×

NEPAL TIMES UPDATES

Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

२८ मंसिर २०८२

२७ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा आज नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् ।

Advertisement

त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ ।

लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल कप्तान र सुदूरपश्चिममा राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । पहिलो क्वालिफायरमा गएको मङ्गलवार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको उपाधि नजिक पुगेको हो ।

लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

गएको वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो पटकको फाइनलमा उपाधि जित्ने लक्ष्यमा छ । यसपटक लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो ।

त्यस्तै अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक लिग चरणमा सुदूरसँगको हार बिर्सेर उपाधि उचाल्ने योजनामा छ ।यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको हो ।

दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ । अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव बेहोर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

यता नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ ।

लिगको अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ र अब फाइनलमा पनि त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । सुदूरपश्चिमका लागि नेपाली र विदेशी खेलाडी दुवैबाट अपेक्षित प्रदर्शन भइरहेको छ ।

त्यही कारण सन्तुलित देखिएको सुदूरपश्चिम लिग चरणबाटै उपाधिको दाबेदार टोलीमा रूपमा हेरिएको छ । अर्कोतर्फ लुम्बिनीको लयमा भने उतारचढाव देखिएको थियो । लिग चरणमा सुरुवाती खेल जितेर त्यसपछि लगातार तीन हार बेहोरेको लुम्बिनीले अन्तिमका तीन खेल फेरि जितेर प्लेअफमा स्थान बनाएको थियो ।

कुनै समय एक हारले पनि प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको लुम्बिनीले शानदार पुनरागमन गर्दै इलिमिनेटरमा काठमान्डुलाई ४ विकेटले अनि २४ घण्टाभित्रै भएको दोस्रो क्‍वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा पुग्यो ।

लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ । मध्यक्रमको ब्याटिङमा अझै सुधारको अपेक्षा राख्न सकिन्छ ।

यस्तो भएमा लुम्बिनीको ब्याटिङ अझ बलियो देखिनेछ । एनपीएलका दुवै संस्करणमा गरेर सुदूरपश्चिम र लुम्बिनी २ पटक आमनेसामने भएका छन् । दुवै खेलमा सुदूरपश्चिमले बाजी मारेको छ ।

गत संस्करण भएको खेलमा सुदूरले लुम्बिनीमाथि ४२ रनको जित हासिल गरेको थियो । सुदूरले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा १४५ रन मात्र बनाएको थियो ।

यस्तै यस संस्करणको खेलमा सुदूरपश्चिमले ७ विकेटको सहज जित हासिल ग¥यो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १९औं ओभरको दोस्रो बलमा पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि ब्याटिङमा विनोद भण्डारी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको भूमिका महत्वपूर्ण हुनेछ । तीनजना खेलाडीले धेरै रन बनाएका छन् । विनोदले ८ खेलमा २६४ रन, आरिफ शेखले १८० रन तथा दीपेन्द्रले १४९ रन बनाएका छन् ।

बलिङमा अविनाश बोहरा, स्कट कुग्लेइन र हर्मीत सिंह प्रभावकारी हुनेछन् । अविनाशले १६ विकेट लिएका छन् भने हर्मीतले १२ अनि कुग्लेइनले १० विकेट लिएका छन्। यता लुम्बिनीका लागि ब्याटिङमा रोहित पौडेल, डार्शी शर्ट र निरोशन डिक्‍वेलाको प्रदर्शनले महत्व राख्नेछ ।

रोहितले ९ खेलमा २६० रन बनाएका छन् । उनलाई अस्ट्रेलियन डार्शी शर्टले साथ दिइरहेका छन् जसले २४२ रन बनाएका छन् । निरोशन डिक्‍वेलाले ५ खेलमा १२६ रन बनाएका छन् । लुम्बिनीका लागि ब्याटिङमा सबैबाट केही योगदान भइरहेको छ ।

बलिङमा शानदार लयमा रहेका शेर मल्ल र रुबेन ट्रम्पलमन घातक साबित हुन सक्छन् । शेर मल्लले ९ खेलमा १४ विकेट तथा ट्रम्पलमनले १२ विकेट लिएका छन् । शेर प्रतियोगिताकै तेस्रो सर्वाधिक विकेट टेकर हुन् ।

यी दुईले मिलेर विपक्षीलाई सुरुवातदेखि नै समस्यामा पार्दै आएका छन् । यसबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ‘हाउसफूल’ दर्शकमाझ सुदूरपश्चिम आफ्नो वर्चस्व कायम राख्दै पहिलो पटक च्याम्पियन बन्न चाहन्छ ।

यता, लुम्बिनी गत सिजनको चोटलाई उपाधिले निको पार्ने लक्ष्यमा छ । “प्रतियोगिता दौरान कुनै समय हामीलाई प्लेअफसम्म आइपुग्न पनि सबै खेल जित्नु पर्ने दबाब थियो। अब अन्तिम एक खेलमा पनि यस्तै लय रहनेछ भन्ने आशा लिएको छुँ,” दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जितपछि फाइनलबारे लुम्बिनी लायन्सका ब्याटर डार्सी शर्टले भनेका थिए ।

