेखर कोइराला मोरङ –६ बाट एकल सिफारिस भएका छन् । कोइराला पनि सोही क्षेत्रबाट यसअघि निर्वाचित भएका थिए । उनले एमाले नेता लालबाबु पण्डितलाई पराजित गरेका थिए ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि प्रत्यक्षतर्फ एकल सिफारिसमा परेका छन् । शर्मा झापा –१ बाट तथा महामन्त्री थापा रोल्पा, धनकुटा, सर्लाही र काठमाडौंबाट सिफारिस भएका हुन् ।

गगन २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित भएका थिए । यस पटक कांग्रेसको क्षेत्रीय समिति बैठकले सर्लाही ४ बाट पनि प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ थापाको नाम सिफारिस गरेको हो ।

यो क्षेत्रबाट थापासँगै मधेस प्रदेशसभा सदस्य वीरन्द्रप्रसाद सिंह पनि उम्मेदवार सिफारिस भएका छन्। तर, चार दिनअघि मात्रै सर्लाही सदरमुकाम मलंगवा पुगेका बेला थापाले आफू यसपटक पनि काठमाडौँबाटै चुनाव लड्ने बताएका थिए ।

०७९ मा भएको निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए। सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए ।

कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर ४ बाट यसपटक पनि थापालाई नै सिफारिस गरेको छ । क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

यस्तै विश्वप्रकाश गत निर्वाचनमा झापा–१ बाटै क्षेत्रबाट निर्वाचित भएका थिए । यस्तै रोल्पाबाट थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम पनि सिफारिस गरिएको छ ।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम कैलाली–५ बाट सिफारिस भएको छ । क्षेत्रीय कार्यसमितिले राणासँगै डिल्लीराज पन्त, नरनारायण शाह र नृपबहादुर ओडको नाम सिफारिस निर्णय गरेको हो।

राणा यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य थिइन्। कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिको नाम धनुषा–३ बाट सिफारिस भएको छ । पर्सा–४ बाट केन्द्रीय सदस्य रमेश रिजाल र पाल्पा –१ बाट सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

यस्तै पूर्वमन्त्री महेश आचार्यलाई मोरङ–४ बाट उम्मेदवार सिफारिस गरिएको छ । उनीसँगै दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेतको नाम पनि सिफारिस गरेर पठाइएको छ ।

पूर्वमन्त्री मीनेन्द्र रिजाल मोरङ–२ बाट उम्मेदवार सिफारिस भएका छन् । उनीसँगै शिवनारायण सिंह र नारायणी पण्डितको नाम पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पठाइएको छ ।

उता पूर्वमन्त्री मोहनबहादुर बस्नेतको नाम सिन्धुपाल्चोक–१ बाटसिफारिस भएको छ । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेत गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
कांग्रेस उम्मेदवारका लागि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि सिफारिस भएका छन्। बैतडीबाट चन्दलाई उम्मेदवारमा सिफारिस गरिएको हो। यसैगरी, पूर्वमन्त्री हृदयराम थामी सुर्खेत–२ बाट उम्मेदवार सिफारिस भएका छन् ।

उनीसँगै उपेन्द्र थापा, कमल खत्री, नारायण कोइराला, भिष्मराज हमाल र वसन्ती बस्नेत उम्मेदवारमा सिफारिस भएका छन् । कांग्रेस नेता रमेश रिजाल पर्सा–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस भएका छन्।

उनी पनि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका हुन् । कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको क्षेत्र झापा ३ बाट उम्मेदवारको नाम सिफारिस हुन सकेको छैन । सिटौलाको क्षेत्र झापा ३ हो ।

७९ मा उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । यस्तै सुनसरी ४ बाट यसअघि निर्वाचित ज्ञानेन्द्रबहादुर कार्की, डिल्लीबहादुर कार्की, गफार अन्सारी, अबुल अन्सारी, नवीन श्रेष्ठसमेत ५ जनाको नाम सिफारिस भएको छ ।

यस्तै विजय गच्छदारको क्षेत्र सुनसरी ३ बाट पनि कसैको पनि नाम सिफारिस भएको छैन । मोरङ १ बाट जिल्ला सभापति एवं पूर्वमन्त्री डिकबहादुर लिम्बू, कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो र महिला नेतृ दिव्या बस्नेतको नाम सिफारिस भएको छ । लिम्बू यस क्षेत्रका निवर्तमान सांसद हुन् ।

गुट विवाद उम्मेदवार सिफारिसमा झल्कन पुुग्दा कांग्रेसका कतिपय क्षेत्रीय समितिहरू अनिर्णत हुन पुगेका छन्। केही क्षेत्रमा सहमतिका लागि नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

कांग्रेस केन्द्रीय समितिको मंसिर १५ गते सम्पन्न बैठकले पार्टीका तल्लो निकायलाई प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो।

केन्द्रको निर्णय अनुसार तल्लो तहका कार्यसमितिहरूले मंगलबारसम्म जिल्लालाई र जिल्लाले २५ गतेसम्म आफ्नो रायसहित प्रदेश समितिमा नाम सिफारिस गर्नुपर्नेछ।

कांग्रेसले विधानको दफा ३०, ३३ (२) तथा ६९ अनुसार योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फ बढीमा एक महिलासहित तीन र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न मातहतका निकायलाई निर्देश गरेको छ।

१० बुँदे मापदण्डसहित कांग्रेसले तल्लो तहमा उम्मेदवार सिफारिसका लागि परिपत्र गरेको थियो।

Advertisement

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top