गत सिजन सबैभन्दा खराव प्रदर्शनसहित तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको टिम हो, लुम्बिनी लायन्स । यो सिजन पनि १४० रनको औसत ब्याटिङ भए पनि लिग चरणको आफ्नो चौथो खेलदेखि पछिल्ला पाँच खेलमा लगातार जितसहित लुम्बिनीले फाइनल यात्रा तय गरेको छ ।

लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हारको नतिजासँगै आठ अंक जोड्दै चौथो स्थानसहित लुम्बिनी प्लेअफमा आएको थियो । जहाँबाट लुम्बिनीले इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसहित दोस्रो क्वालिफायर यात्रा तय ग¥यो ।

दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको सहज जित निकालेसँगै लुम्बिनी गत सिजनको पिडा भुलाउँदै फाइनल प्रवेश गरेको हो । लुुम्बिनीले लिग चरणको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

तर, यसपछिका लगातार तीन खेलमा हार बेहोरेपछि लुम्बिनीले प्लेअफ पुग्न लिगका बाँकी सबै खेल जित्नुपर्ने समीकरण बनेको थियो । लुम्बिनी दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटले, तेस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २२ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग नै १४३ रनले पराजित भएको थियो ।

तर, पाँचौँ खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको, छैटौँ खेलमा विराटनगर किंग्सविरुद्ध पाँच विकेटको र सातौँ खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकालेको थियो ।

यता फाइनलअघि सुदूरपश्चिमका बलर स्कट कुग्गेलिनले गत वर्षको निराशा र यो वर्षको आत्मविश्वास एकैपटक सुनाउँदै भने, “फाइनल पक्कै पनि फरक हुनेछ । हामी साँच्चै यो उपाधि जित्न चाहन्छौँ । दोस्रो स्थान खासै राम्रो हुँदैन । हामी त्यहाँबाट उठ्न आवश्यक छ,”

गत सिजन पनि यस्तै लयसहित सुदूरले फाइनल यात्रा तय गरेको थियो । तर, उपाधि भिड्न्तमा जनकपुरसँग निराश हुँदा एनपीएल च्याम्पियन बन्ने सपना सुदूरले पूरा गर्न पाएन । यस सिजन लिग चरणका सातमध्ये ६ जितसहित सुदूरले १२ अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो ।

प्लेअफको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको कीर्तिमानी जुन रनका आधारमा यो सिजनकै फराकिलो जित हो, त्यो सहित सुदूरले लगातार दोस्रो पटक फाइनलमा स्थान सुनिश्चित ग¥यो ।

‘फ्यान फेबरेट’ सुदूरपश्चिम नै क्रिकेट विश्लेषकको नजरमा पनि उपाधिको मुख्य दाबेदार हो । सुदूरपश्चिमले लिग चरणका पहिलोदेखि ६ खेलसम्म लगातार जित निकालेको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरले दोस्रो संस्करणको पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो ।

दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले, तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले, चौथो खेलमा लुम्बिनीलाई नै सात विकेटले, पाँचौँ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले र छैटौँ खेलमा चितवनलाई ४९ रनले निराश बनाएको थियो ।

लिग चरणको सातौँ खेलमा भने सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो । लिग चरणको अन्तिम खेलमा विराटनगरसँग हार बेहोरे पनि पहिलो क्वालिफायरमा भने सुदूरपश्चिमले सन्दीप लामिछानेको कप्तानीमा रहेको टिमलाई नै निराश बनाएको थियो ।

यही सानदार लयसहित लगातार फाइनल आएको सुदूरपश्चिमले आफ्नो प्रभुत्व प्रमाणित गर्दै ‘फ्यान–फेवरेट’को मान्यतालाई उपाधिमा बदल्नेछ ? पुछारबाट उठेको लुम्बिनीले सिजनकै सबैभन्दा ठूलो चमत्कार पूरा गर्नेछ ? उत्तर आज साँझ ७ बजेसम्ममा आउने छ ।

यससंगै प्रतियोगिताका ३१ खेल सकिदा बहुप्रतिक्षित फाइनल खेल आज दिउँसो ३ः३० देखी सुरु हुँदै छ । प्रतियोगितामा लिगचरणमा २८ खेल हुँदा प्लेअफमा ३ खेल सकिसकेका छन् । अब फाइनल प्रतिस्पर्धा बहुप्रतिक्षित बनेको हो ।

एनपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट एक जना नेपाली खेलाडीले पुरस्कारका रूपमा कार पाउनेछन् । यसमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी र कप्तान दीपेन्द्रसिंह ऐरी तथा लुम्बिनीबाट कप्तान रोहित पौडेलमध्ये एक जना खेलाडी सर्वोकृष्ट बन्न सक्ने सम्भावना छ ।

Advertisement

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top